यादहरुको हुरी बतासले उडाउन खोज्दछ मलाई,
सम्झनाहरुको भेल बाढीले बगाउन खोज्दछ मलाई,
म त ढुङ्गा भइसकेको छु, उड्दिन पनि बग्दिन पनि,
म त मूर्ति भइसकेको छु, सुन्दिन पनि बोल्दिन पनि।
#क्वारेन्टाइन#आइसोलेसन#उड्दिन_बग्दिन#रञ्जित_साहित्य
सधैं झैं आज पनि मेरो यो सपनाको लहरमा -
आयौ तिमी,
अरु सपना भन्दा एकदम फरक यो सपनामा -
बोल्यौं हामी,
सधैं झैं सुनाएँ तिमीलाई भन्न मन भाको
ती सप्पै कुराहरू,
कुराहरू सुनेझैं गरी अनि बुझेझैं गरी-
हरायौ तिमी।
#सपनाको_लहर#रञ्जित_साहित्य
हरेक दिन सन्चै छौ तिमी? खाना खायौ तिमी ? भनेर भन्ने गर्दछु,
माया गर्छु भनी देखाउन मात्र "तिमी बिना बाँच्न सक्दिन" भनेर भन्दिन म।
कथा, कविता अनि मुक्तक लेखेर मुख्य पात्र तिमीलाई नै बनाउंदछु,
प्रेम दिवसलाई सफल बनाउन मात्र "I Love You" भनेर भन्दिन म।
#प्रणय_दिवस#रञ्जित_साहित्य
हावासंगै सोध्छु म,
ती मायाजस्ता कुरा।
समय जति अघि बढ्यो,
उति लाग्छ थियो कल्पना।
भेट भए फेरी नचिनेसरि,
आफ्नै बाटो लागुम्ला म।
प्रश्न यो मनको नसुनेसरि,
अगाडी हिंडुला म।
तर पनि, तर पनि मुटु
तर पनि, तर पनि मुटु
#वर्तिका_एम_राई#काल्पनिक
https://t.co/baKCABvnd3
मायाको बारीमा रोपेका ति फूलहरु एक एक गरी ढलाए हुन्छ,
तिम्रो र मेरो साथ छुट्यो भनेर गाउँभरि सब्बै हल्ला चलाए हुन्छ,
मैले दिएको मायाको चिनो कुनै कुनामा देख्दा याद आउँछ होला,
कतै हरायो भनी त्यो मायाको चिनोलाई खोलामा लगेर बगाए हुन्छ।
#रन्जित_साहित्य#हुन्छ
अनौठो त्यो हवाईजहाजलाई निरन्तर पछ्याउन खोजिरहें,
बादलपारीको देशमा पुगुम्ला भन्ने आशा र चाहना बोकिरहें।
तर हेर्दा हेर्दै हवाईजहाज सानो हुँदै गयो र अन्त्यमा बिलायो पनि,
अनि बिर्सिदिए हवाइजहाजको सपना र हिँडेरै अगाडि बढिरहें।
#रञ्जित_साहित्य#हवाईजहाज
हरेक बिहान,साँझ अनि बेलुकी,म सधै बिर्सी नै रहेको हुन्छु,
बिर्सेको हुन्छु की मैले तिम्लाई आफ्नो भन्ने अधिकार गुमाइसकेको छु।
हरेक सेकेण्ड,मिनेट अनि घण्टा,म सम्झाई नै रहेको हुन्छ,
सम्झाई नै रहेको हुन्छु आफैलाई की मायाको अन्त्य प्राप्ति मात्र हैन,खुसी हुनु पनि हो;आफुमात्रै हैन ऊ पनि।
मुठ्ठीमा सम्हालेर राखेका तर खोलेर हेर्न आँट नभएका मेरा ती यादहरु;
समयलाई जहाँको तहीँ रोकेर धेरै भन्दा धेरै गर्न खोजेका ती बातहरु।
न त यादहरुलाई मुठ्ठीमा सम्हाल्न सकिन्छ न त समयलाई रोक्न सकिन्छ;
तैपनि यादहरु र बातहरुलाई एक एक केस्रा गरी केलाउँदै बितिरहेछन यी रातहरु
#रञ्जित_साहित्य
हिजो आज देख्छु सपना तिमी नै तिमी को,
बिपनामा आवाज सुन्छु केबल तिम्रो हासो को।
तिमी हरपल मेरो साथमा नभएर के भो त,
अर्को जन्मको लागि बूकिङ गरिसके तिम्रो साथको।
#रञ्जित_साहित्य#सपना_विपना
फूललाई देख्दै मात्रामा, कसरी मन परायौ तिम्ले?
हँसिलो बोली बोल्दैमा, कसरी मन परायौ तिम्ले?
न्यानो स्पर्श पाउँदैमा, कसरी बग्यौ?? तिमी भन।
मायालु हेराह हेर्दैमा, कसरी भुल्यौ?? तिमी भन।
#प्रश्न_मात्र#रञ्जित_साहित्य
हरेक शब्दका परिभाषा बेग्लै,
बेग्लै छन् ति शब्दहरुका अर्थ।
के भनेर बुझ्नु, के भनेर अर्थ्याउनु,
बुझ्नु, बुझाउनु सब्बै रह्यो व्यर्थ।
#रञ्जित_साहित्य#व्यर्थको_अर्थ