समय सधैं एउटै रहँदैन,
र रहनु पनि हुँदैन।
यदि समय बदलिँदैनथ्यो भने,
न मुखुण्डाहरू खस्ने थिए,
न सम्बन्धहरूको वास्तविक गहिराइ मापन हुने थियो।
समयले देखाइदिन्छ,
को साथमा थियो,
को स्वार्थमा थियो,
र
को केवल अभिनय गर्दै थियो।
नयाँ दिन भनेको नयाँ जिम्मेवारी होइन,नयाँ आशा र सम्भावना हो।
हामीले,हिजोका अनुभवलाई लिएर
आजलाई भारी बनाउँछौँ।
तर बिहानले भन्छ—
`हिजोले` तिमीलाई सिकायो,
`आजले´ तिमीलाई रोज्ने अवसर दिन्छ।
हामीले सबैकुरा तुरुन्तै मिलाउने हतारगर्न पर्दैन,इमानदारीसाथ अघि बढे पुग्छ।
शुभ बिहानी। 🌤️🙏
शासन गर्ने पाँच गुणहरु:
-उदार तर खर्चालु नहुने,
-बोझ दिने तर मन नदुखाउने,
-महत्वाकांक्षी तर लोभी नहुने,
-उच्च बिचार तर घमण्डी नहुने,
-कठोर तर क्रुर नहुने।
-कन्फ्युसियस
जीवनमा कहिलेकाहीँ हामी अरूका लागि यति उपलब्ध भइरहन्छौँ कि आफूलाई समय दिन बिर्सन्छौँ।
सबैको कुरा बुझ्ने प्रयास,
सबैलाई निराश नपार्ने चिन्ता,
सबैको मन जोगाइरहने बानी—
यी सुन्दर गुण हुन्,
तर यिनैले अन्तमा हाम्राे मनलाई थकित पनि बनाउँछन।
शुभबिहानी।🌺🙏
“जोक्करहरु दरबार प्रवेश गरे भने बादशाह बन्दैनन्।
बरु दरबार चै सर्कस बन्छ।”
- बडो टेसिलो भनाई लाग्यो।
यसो चुनाव हेर्छु। चुनावमा उठेका उम्मेद्वारहरुको हर्कत हेर्छु। पुरा देश नै सर्कस बन्दै गईरा छ जस्तो लाग्छ। 😂
My long piece : भारतीय र चिनियाँ equally surprised थिए । अब नहुन चाहन्छन् ।
एमाले नेतालाई भारतीय अधिकारीको फोन आयो, ‘स्थिति कन्ट्रोलमा छ ?’
नेताले झर्केर फर्काए, ‘It seems so.’
भारतीयको थप कुरा नसुनी ती नेताले च्वाट्ट फोन काटिदिए ।
https://t.co/kzq3gHJaUC and-parliament
मानिस चिन्नु दृश्यको अभ्यास होइन
चेतनाका तह–तह खोलेर
अन्तर्मनको संरचना बुझ्ने प्रक्रिया हो
हरेक मान्छे आ-आफ्नो खोजीको वृत्तमा घुमिरहेका छन
उत्तर भेटिएसम्म परीक्षण अपरिहार्यजस्तै छ
आजका सम्बन्धहरू झन् जटिल छन
प्रेम अब अनुभूति मात्र होइन
धैर्य र सत्यताको परीक्षा पनि हो।
#शुभ_प्रभात
अर्चना दर्जी: "हिमालखबरले खोजीनीति गरेका यी केही प्रतिनिधिमूलक घटना मात्र हुन्। भदौ २४ मा चौतर्फी प्रतिकूलता बावजूद देशभरि विशेषगरी उपत्यकामा खटिएका प्रहरीले डटेर संकटको सामना गरेका थिए‚ भनिन्छ। प्रहरी संगठन नै धराशायी बनाउने गरी आक्रमण हुँदा समेत तिनलाई सुरक्षा दिन सेना र सशस्त्र प्रहरी बल किन आएन? प्रहरी नेतृत्वले सैनिक मुख्यालयमा शरण लिएर ज्यान जोगाए। तिनले किन ‘आत्मरक्षाका निम्ति मातहतका प्रहरीलाई गोली चलाउन दिएनन्? किन थुनुवा छाड्न र ज्यान जोगाएर भाग्न निर्देशन दिए? त्यसमाथि गृहमन्त्री भइसकेपछि ओमप्रकाश अर्यालले आफ्नै मातहतको संगठनमाथि भएको आक्रमण, लुटपाट र आगजनीबारे किन अनुसन्धान नगर्न निर्देशन दिए? यी र यस्ता गम्भीर प्रश्नहरू थिए- जुन त्यस दिन मैदानमा डटेकाहरूले हामीसामु बारम्बार उठाए, जसको जवाफ तत्काल हामीसँग थिएन।"
https://t.co/ZwWUEdsNRv
किन सेनाले प्रधानमन्त्री र मन्त्रीलाई सुरक्षा दिने नाममा हातको मोबाइल थुतेर नजरबन्द अवस्थामा राख्यो? किन ‘जेन-जी’ उमेर समूहभन्दा बाहिरका र आन्दोलन आह्वानकर्ता नभएका ‘हामी नेपाल’ संस्थाका सुदन गुरुङलाई नवयुवाको प्रतिनिधिको टीका लगाइयो? को थिए गुरुङलाई प्रधानसेनापति अशोकराज सिग्देलको सम्पर्कमा ल्याइदिने व्यक्ति? काठमाडौँ मेयर बालेन्द्र शाहको प्रधानसेनापतिसँग ‘डाइरेक्ट लाइन’को अर्थ के हो? https://t.co/wvP2n9GVto
प्रचण्ड र माओवादको सम्बन्ध;
शरीरले जुका समात्दैन, जुकाले नै शरीर समात्ने हो। जुकालाई शरीर सँग होइन रगतसँग प्रेम हो। रगत चुसेको जुकालाई शरीर दिक्क लाग्छ।