बाढी पहिरो धेरै देखियो।
तर हिजो को बाढीले नराम्रो छाप परेर गयो।।
भोग्ने लाई त पिडा अनेक छ।
तर
हामी भिडियो हेर्नेलाई सम्म बेचैनी बनायो।।
हिजो देखि आखाँ मा घुमेको छ भन्या।
😢
हराएको सिलिन्डर होइन,
हराएका आफन्त खोजौँ,
हराएको साथीभाई खोजौँ,
आफैभित्र हराएको मानवता खोजौँ,
सम्बेदनशिलता खोजौँ ।
सकेसम्म दुखेका घाउहरुको मलमपट्टी बनौँ ।
अलि अवस्था सामान्य भएपछी डलर त फेरि पनि कमाउनुहोला ।
अहिलेलाई कम्तिमा,
गलत समाचारहरु सम्प्रेषण नगरौं,
पुराना तथा अन्य देशहरुका फोटो-भिडियोहरु राखेर भिउजको खेती नगरौं,
जोखिम रहेको क्षेत्रमा ज्यान नै जोखिम राखेर फोटो-भिडियो खिच्न त्यो क्षेत्रमा नजाउँ,
घाइते अवस्थाको फोटो र लासको फोटो-भिडियो संजालमा नराखौँ, यस्तो दृश्य उनिहरुको आफन्तले देख्नुभो भने अझै धेरै पीडा थपिदिन्छ ।
धमिलो पानीमा माछा मार्ने उदेश्यले राहतका धेरै पसल नखोलौँ,
सकिन्छ, सरकारको एकद्वार प्रणालीबाट राहत उपलब्ध गराउने गरि सोही कोषमा सक्दो सहयोग गरौं ।
यो समयमा सकेसम्म ज्यादा रक्तदान गरौं, कम्तिमा रगत अभावले घाइतेहरुको ज्यान जान नपाओस ।
आउनुस, सबै मिलि सरकारलाई सहयोग गरौं , विपद आइ नै सक्यो, क्षति भई नै सक्यो र पनि थप क्षति न्यूनीकरण गर्न हामी सबै हातेमालो गरौं ।
बाढीको पानीले घर मात्र डुबाउँदैन,
कहिलेकाहीँ मान्छेका वर्षौँका सपना पनि डुबाएर लैजान्छ।
कसैले घरको छानो गुमाउँछ,
कसैले अन्न, धन–सम्पत्ति…
तर सबैभन्दा ठूलो पीडा त त्यो हुन्छ,
जब आफ्नै आँखा अघि आफ्नो संसार बगिरहेको हुन्छ
र बचाउनका लागि हातमा केही हुँदैन।
बाढी थामिए पछि पानी त घट्छ,
तर पीडाको भेल कहाँ यति सजिलै घट्छ र ?
आँगनमा जमेको हिलो पखाल्न सकिएला,
भत्किएको घर फेरि बनाउन सकिएला,
तर बाढीले मनमा बनाएको डर,
आफन्त गुमाएको खालीपन
र आँखामा जमेको आँसु
समयले पनि सजिलै मेटाउन सक्दैन।
आज कसैको घरमा चुलो बलेको छैन भने,
कसैको शरीरमा कपडा छैन भने,
कसैको आँखामा आफ्ना प्रियजनको खोजी छ भने,
त्यहाँ हाम्रो एउटा सानो सहयोग पनि
ठूलो आशा बन्न सक्छ।
बाढीले धेरै कुरा बगाएर लग्यो होला,
तर हाम्रो मानवता बग्न नदिऔँ। ❤️🩹
~रज्जित ✍
#म_अनि_मेरो_भावना
“सुन्दरता फूलमा मात्र होइन, हेर्ने नजरमा पनि रहेछ।”
यही फूल घरको आँगनमा फुलेको भए सायद ‘झार’ हुन्थ्यो; तर भिरपाखामा फुल्दा यही फूलले सिंगो पहाडलाई शोभायमान बनाइदिन्छ।
पहाडहरू मौन हुन्छन्, तर तिनको काखमा फुल्ने फूलहरूले जीवनको कथा बोलिरहेकै हुन्छन्। 🌼⛰️
न सानी छोरी सुरक्षित छे, न ठूली छोरी सुरक्षित छे आफ्नै देशको आँगनमा आखिर कुन छोरी सुरक्षित छे?
काखमा खेल्ने उमेरकी बालिकासमेत ती पापी नजरबाट बचिनन्
मान्छेको भेषमा हिँड्ने दानवहरूबाट आखिर कुन नारी सुरक्षित छे?
जसको आँखामा संसार हेर्ने सपना थियो
त्यही आँखामा अन्धकार छोडिएछ
क्रमशः
डर लाग्दो रात✍️
डर लाग्छ अचेल
आफ्नै मनसँग बस्न,
जहाँ अँध्यारो कोठाभन्दा
अँध्यारो हुन्छ सोचाइ।
रुन मन लाग्छ,
तर
आँसु लुकाउनुपर्छ,
थाकेको हुन्छु,
तर
सुत्न सक्दिनँ,
किनकि
रातको एकान्तमा
यथार्थ झन्
ठूलो सुनिन्छ—
आफ्नो पीडा
आफैंले सहनुपर्छ। 🥀
#tHOUGHT#
💖…✍️
आमा,आमा हुन्छिन्, गुण नभुल्नु !!
जन्म लिदा बगेको खुन नभुल्नु !!
दिनरात दुख गरी कमाई ल्याएको
दाल , चामल , तेल , नुन नभुल्नु !!
ठुलो गहना आफ्नो सन्तान सम्झि
बेचेको त्यो कानको सुन नभुल्नु !!
मानव रुपि भगवान हुन्छिन् आमा
आशिष लिनु , पाउ छुन नभुल्नु !!
#मातातिर्थ_औशी🙏