पुष्पकमल दाहाल जी, चुनावी पोष्टरमा कुलमान घिसिङको तस्वीर मात्र किन तपाईले महान काम गरियो भन्ने गरेको एमसीसी सम्झौता अनुमोदन गर्छौ भनी प्रमं देउवासंगै सही गरी अमेरिका पठाएको गोप्य पत्र र भारतीय दूतावासको रात्रीभोजको तस्वीर पनि राख्नुहोस्।खुशी पार्ने सुनौलो अवसर छ! कि कसो?
प्रचण्डको पुच्छर बनेर अस्ति बानेश्वरमा ढुङ्गा हान्ने भतुवा संगठनका ती भाते जतिलाइ भन्न चाहन्छु कि नेता आफ्नो स्वार्थ नमिल्दा मात्र हो देशभक्त बनी तिमिहरुको टाउको फुटाल्न उफार्ने नत्र सधै लम्पसार पर्छन कुर्सि सामु बेकारमा आफ्नो टाउको किन फुटाउछौ ? कि दिमागमा गु भरिएको छ ?
प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका बक्ताहरुले गठबन्धन दलका सदस्यहरुलाई सिस्नुपानीले ओर्काइ फर्काइ चुटेको चुट्यै गर्दा वहाँहरु चै भिजेको बिरालो जस्तै उंधो मुण्टो गरेर बसेको दृष्य टिभीको प्रत्यक्ष प्रसारण मार्फत सबैले हेर्न पाए । सत्ता र स्वार्थको बाध्यता !
१२ बुँदाको काम वा १२ बुँदे सम्झौता नेपाल र नेपालीलाई त्यति फापेको देखिँदैन।जनताको बिरोध र असहमतिको बेवास्ता गर्दै सरकारले आज फेरि अर्को १२ बुँदे संस्करण प्रारम्भ गर्यो।धन्य सरकार, धन्य संसद!तपाईंहरूले बरू अन्यत्रै गएर राजनीति गरे लाखौ सिधासाधा जनताले शान्तिको सास लिन पाउँथे कि?
एमसीसी सम्झौताका राष्ट्रघाती प्रावधान सरकारको एकपक्षीय संकल्प प्रस्ताव वा 'व्याख्यात्मक टिप्पणी' बाट सच्चिने कुरा गर्नु जनतालाई ठग्नु हो। यो महाकाली सन्धिको 'संकल्प प्रस्ताव' जस्तै निहित सत्ता स्वार्थका लागि विदेशीको भक्ति गरी मातृभूमिमाथि लात्ती बजार्नु जस्तै हो।देशघाती चरित्र!
अन्तत ब्यख्यात्मक घोषणाको सुनियोजित भ्रम छर्दै आज राष्ट्रघाती एमसिसि सम्झौता संसदबाट अनुमोदन गराई छाडे।आम देशभक्त नेपाली जनताले यसलाई कालो दिनको रुपमा लिनेछन्। सम्पुर्ण देशभक्त शक्तिहरु एकताबध्द होऔं र नेपालको राष्ट्रिय सार्वभौमिकता,स्वाधीनता र हितको संघर्षलाई निरन्तर जारी राखौं।
स्वास्थ्य मन्त्रालयको प्रवक्ताको कुरा एकदमै सहि छ पाटीका झोले कार्यकर्तासग डाक्टर र स्वास्थ्य विज्ञहरूले गएर बहस गरि तिनको फल्तु तर्क सुनी रहनु भन्दा नजादा नै राम्रो किनकि त्यस्तो फाल्तु बहसले जनतालाइ झन अलमलमा पार्दिन्छन साथै ती झोलेलाई उफ्रिने झन बहाना मिल्छ ।