यदी तपाईं हार मान्नु हुन्न भने दुनियाँले हराउन सक्दैन तर जब आफै हात उठाउनु हुन्छ अनि जसले काँध थापे पनि उठ्न सक्नुहुन्न । यी दुईटा तस्वीर हेर्दा यस्तै लाग्छ । तपाईलाई कस्तो लाग्छ ? मेरा रवी लामिछानेका बारेमा तमाम असहमती छन तर एउटा कुरा निश्चित के हो भने उ एउटा फाईटर हो । उसको फाइट लोभलाग्दो छ । उसको फाईट साच्चै भन्ने हो भने रियल म्याड्रीडको मैदानमा वार्सीलोनाका मेसीलाई म्याड्रीडकै फ्यानले ताली ठोक्ने तहको छ । यो फाईटबाट हेरेक नेपाली युवाले सिक्नुपर्छ ।
#RabiLamichhane
नेपालको राजनीतिक इतिहासमा यस्ता क्षण विरलै देखिन्छन्—जहाँ ठूलो विजयसँगै विनम्रता, स्पष्टता, आशा र अनुशासन एकैसाथ उभिएका हुन्छन्। रास्वपाका सभापति रबि लामिछानेले आज आफ्नो पार्टीका नव–निर्वाचित सांसदहरूलाई गरेको सम्बोधन, केवल एउटा अन्तर-पार्टी भाषणीय घटना मात्र होइन ; यो समग्र देशको राजनीतिक संस्कृतिलाई उचाइ दिने गम्भीर र स्वागतयोग्य प्रयासको थालनी पनि हुनसक्छ ।
उनले विगतका राजनीतिक दलहरूको योगदानलाई सम्मानपूर्वक स्मरण गर्दै इतिहासलाई अस्वीकार गरेनन्, तर साथसाथै स्पष्ट रूपमा भविष्यका लागी नयाँ राजनीतिक शैलीको आवश्यकता औँल्याए । र, त्यसको जिम्मेवारी अब रास्वपाको काँधमा आएको कुरा पनि स्पष्ट पारे ।
उनको संम्बोधनमा आफ्ना सांसदलाई केवल बधाई र उत्साहमात्र थिएन ; त्यहाँ उनले सचेत चेतावनी पनि दिए । सत्तालाई अवसर होइन, परीक्षणको रूपमा लिनुपर्ने सन्देश उनले स्पष्ट रूपमा राखे। रबि लामिछानेले रास्वपा सांसदहरूलाई आशा र भरोसा दिए, तर त्यहीसँगै अनुशासन र उत्तरदायित्वको स्पष्ट सीमारेखा पनि कोरे।
यस अर्थमा, आजको यो मन्तव्य केवल रास्वपाका सांसदहरूका लागि निर्देश मात्र होइन; यो अन्य राजनीतिक दलहरूका लागि पनि मननीय सन्देश हो, किनभने लोकतन्त्रको निर्वाचनमा हारजीत भइरहन्छ । यो बेग्लै कुरा हो , कोही जीत पचाउन सक्दैनन , कोही हार सहन सक्दैनन। समग्र समाजका लागि पनि,दुइ तिहाइ बहुमत जितेको पार्टीको सभापतिको अभिव्यक्ति र शैली एक रोचक, मननीय अभिलेख हुनसक्छ ।
@Saralsuman1@palpali_ma आज पहिलो पटक सुमन जी को बिचार संग असहमत । तपाईँ आफ्नै बाल्यकाल देखि आजसम्म का मानसपटलका तस्विर हरुलाई पुन दोहोर्र्याएर हेर्नुहोस् कृपया ।
@OmThapa27 हिजो झुट्टा मुद्दा लगायर जेल पठाउने प्रपञ्च गर्ने हरुलाई कारवाहि गर्नु पर्ला कि नपर्ला कमरेड ! नत्र त सरकार भन्ने जन्तु ले जस्लाई पनि घोक्रेठ्याक लगाउन मिल्ने रैछ त ।
सोलार सिष्टम कमजोर भो, जाडोमा तातो पानीले नुहाउन इलेक्ट्रिक गिजर जडान गर्ने कि भनेर घर सल्लाह भैरा बेला दिल्लीबाट एउटा साथीले उसको बाथरूममा भख्खरै विस्फोट भको भिडियो पठायो ! सोच रद्द !!