हिजो मलाई एक श्रद्धालुबाट प्राप्त सन्देश जस्ताको त्यस्तै...
एउटा जिज्ञासा, आज पशुपति मन्दिर जाँदा दक्षिण पट्टि रहेको भैरवको मन्दिरमा भगवानको मूर्तिलाई ढोग्न नमिल्ने गरी काठको छेको लगाइएको थियो।
हुन त पहिला पहिला जाँदा पनि देखेको हुँ। त्यहाँकी एउटी दिदीलाई सोधेर मूर्तिमा ढोगेर आइयो। बाहिर निस्कँदा त्यो दिदीले खर्च नदिने भनेर भन्नुभयो।
त्यो मन्दिरमा पहिलेदेखि बस्ने एकजना दिदी हुनुहुन्छ, उहाँले चाहिँ होइन, अर्को त्यहीँ भएकी दिदीले भनेको कुरा हो यो। एकछिन सोचेँ यस्तो पनि तरिका हुन्छ र?
भगवानलाई पूजा गर्न बार लगाउने अनि पैसा माग्ने! बाहिर आएँ, पशुपति मन्दिर वरिपरिका साना-साना पीठमा आउने भक्तजनलाई त्यहाँको पीठमा ढोगेपछि टीका लगाउन भन्दै बस्ने मानिसहरू थिए।
अनि भक्तजनले त्यहाँ चढाएको पैसा, टीका लगाइदिएबापत दिएको पैसा कहाँ जान्छ होला। आज सोमबार पनि होइन, झन् भीड भएको बेलामा पैसा कति जम्मा हुँदो होला।
त्यो पैसा पशुपति क्षेत्र विकास कोषमा जान्छ कि कहाँ जान्छ? त्यहाँ बसेर पैसा बटुल्ने ती व्यक्तिहरू पशुपति क्षेत्र विकास कोषले खटाएका कर्मचारी हुन् कि को हुन्? यसको खोजीनीति कहाँ गर्ने होला?
यो चाहिँ हेर्नैपर्ने विषय जस्तो लागेर उठाएको हुँ। यो पशुपति क्षेत्र होइन, मुख्य मन्दिरको परिसरभित्रैको कुरा गरेको हुँ। धन्यवाद।
@nagarik_news तानाशाही कहिल्यै 'म तानाशाही हुँ' भनेर आउँदैन,
त्यस्तै...
विदेशी हुण्डी खानेहरु कहिल्यै 'म परिचालित हुँ' भनेर भन्दैन।
सेते/काले/राते/बसन्ते/नागरिकेहरुका...
पोस्टर गर्लहरु।
साताको दुई दिन विदा दिनु नै थियो त शुक्रबार शनिबार विदा गर्दा हुने। शुक्रबार त्यसै पनि हाफ डे नै हो। शुक्रबार जुमाको दिन विदा हुँदा मुस्लिम धर्मावलम्बीहरु पनि खुशी। पूर्वीय दर्शन अनुसार आइतबार घामबारको दिन त कामको थालनी पो गर्नुपर्छ। साताको पहिलो दिन हो आइतबार, आइतबार काम बिसाउनु हुँदैन, अल्छी गर्नु हुँदैन। तर बारबरा फाउन्डेसनको सरकारले बारबरालाई मरणोपरान्त भएपनि खुशी पार्नै पर्यो। खयर, इस्टर सन्डेको दिन राम्रै उपहार पाएछन् नेपालीले। अब बिस्तारै आइतबार गिर्जाघर जाने बानी पनि बस्ला। बोले मार्लान् जस्तो गर्छन्। जे सुकै गरून्, यत्रै सिती।
"धर्म अफिम हो, धर्मले बिगारमात्रै गर्छ" भन्ने निकै ठूलो योजना, लगानी र मेहनतसहित फैलाइएको विकृत वाम-वादी भाष्य धुमिल बन्दै गएको छ।
९०% भन्दा बढी नागरिक सनातनी रहेको देशमा आफ्नो आस्था, पहिचान, संस्कारलाई सम्मान गर्दै भावी प्रधानमन्त्री बालेन्द्र शाह @ShahBalen को सपथ ग्रहण कार्यक्रम जसरी तय गरिएको छ, त्यो स्वागतयोग्य छ।
१०८ जना बटुकले गर्ने स्वस्ति वाचन, त्यति नो बौद्ध भिक्षुले गर्ने मंगल पाठ र ७ वटा शंखको सामूहिक शंखनादको ध्वनि श्रवण विगतमा त्यस्तो विकृत भाष्यको प्रवर्द्धनमा लागि परेकाहरूका लागि पनि आत्मशुद्धिको अवसर हुनेछ।
प्रधानमन्त्रीकारूपमा सपथ ग्रहणबाटै प्रशंसनीय काम थालनीका लागि बालेन जी लाई हार्दिक धन्यवाद र बधाई।
भारतको हालैको निर्णयले एउटा कुरा स्पष्ट देखाउँछ राष्ट्रले आफ्नो पहिचान, कानुन र सामाजिक संरचना जोगाउन कडा कदम चाल्न सक्छ।
नेपालले पनि समयमै यस्ता नीतिगत निर्णयहरू लिन जरुरी छ। खुला सिमाना, अनियन्त्रित शरणार्थी प्रवेश र धर्म परिवर्तनजस्ता विषयलाई बेवास्ता गरिरहने हो भने भोलिका दिनमा देशमा धार्मिक तथा सामाजिक द्वन्द्व बढ्ने खतरा देखिन्छ। हामीले छिमेकी देशहरूमा हिन्दु–मुस्लिम तनावका उदाहरणहरू देखिसकेका छौँ, त्यसैले समयमै सतर्क हुनु आवश्यक छ।
देशको एकता, पहिचान र स्थिरता कायम राख्न कडा नीति, स्पष्ट कानुन र दृढ नेतृत्व आवश्यक हुन्छ। धेरैको धारणा अनुसार यस्तो संवेदनशील अवस्थामा बलियो र एकीकृत शासन प्रणाली आवश्यक पर्छ, जसले राष्ट्रलाई विभाजन होइन, एकताको बाटोमा अघि बढाओस्।
यसै सन्दर्भमा, राजसंस्थाले पहिले जस्तै राष्ट्रिय एकता र स्थिरताको प्रतीकको रूपमा भूमिका खेल्न सक्छ भन्ने विश्वास राख्नेहरू पनि बढिरहेका छन्। उनीहरूको विचारमा, राजसंस्था पुनर्स्थापना भएमा देश सञ्चालन अझ सरल, स्थिर र सन्तुलित हुन सक्छ। 🙏👑🇳🇵
राजीब खत्री लेखछन 👇
प्रधानमन्त्रीको शपथ समारोहमा:-
- १०८ बटुकहरूले स्वस्ति-शान्ति वाचन गर्ने ।
- १०७ बौद्ध लामा गुरुहरुबाट मंगलवाचन गराइने ।
- ७ ब्राम्हणको शंखनादसहित शंखध्वनिले गुञ्जने ।
अर्थात सनातन धर्मबाट गुन्जयमान बनाउने ।
✍️ धर्ममा राजनीति गर्ने होइन, यसरी आस्था राख्ने हो । आफ्नो संस्कार र परम्परा अंगाल्ने, अरुको संस्कार र परम्पराको सम्मान गर्ने हो । अब तीन करोड नेपालीको प्रतिष्ठा उच्चो हुने र सामूहिक समृद्धि, सुख र विकासको हाईवे तयार हुने निश्चित छ । सबैको मंगल होस ll ❤️
In an interview with Suraj Singh Thakuri he said "people will decide whether the video is fake or real". Sarlahi-4 election result shows people have decided.