कहिलेकाही मनहरु पनि स्तब्ध भैदिन्छ सोच्नै नसक्ने गरी नितान्तै सुन्य सुन्य.. ! अभावको महशुस हुदा सुन्ने ले नै किन सुनाउनु पर्यो ? भन्दै गर्दाको प्रस्नलाइ महशुस गरेर हेर्नुस त। आंखा त्यसै रसाउदैन नि।
हो म ऊत्तर बिहीन छु आझै
किनकी भुत प्रयास गर्दैमा बित्यो
बर्तमान समय सगै पुरिएको छ
भविष्य म कहिले जान्दिन।।
समयलाई नबुझ्नु मेरै गल्ति हो
हो म सुधारि रहेछु भुलहरुलाई
प्रिय सपना म पाऊने छु एक दिन
प्रिय सपना म जित्ने छु एक दिन।। मन
एक हुल सपनाहरुले गिज्याई रहन्छ
नपाउने हरुले किन आशा गर्नु,
नसक्ने हरुले किन प्रयास गर्नु?
म इङ्च हासेर टारि दिन्छु।
किनकी म थिच्चिएको छु समयले
हो म पुरिएको छु परिस्थितिले
अनि रित्तिएको छु बाध्यताले
मज्जाले टुक्रिएको छु चोटहरुले