अपरिचित थियौ,
परिचित भयौ अनि अन्जान भयौ तिमी
खै के भुल भयो किन बिरान भयौ तिमी
मलाई यत्ति भनिदेउ कि म सुधार्न सकुँ
म बाट के कुरामा अपमान भयौ तिमी?
तिमीलाई जिवन ऋतु बनाउछु भन्दै गर्दा
आज न रात भयौ न बिहान भयौ तिमी
म कसरी लुकाउँला अब त्यहि पिर छ
यो दिलको नमेटिने निशान भयौ तिमी