सुरु सुरुमा ट्विटर छिर्दा मलाइ ओहो यता सबै कति धेरै जान्ने सुन्ने विद्वान भलाद्मी विज्ञ छन , यो ज्ञानको महासागरमा म टिक्न सकुला जस्तो लाग्थ्यो तर बिस्तारै मेरो भ्रम टुटदै गयो यहाँ मुख्य कुरो कन्फिडेन्स रहेछ त्यति भएसी केइ चाइएन । 😂😂😂
बुद्वि नभाका रुसि रास्ट्रपति पुटिन । यस्तो बेला मार्क्स लेनिनहरुको सालिक बनाउन छोडेर के को कोरोना को भ्याक्सिन बनाको होला त है ?
हाम्रा प्र.म. ओलि ज्यु बाट केही त सिकुन !😎✌️
के के छ यो संसारमा म त केही देख्दिन
म जो छु तिम्रो प्यारमा म त केही देख्दिन!
कुराले त साथ, जन्मौँ-जन्मको भनियो
खै को पो छ निधारमा म त केही देख्दिन!
ल तिमी आँफै भन विश्वास कसरी गर्नु
बोली मात्र व्यबहारमा म त केही देख्दिन!
#apmmp
सोचेको सबै कुरा पराए जसो पुरा हुँदैन!!
मन नदुखे सम्म त, यहाँ कोई पनि रुदैन!!
त्यसैले राम्रो काम गर्नुस घमण्ड नगर्नुस!!
धर्तीमै बस्ने हो घमण्डले आकाश छुँदैन!!
आजकल नेपाली राजनीतिमा कार्यकर्ता र बलियो संगठन बनाउनु भन्दा पनि मिडिया र सामाजिक संजालमा चर्चा कमाउने लालच मात्र बढि देखिन थालेको छ नेपाली नेतामा तर त्यस्ता नेताले आर्टी र लाइक मात्र पाउँछन् जनताको भोट होइन किनभने एउटा मजबुत संगठन बिना भाइरल नामको कुनै हैसियत रहदैन ।