मधेशको भोट पाएर चुनाव जित्यो। प्रधानमन्त्री भयो। अहिले मधेश जलिराछ। बालेन्द्रले राष्ट्रको नाममा एउटा सम्बोधनसम्म गर्दैन। ३५ बर्षे इतिहासमा यत्तिको गैरजिम्मेवार, लफंगा प्रधानमन्त्री देशले पाएको थिएन। उसलाई थाहै छैन- सबै समस्याको समाधान सेनाको बर्दी र पुलिसको गोली हुँदैन।
यो कसैलाई दोष दिने विषय होइन भनेर राज्य पन्छन मिल्दैन। यस्ता घटना राज्यसँगको व्यवहारले विद्रोह गर्ने ठाउँमा पुर्याए पछि हुने गर्दछ।
आमाको औषधीको एक हजार ऋण पनि तिर्न नसक्ने गरी थोपरिएको जरिवानाको बोझका कारण आत्मदाह गर्ने अवस्थामा पुग्नु राज्यको असफलताको दुर्दान्त उदाहरण हो।
गणेशको आत्मदाहको प्रयास कुनै क्षणिक आवेग होइन । यो सत्ताले उनको मोटरसाइकलको टायरमा होइन, गर्धनमा 'ह्विल लक' कसेर, बाँच्ने सम्पूर्ण विकल्पहरू थुतेपछि आगो लगाउन बाध्य पारिएको 'राज्य-अपराध' हो।
कोही पनि रहरले आफ्नो शरीरमा आगो लगाउँदैन! ।
"देश बनाउने" लफङ्गाहरु!
तिमीहरुले कसका लागि "देश बनाउँदै" छौ? शाह, राणाहरुका लागि देश पहिले नै "बनिसकेको" हो। क्याबिनेटमा भएका तिमीहरुको सुनको मात्रै हिसाब गर्ने हो भने पनि तिमीहरूका लागि पनि देश पहिले नै "बनिसकेको" हो। गणेश नेपालीहरु हिजो पनि र आज पनि आत्मदाह गर्न बाध्य छन।
ओलिका बालबच्चा छैनन त्यसैले छोराछोरी भए पो थाहा पाउथिस भन्ने अहिले सत्ताको नेतृत्वमा छन। गणेश नेपाली कसैको बुवा थियो। आफ्नो बच्चाको माया लाग्नेलाई अरु बच्चाप्रति करुणा जाग्दैन ??
प्रधानमंत्री बालेन्द्रले भनेको सुनियो संसदमा?
भारतले मात्र हैन नेपालले पनी भारतको सीमा मिचेको छ!
संसदमा प्रधानमन्त्रीले यो भन्न मिल्छ?
नेपालले सीमा मिचेको सरकारप्रमुखले स्वीकारेको हो?