यसपटक सबैजसो प्रमुख राजनीतिक दलहरूले निर्वाचनअघि नै भावी प्रधानमन्त्रीका उम्मेदवार घोषणा गरेका छन्। यतिबेला हरेक नागरिकको स्वभाविक जिज्ञासा छ, यी प्रधानमन्त्रीका उम्मेदवारलाई एकै मञ्चमा राखेर सार्वजनिक बहस किन नगर्ने ?
देश निर्माणमा उनीहरूका ठोस नीति, योजना र कार्यक्रम के कस्ता छन् ? अर्थतन्त्र, रोजगारी, शिक्षा, स्वास्थ्य, सुशासनको सवालमा उनीहरूको दृष्टिकोण के हो ?
यस्ता साझा बहसहरूले आमनागरिकलाई प्रधानमन्त्रीका उम्मेदवारहरूलाई नजिकबाट बुझ्ने अवसर दिनेछ र निर्वाचनमा मताधिकार प्रयोग गर्दा विवेकपूर्ण निर्णय गर्न थप सजिलो हुनेछ।
बहसले लोकतन्त्र बलियो हुन्छ, प्रश्नबाट कोहि नभागौं।
जय नेपाल!
यो बहसका लागि नेपाली कांग्रेस तयार छ । तपाईहरु तयार हुनुहुन्छ ?
#udaya #democracy #nepalicongress
तपाइँहरुको यो बाढी , पहिरो सम्बन्धित क्षेत्र र राजमार्ग क्षेत्रमा रहेका प्रहरी कार्यालयहरु, प्रशाशन आदि संग सम्बन्ध, सहकार्य र कम्युनिकेशन हुँदैन ? तपाइँहरुको सूचना हिजो देखि छ तर राती बस हिड्न दियियो ? #प्रश्न
“घटनाको २८ दिनपछि सरकारले बेपत्ता युवाको परिवारलाई १० लाख दिने निर्णय गरेको छ । यसरी परिवारलाई नगद राहत दिएर मानवताविरोधी जघन्य अपराधलाई थामथुम पार्ने प्रयासमा सरकार आफैं अघि सरेको छ ।”
यस्तो अन्याय विरुद्ध उनीहरूले कता प्रश्न उठाउने ??? https://t.co/bxtRCHPU9g