राजा वीरेन्द्रका ज्वाईँ गोरखशम्शेर राणा कुनै निजी बैङ्कका मध्यम स्तरका कर्मचारी थिए। आफ्नी सुन्दर सुशिक्षित राजकुमारी छोरी श्रुतिसँग विवाह गर्नुअघि वा पछि पनि ज्वाईँ गोरखलाई राज्यको कुनै ठूलो पदमा नियुक्ति दिन किन मन नगरेका होलान् ती 'सामन्ती राजा' ले?
गोरखशसशेर आफ्नै बुताले अघि बढ्दै हालै CEO भएका रैछन्।
इरानमा एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा सात जनालाई पक्राउ गरिएको थियो। आरोपी सात जनाले पीडितसँग दया र क्षमाको लागि बिन्ती गरे।
यद्यपि,पीडित महिलाले माफी दिन अस्वीकार गरिन् र उनीहरू सबैलाई मृत्युदण्डको सजाय सुनाइयो।
म हिजो पनि बोले, आज पनि बोल्छु र बाँचे सम्म बोलिरहन्छु... गालीगलौज र साइबर बुलिङले मलाई तर्साउन खोज्ने विरुद्ध स्पातको मानिस बनेर उभिनेछु सधैं..…
लोकतन्त्रको पक्षमा - भीडतन्त्रको विरुद्धमा !
सामुहिकताको पक्षमा - व्यक्तिपूजाको विरुद्धमा!
विचार राख्ने स्वतन्त्रताको पक्षमा - गालीगलौज र साइबर बुलिङको विरुद्धमा!
कर्मले प्रमाणित गर्नुपर्ने पक्षमा - लोकप्रियतावादी चटककोे विरुद्धमा !
आत्मनिर्भरता र स्वाधीनताको पक्षमा - सहयोगको नाममा साथै अन्य नाममा हुने वैदेशिक हस्तक्षेपको विरुद्धमा !
समाजवादको पक्षमा - नवउदारवादको विरुद्धमा!
भूराजनीतिक सन्तुलन र राष्ट्रहितकोे पक्षमा - साम्राज्यवादी प्याधा बन्नेको विरुद्धमा!
भुइँमानिसको पक्षमा - सफेद पोसकका लुटेराको विरुद्धमा!
पारदर्शिताको पक्षमा - छलछाम र षड्यन्त्रको विरुद्धमा!
न्यायको पक्षमा - अन्यायको विरुद्धमा !
लैङ्गिक समानताको पक्षमा - लैङ्गिक असमानताको विरुद्धमा !
समता र समभावकोे पक्षमा - जातीय छुवाछूत र जन्मजात श्रेष्ठताकोे विरुद्धमा !
मानवताको पक्षमा - मानवको आकारका राक्षसको विरुद्धमा!
यस्ता अरु धेरै विषयमा .... आवाज रूक्ने छैनन्..
तिमी भन्छौ गाउ नत गाउ, तर त्यो गीत नगाउ
.....हामी भने त्यही गीत गाहीरहन्छौं...!
सलाम!!
नेपाली समाजमा आजदेखि परम्परागत श्रीस्वस्थानी ब्रत र कथा वाचन शुरु भएको छ। निष्ठा र भक्तिपूर्वक ब्रत गरेमा दुःखकष्ट नाश भइ परिवारमा सुख समृद्धि, आरोग्य र सुसन्तान प्राप्त हुने बिश्वास छ।कारण विना कार्य हुन नसक्ने र परब्रह्माकाे एकदिन पृथ्वीकाे चार युग हुने कुरा पहिलाे अध्यायमा छ ।
☝️☝️थियो त्यो मेटाउने सामर्थ छैन
स्वास भित्र लिनेसम्म प्रयास गर्न सकिएला
फाल्दा प्राण रहन्छ रहन्न भर छैन
तर पनिअहंकार जन्म मृत्यु जित्न सक्ने छस् भन्छ म पत्याउँदै हिंडिरहेछु
अज्ञानताले उज्वल भविष्य तेरै बसमा छ भन्छ
अचेतनाले मुटुको धड्कन तेरो अधिनमा छ भन्छ म पत्याउँदै बाँचिरहेछु
पुरुष पनि थाक्छ... तर त्यसको थकान देखाउने ठाउँ हुँदैन।
नारी थाक्दा
उनी माइती घर मायालु आमाको काखमा फर्कन सक्छिन्,
मायाले भिजेको बाबाको अँगालोमा लुकी थकान बिसाउन सक्छिन्।
तर...
पुरुष थाकेपछि कहाँ जाओस्?
ऊ त थाक्नुको अधिकारसमेत बोकेर हिँड्ने श्रापको यात्रामा छ।
🔸 ऊ बाबु हो —
रुन्छ भने कमजोर भनिन्छ।
🔸 ऊ छोरा हो —
थकान देखायो भने लाज भनिन्छ।
🔸 ऊ पति हो —
पसिना नझराएसम्म उसको प्रेम देखिदैन।
🔸 ऊ दाजु हो —
चुपचाप जिम्मेवारी बोक्नुपर्छ।
🔸 ऊ श्रमिक हो —
रोजगारी गुमायो भने उसको अस्तित्व नै मेटिन्छ।
🛑 पुरुषको थकान देख्ने आँखा समाजसँग छैन।
किनकि उसले आफूलाई शक्तिशाली सावित गर्नुपर्ने दबाब छ,
र उसले कहिल्यै "म थाकेँ!" भन्न पाउँदैन।
🪨 ऊ निरन्तर हिँडिरहन्छ,
कहिले बाबाको आशा बोकेर,
कहिले सन्तानको भविष्य बोकेर,
कहिले पत्नीको मुस्कानका लागि
र कहिले समाजको चाकरीमा आफू गुमाएर।
साच्चै भन्नुपर्दा —
पुरुषको लागि जीवन युद्ध हो,
तर त्यो युद्धमा जित्दा न त पदक पाइन्छ,
न हार्दा आँसु झार्ने ठाउँ नै।
👉 ऊ बस् चुपचाप बाँचिरहन्छ,
कसैका लागि हिरो भएर,
तर भित्रभित्रै —
ऊ आफैँलाई बिर्संदै जान्छ।
🙏 यदि तपाईंको जीवनमा पनि यस्ता पुरुष छन् —
बुबा, पति, दाजु, छोरा, साथी —
कहिलेकाहीँ उनीहरूलाई पनि सोध्नुहोस् —
“तिमी ठीक छौ?” “थाकेउ त?”
कहिलेकाहीँ त
सिर्फ एउटै प्रेमिल शब्दले पनि
एक युद्धरत आत्मालाई बाँच्ने हिम्मत दिन सक्छ।
✍️ म त के भन्न चाहन्छु भने —
पुरुष हुनु नै एउटा मौन युद्ध हो।
जहाँ आँसु देखाउने अधिकार छैन,
तर गहिरो भित्र जलिरहेकै हुन्छ।