इन्फ्लुएन्सरले तपाईंलाई सोच्न बाध्य बनाउँछ, तर एक्सपोजरले प्रतिक्रिया दिन बाध्य बनाउँछ। तपाईंले प्रतिक्रिया दिनुभयो भने उनीहरूको कन्टेन्ट चल्छ; कन्टेन्ट चलेपछि, भ्युज बढ्छ ; भ्युज बढेपछि , व्यापार चल्छ।
इन्फ्लुएन्सरले चेतना जगाउँछ; एक्सपोजरले आक्रोश जगाउँछ। त्यसैले उनीहरू सधैँ भाइरल हुने विषयको खोजीमा हुन्छन्। विषय भेटिएन भने विषय होइन, विवाद सिर्जना गर्छन्।
दर्शकले हेर्छ, प्रतिक्रिया दिन्छ, रिसाउँछ अनि अर्को भिडियोमा जान्छ।नागरिकले प्रश्न गर्छ, तथ्य खोज्छ, जिम्मेवारी माग्छ र आवश्यक परे आफ्नो भूमिका पनि निभाउँछ।
दर्शकलाई तमासा चाहिन्छ; नागरिकलाई परिवर्तन।दर्शकलाई सनसनी चाहिन्छ; नागरिकलाई सत्य।दर्शकले भीड पछ्याउँछ; नागरिकले विवेक पछ्याउँछ।
त्यसैले हरेक भाइरल कन्टेन्टमा तुरुन्त प्रतिक्रिया दिनुअघि एकपटक सोच्नु होला। म सचेत नागरिक भएर प्रतिक्रिया दिँदैछु कि कसैको कन्टेन्टको दर्शक बनेर?
किनकि आजको सामाजिक सञ्जालमा तपाईंको रिस केवल भावना होइन, कसैको कन्टेन्ट र कमाइको स्रोत पनि हो।दर्शक भएर तमासा हेर्नुभन्दा, नागरिक भएर प्रश्न गर्न सिकौँ। दर्शक होइन, नागरिक बन्ने प्रयास गरौँ।
मलाई संघीयता कसरी चल्छ भन्ने थाहा छैन।
कर्मचारीतन्त्र कसरी काम गर्छ भन्ने थाहा छैन।
स्रोतको बाँडफाँट कसरी हुन्छ भन्ने पनि थाहा छैन।
तर देश बनाउने हुटहुटीचाहिँ छ। यस्तै हुटहुटी बोकेर हामीमध्ये धेरैजना देश चलाउन निस्किएका छौँ। समस्या देश बनाउन चाहनुमा होइन, देश कसरी बन्छ भन्ने नबुझी देश चलाउन खोज्नुमा छ।
हुन त बुझेकाहरूले पनि विगतमा देश चलाएका थिएँ , र त्यसको परिणाम हामीले देखेकै हो। त्यसैले समस्या केवल ज्ञानको अभावमा मात्र छैन; ज्ञानलाई व्यवहारमा उतार्ने क्षमता, इच्छाशक्ति र जवाफदेहितामा पनि छ।
देश चलाउँछ भन्ने हो कोहीले एउटा कुरा बुझ्नु पर्छ , देश फेसबुक स्टाटस, भाषण र नाराले बन्दैन। यसका लागि संविधान बुझ्नुपर्छ, संस्था बुझ्नुपर्छ, अर्थतन्त्र बुझ्नुपर्छ, कर्मचारीतन्त्र बुझ्नुपर्छ र आफूले गरेका निर्णयको परिणाम बुझ्नुपर्छ।
हुटहुटीले परिवर्तनको सुरुवात गर्न सक्छ, तर शासन चलाउन ज्ञान, क्षमता, विवेक र जवाफदेहिता अनिवार्य हुन्छ।
नेपालमा सनातन हिन्दु र बौद्ध धर्मबिच अनिन्य सम्बन्ध छ। दुवै सम्प्रदायका मानिसहरूले एक-अर्काका देवी-देवता र मन्दिर-गुम्बालाई समान श्रद्धाका साथ पूजा गर्छन्। यहाँ धार्मिक सहअस्तित्व, सहिष्णुता र साझा सांस्कृतिक एकताको अनुपम उदाहरण पाइन्छ। "जय सनातन ।'
#हिन्दु#बौद्ध#सनातन#hindu #hinduism #buddha #buddhism
@NoopurOffice@CricCrazyEngg@narendramodi Poor indian, forget nepal and develop your mindset. You´ll be crushed again by pak if you continue to think like this. SUDHRO