Tum mujhe kabhi aur
kahin doobara milna,
Shuru se….
Wahan,
jahan tumhe koi yaad na ho,
dil tootne ki.
Na meri samjh me ishq adhoora ho.
Tum mujhe kabhi aur
kahin doobara milna,
Shuru se….
Words by Zakir Khan 😍😍
इजिप्टमा मृत्युपछि को जिवनको बारेमा एउटा सुन्दर धारणा छ, मृत्युपछि स्वर्गको ढोकामा २ वटा प्रश्न सोधिन्छ रे, त्यसैको आधारमा उनिहरुले प्रवेश पाउने नपाउने निर्णय गरिन्छ। ती २ प्रश्न :
१. के तपाईंले जिन्दगीमा खुसी पाउनुभयो??
२. के तपाईंले गर्दा अरुले आफ्नो जिन्दगीमा खुसी पाए??
🙂🙂🙂
'मान्छे आफ्नो प्रशंसा सुनेर किन रमाउछ ? '
अहंकारका कारण ।
' मान्छे आफ्नो निन्दा सुनेर किन रिसाउछ ? '
अंहकारका कारण ।
'अर्काको निन्दामा मान्छेले किन स्वाद लिन्छ , योगिनी ? '
अंहकारका कारण ।
' कसरी ? त्यो पनि अंहकारका कारण ? ! कसरी ? '
आफुभन्दा अग्लो स्थानमा रहेको कोही खस्यो भने, अब आफु , त्यो खस्नेभन्दा अग्लो भइयो भन्ने ठानेर ! मैले जीवनमा सकिन त के भो र ? त्यसले पनि के नाप्यो र ? भन्ने कुटिल भावप्रति स्वादका कारण ।
'हो र ? '
हो । यो कुरा कसैले छाना चढेर सहरभरी फुक्लान , कोही मनमनै यही कुटिल वासना दबाएर जीवन बिताउलान । कुरा एकै हो ।
' कोही खस्दैमा आफु कसरी अग्लो होइन्छ र ? आफु अग्लो हुन त आफै अग्लो हुनु पर्यो नि ? '
हुन त हो , विजय । तर बामपुडकेहरुको संसारमा सबैले यति अग्लो सोच्न सक्दैनन । मान्छे हुनु पर्ने त, आफैभन्दा अग्लो मात्र हो । कसैको तुलनामा कोही अग्लो हुनै पर्दैन । तर धेरैलाई लाग्छ , अर्काको मैन बत्ती फू फू नगरी आफ्नौ मुहारको उज्यालो बढदैन । '
( सम्बन्धहरु पृ १९८ )