कांग्रेस सभापति गगन थापा भन्नुहुन्छ-'आफूसँग विमति राख्नेहरूका सम्बन्धमा कुरा गर्दा पनि सम्मानजनक र आदरार्थी सब्दहरू प्रयोग गर्ने संस्कृति बसालौं। मैले त यस्तो अभ्यास सुरु गरिसकेको छु।' #TheGreenTable#NepaliCongress
किर्तिमानि हिमाल आरोहि निर्मल पुर्जाको आकस्मिक बिदाइले स्तब्ध बनाएको छ l साहसिक आरोहणका एक प्रेरक व्यक्तित्वका रुपमा हामी सदैव `निम्स दाइ´ लाई सम्झिरहनेछौं l
उहाँको आत्मालाई शान्ति मिलोस् स्वर्गमा ! व्यक्तिगत एवं आरोहि परिवारजन र समस्त नेपालीमा गहिरो समवेदना !
“युवावय नेपाल: जनसाङ्ख्यिक लाभांशको अभूतपूर्व अवसर र हाम्रो सामर्थ्य” शीर्षकमा आज नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा ग्रीन टेबल श्रृङ्खलाको १४औं कार्यक्रम सम्पन्न भएको छ।#GreenTable#DemographicDividend#Nepal
Devastated by the news from Broad Peak.
Nims, I met you before Project Possible, before the world knew your name, and before you changed what people believed was possible in the mountains. I truly believed you would find a way back, just as you always had.
More than the records, your greatest contribution was changing the world's perception of Nepali mountaineers. You showed that Nepalis are not just the strength behind expeditions, but leaders, pioneers, and innovators who can redefine the future of mountaineering. Your legacy will inspire generations.
Today, I also remember Pur Bahadur “Yukta” Gurung, Kili Pemba “Kilu” Sherpa, Nima Sherpa, Nawang Thindu Sherpa, Gyalu Sherpa, Sohail Sakhi, Mallory Geis, Nadhira Al Harthy, and Wang Zhong. Behind every name is a life of courage, sacrifice, dreams, and loved ones waiting at home.
My deepest condolences to all the families, friends, and the entire mountaineering community.
Rest in peace. You will all be remembered.
भावपूर्ण श्रद्धाञ्जली!
नेपाली कांग्रेसका वरिष्ठ नेता तथा हाम्रा आदरणीय अभिभावक गोपालमान श्रेष्ठ दाईको निधनको खबरले अत्यन्तै स्तब्ध र मर्माहत बनाएको छ।
नेपालको लोकतान्त्रिक आन्दोलन, पार्टी सङ्गठन निर्माण र लोकतन्त्रको रक्षाका निम्ति उहाँको अविचलित भूमिका सधैं प्रेरणादायी रहनेछ। स्याङ्जाबाट सुरु भएको उहाँको राजनीतिक यात्रा, पार्टीको कार्यवाहक सभापति, पूर्व उपप्रधानमन्त्री, शिक्षामन्त्री तथा केन्द्रीय सदस्यका रूपमा पार्टी र देशका लागि पुर्याउनुभएको योगदान अविस्मरणीय छ।
पार्टी र लोकतान्त्रिक आन्दोलनमा समर्पित उहाँजस्तो समर्पित,निष्ठावान, अनुभवी र निडर नेता गुमाउनु नेपाली कांग्रेस र सिङ्गो देशकै लागि अपूरणीय क्षति हो।
आदरणीय गोपालमान दाईप्रति भावपूर्ण हार्दिक श्रद्धाञ्जली! साथै, यस कठिन घडीमा शोकसन्तप्त परिवारजन, आफन्तजन तथा शुभेच्छुकहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछु।
तपाईंको निष्ठा र समर्पणको बाटोमा हामी निरन्तर हिँडिरहनेछौँ।
उहाँप्रति श्रद्धाञ्जली अर्पणका लागि भोलि बिहान ९:०० बजेदेखि ११:०० बजेसम्म उहाँको पार्थिव शरीर नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालय, सानेपामा राखिनेछ।
कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढीपीडितको नाजुक अवस्था बुझ्न र राज्यसँग जवाफ माग्न पुगेका युवाहरू माजिद अन्सारी, नहेन्द्र खड्का र सरिश्मा थापालगायतमाथि निर्ममतापूर्वक कुटपिट गरी नियन्त्रणमा लिनु अत्यन्तै चिन्ताजनक, लज्जास्पद र घोर निन्दनीय छ।
करुणाविहीन त छँदै थियो यो राज्य, तर यति धेरै असहिष्णु पनि?!
चेत होस् : लोकतन्त्रमा प्रश्न सोध्न पाउनु नागरिकको नैसर्गिक अधिकार हो, जसको उत्तर गिरफ्तारी, लाठी वा दमन हुन सक्दैन।सरकार बलियो र विधिको हिमायती तब हुन्छ, जब उसले फरक मत र आलोचना सुन्ने छाती राख्छ।आलोचनालाई दमन गरेर होइन, संवाद र उत्तरदायित्वमार्फत सम्बोधन गर्नु राज्यको दायित्व हो।
फरक मत र जनताको प्रश्न सुन्न नसक्नु बहादुरी होइन, सत्ताको चरम कायरता हो!गिरफ्तार गरिएका सम्पूर्ण युवाहरूलाई अविलम्ब निशर्त रिहा गरियोस्!
सहमति खोजौं , नियमावली पुन: समितिमा छोटो समयको लागि पठाएर पुनर्विचार गरौं भनेर जिम्मेवार प्रमुख प्रतिपक्षको हैसियतमा मैले विषय राखेकै हो । विडम्बना सभामुखको यसतर्फ ध्यान गएन । दुई तिहाइको आडमा सत्ताको मुखपत्र बन्दिनु भयो । यो संसदीय व्यवस्थामा विडम्बना हो ।
धन्यवाद
जय नेपाल
प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ माथिको दफावार छलफलमा धारणा राख्नु हुँदै प्रतिनिधि सभा सदस्य श्री निश्कल राई। जय नेपाल! ! @NishcalRai
- नेपाल सीमा अतिक्रमणकारी देश होइन
- हाम्रा पूर्खा तथा महान् शहिदहरूले ज्यानको आहुति दिएर जोगाएको देश 'सीमा अतिक्रमणकारी ' हुन् सक्दैन
- हामीले महान् शहिदहरूको सम्झनामा सदनमा मौनधारण गरेका छौं ।
- चियाको समस्या
- दूध किसानको समस्या
- सुपारी किसानको समस्या
- मेची राजमार्गमा १५ मिटरको विषय
सदनको आकस्मिक समयमा उठाएको छु ।
२०८२ जेठ २९
धन्यवाद
जय नेपाल