सरकारी काममा बिदेश जानेले ठाँटिएर घुमेका फोटा र भिडियो सामाजिक संजालमा हाल्छन।आफूले प्रस्तुति दिएको, वार्ता गरेको, देशको लागि अडान लिएको पनि भिडियो बनाएर हाले हुने नि! मुजीहरुले भारत गए हाँ जी हाँ जी र अरु देश गए yes , yes बाहेक गरु गर्न सके पो हाल्थे मादल चोर तरमाराहरू🤨
हार्ने सभामुखमा काँग्रेसले महिला उठायो, अब राष्ट्रपतिमा रामचन्द्र पौडेल उठाउँछ होला किनकि काँग्रेसमा यस्ता पदमा हार्ने चुनाब कि महिलाले लड्छन, कि रामचन्द्र पौडेलले 😂
प्रचण्डलाई ओलीले सरक्कै प्रधानमन्त्री दिनुको अर्थ एकमहिनाभित्रै विश्वासको मत नदिएर चैट बनाउने, नेकपा एससंग पार्टी एकीकरण र केही स्वतन्त्र सांसदहरूलाई पार्टीमा भित्र्याएर सबभन्दा ठूलो दल बन्ने र उपधारा ३ बमोजिम आफै प्रधानमन्त्री बन्ने चाल त होइन? मान्छे त लास्टै कमिना हो ओली😂
संविधान संशोधन गरेर एकपटकलाई ओली, माकुने, झले, देउवा, रामचन्द्र, बाबुराम लगायतका सबै धतुरेहरूलाई एकैपटक राष्ट्रपति बनाएर थन्क्याउन मिल्दैन?देशले त आराम पाउँथ्यो होला बरु हामी एकपटकलाई दर्जनौ राष्ट्रपति झेल्न तयार छौँ😂😂😂
आज पौष १४,राजा बीरेन्द्रलाई तपाईं कसरी सम्झनुहुन्छ?दरबारमा हज्जारौं सेनाको सुरक्षाभित्र रहेर पनि आफू विरुद्ध के खिचडी पाक्दैछ भन्ने पत्तो नपाउने र आफै सुरक्षित रहन नसक्ने ल्वाँठ राजाको रुपमा सम्झन्छु मैलेचाहिँ!
पहिलो दलले सरकार बनाउँछ । नसके दोस्रोले बनाउँछ । तेस्रोले प्रधानमन्त्रीको कुर्सी ताक्नु अनैतिकता र बेइमानीको पराकाष्ठा हो । तेस्रोले सरकार बनाउन पाए पहिलो बन्ने मिहिनेत कसले गर्छ ? प्रचण्डलाई प्रम बन्नबाट रोकी राजनीतिलाई जुवाको खाल बनिरहनबाट रोकियोस् ।