मान्छेहरु , बेकारमा अर्काको सफलताको ईर्ष्या गरी रहेका हुन्छन । मान्छेहरु बेकारमा , अर्काको असफलतामा कुटिल आनन्द लिइरहेका हुन्छन । साच्चै भन्ने हो भने - सफलताको स्वाद त्यति स्वादिलो हुदै हुदैन जति जल्नेहरुले ठान्छन। न असफलता , त्यति तितो हुन्छ, जति खिसी गर्नेले अनुमान गर्छन।
भक्तराज गुनगुनाउदा हुन्-
यो साथ नछुटोस् कहिले पनि
आज यो पहिलो मिलनमा झैं
जीवनभर नै हाँसी रहुँ
आज हामी हासेँ झै
यो साथ नछुटोस कहिले पनि।
हार्दिक श्रद्धाञ्जली !
भक्तराजको महाप्रस्थानले गीत,सङ्गीत मन पराउनेहरुका मनमा यता सन्नाटा छ ।
पररररर को लोकमा आज महफिल जमेको हुनुपर्छ पक्का ।
अम्बर गुरुङलाई साक्षी राखेर रत्न शमसेर थापा भन्दा हुन्, "आयौ ? स्वागत छ भक्तराज ! त्यो तिम्रो गीत छ नि, गुनगुनाईदेउ न । यो लोकमा त हाम्रो पहिलो मिलन पो त !"
"अरू सहरहरूमा तीज आउँछ, तिहार आउँछ, पोखरामा अर्को पनि चाड आउँछ, पोखरामा नेपाल लिटरेचर फेस्टिभल आउँछ।" - उपेन्द्र पौडेल, अध्यक्ष, पोखरेली युवा सांस्कृतिक परिवार
नेपालको शिक्षाको बारेमा धारणा के हो? हामीले कस्तो उच्च शिक्षाको कल्पना गरेका छौं? यसबारे छलफल हुन जरुरी छ। उच्च शिक्षामा नेपाललाई कता लैजाने भन्ने बारे, हाम्रो गन्तव्य निर्क्यौल बारे हामी कहिले छलफल गर्ने?ः
हिजोको फायरसाईडमाः
बिहान बिहानै परेको छडके पानिले ध्वशं मात्रै गर्दैन कहिलेकाहि झ्यालमा जमेर रहेको धुलो पखालेर आफ्नो अनुहार होस वा बाहिरको दृष्य अझ स्पष्ट देखाउछ। जिन्दगीमा छडके पानी जरूरी छ ।
अँ, एकझर छडके पानी काठमाण्डौ, धरान, र बालकोट तिरपनि परेझै लागेथ्यो हालसालै । दृष्य स्पष्ट हुदैछ बिस्तारै
असल मान्छे बाहिरिनु मान्छे मात्रै होईन मासको विश्वास पनि बाहिरिनु हो ।
असल मान्छे सम्हाल्न जान्नु पनि कला हो र अहिलेका काँग्रेसमात्रै होईन अन्य ठुला पार्टिबाट समेत योजना, ज्ञान र विषयगत बिज्ञताको सम्मान र तिनलाई नेतृत्वमा अवसर दिने भन्ने कुरा मिथ भैसक्यो ।
लघुकथाः छिमेकका दुई परिवार मिलेर शिकार गरे। काटकुट पारेर मरमसला सहित मासु पाक्दै थियो। परिवारका मुन्छे मुख मिठ्यीउॅदै थिए। हाड, फलमासु या झोल कसलाई के भन्नेमा लामो खलतल। कुरो मिलेन। भान्सेले मासुको डेक्चि बोकेर पुलाउ पकाउॅदै गरेको अर्कै छिमेकिको घरमा पुग्यो। मासु-पुलाउको भोजन!😀