माननीय पर्यटन मन्त्री याेगेश भट्टराईले डा. केसीकाे सत्याग्रहलाई "इमाेशनल ब्ल्याकमेलिङ"काे संज्ञा दिएछन्। स्मरण रहाेस्,मान्यवर,विरलाकाेटी प्रतिभाका धनी याेगेश महाेदयकाे लाभदायक मन्त्री पद डा. केसीकाे सत्याग्रहकाे विराेध गरेबापत पाएकाे बक्सिस हाे। किमधिकम्?
´दमाई कि छोरी हूँ,मलाई जात अनुसार दिएको अधिकार चाहिँदैन ! मेरो क्रम क्षमता र हैसियत खुला प्रतिस्पर्धा योग्य छ, म कसरी भए दलित ? जात अनुसार अधिकार होइन, क्षमता अनुसारको अवसर र सम्मान दिनुस् !
नेपालको आधिकारिक राजनीतिक तथा प्रशासनिक नक्सा नापी विभागको वेबसाइट https://t.co/zc3anNvUBQ मा उपलब्ध छ । त्यसैबाट डाउनलोड गरेर प्रयोगमा ल्याउन सक्नुहुनेछ ।
जस्लाइ जस्लाई रिपोर्ट गर्दिन मन लाग्छ गर्दिनुस अनि जस्लाई मन लाग्दैन छाड्दिनुस तर मैले ट्विटर २०१६ देखि चलाको हो तेति बेला देखिका फोटाहरु छ्न के अब म सबै डिलिट गर्नु तेइ misuse हुन्छ भनेर डराउदै ,आज मेरो गर्यो तेस्ले भोलि अरुको गर्ला , सहयोग गर्न सक्नु हुन्छ भने please गर्नुस 🙏
भारतले नेपाली भुमीमा आफ्नो शासन गर्छ तर हामी भने कहिल्यै कसैको गुलाम नभएको उन्मक्त दावी गर्छौँ । कि त लिपुलेक, लिम्पियाधुरा, कालापानी र सुस्ता हाम्रो होइन भनौँ, यदि हाम्रो हो भने स्वतन्त्रताको फोर्सो नारा नलगाऔँ । हामी २१ औं शताब्दीमा पनि आजाद छैनौ भारतको गुलाम उपनिवेश भित्र छौ
सूचना विभागले जारी गरेको प्रेस पास र N 95 मास्क नलगाई पत्रकारलाई पनि सूचना संकलनमा रोक लगाउनुपर्यो ! अन्यथा मोबाइल बोकेका सबै पत्रकार र माइतीघर अगाडि उभिने सबै आन्दोलनकारी हुने भए !! गिरफ्तारी दिने र फोटो खिच्ने क्रम मात्रै बढ्यो । लिपुलेक जस्ताको तस्तै ठिङ्ग !!!
चीनसँग कस्तो छ कुन्नि, भारतसँगको सिमाना चैँ एकपटक पिलर नभएका ठाउँका त कुरै छाडौँ, दुईटा पिलर बिचको त्यो आली हो कि यो पैनी हो भनेर ठ्याक्कै नखुट्टिने सिमा हेरौँ, के कसो हो पहिला सिमाना छुट्याऔँ अनि मात्र सिमानामा पर्खाल र काँडेतारका उडन्ते राष्ट्रवादी गफ ठोकौँ! यसो गरे कसो होला?
एउटा कुरो नि - कालापनी-लिपुलेक सीमा विवाद यसो गरे सजिलै देख्छु त म । नेपाल सरकारले भारत सरकारलाई हाम्रोतर्फ बाटो बनाइदिएकोमा धन्यवाद दिँदै एउटा पत्र लेख्ने र काम सकिएकोले आफ्नो रलहपहल सामान र सेना अब लगे हुन्छ भन्ने । यस्तो सजिलो पत्र पनि लेख्न सक्दैन सरकारले ?
काँडेतार लाउने हो भने त्यसमा २४सै घण्टा विद्युत प्रवाह गराउनु पर्छ । हैन भने कबाडीहरुको सत्र पर्छ, तार काटीकाटी लगेर बेच्छन... अनि हरेक वर्ष तार बजेट छुट्याउने लठारो लाग्छ... चीनको पर्खालजस्तो बलियो संरचना बनाएमात्र हो । छिमेकी हेरेर विचार बनाउनु नि...
यो भाइरस हामीसँग निकै लामो समयसम्म रहने निश्चितजस्तै देखियो!
यससंग जुद्धै लडदै सामान्य जीवन यापन गर्न अभ्यस्त हुन अत्यावश्यक हुन गएको छ।
तसर्थ लकडाउन लामो समयसम्म राखेर हैन केही नियम (मास्क लगाउने, १० जना भन्दा भेला नहुने आदि) कडाइका साथ पालना गरेर लकडाउन खोल्नुको विकल्प छैन!!
दूतावासहरुका हट लाइनमा फोन उठ्दैन,कलब्याक आउदैन भनेर हजारौं गुनासो आउन थालेका छन्।भारतमा रहेका नेपाली विशेष गरी होटलहरुमा काम गर्नेहरुको अवस्था नाजुक छ।आज यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छौ।अन्य रोगका बिरामी र आफन्त बारे पनि रिपोर्टिङ गरेका छौ
https://t.co/nyMWrDUKyH
भारतमा अलपत्र र अन्यौलमा परेका नेपालीहरुका अनेकौं प्रश्न बारे राजदुत निलाम्बर आचार्यका जवाफ र हट लाईन नम्बर सहितको जानकारी र विदेशमा श्रम गरिरहेका र हाल अन्यौल र अप्ठ्यारोमा परेका नेपालीबारे श्रममन्त्रीको जवाफ सहितको आजको कार्यक्रम।
https://t.co/EQuobfoMrP
अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी/सुरक्षाकर्मी लागायतको सम्मानमा दियो बालेर कार्यक्रम शुरु गरेका छौ। भारतबाट चोरबाटो नेपाल छिरेकाहरुले आफै भनेका छन् उनीहरु बिना कुनै चेक झापा छिरे। स्थानीय प्रशासनलाई जानकारी गराउदा समेत हप्ता दिन सम्म चेक भएको छैन।
https://t.co/ht4SwBovoM
लकडाउन बड्यो ठिकै छ तर बिपन्न बर्ग, साना ब्यवसायी, बैंक र सहकारीमा कर्जा लिएका तमाम मानिसहरुको बारेमा के छ योजना? टेस्टको दायरा खोइ बढेको?जनातालाई घरमा थुनेर लाजनिती बाहेक के के योजना बने त? कि सबैले प्रधानमन्त्रीको कविता बाटै चित्त बुझाउनु पर्ने हो। नालायक नेतृत्व !!!