तीनकुने घटनाबारे मानव अधिकार आयोगको भूमिका पनि सन्देहास्पद छ। आयोगले गत जेठमै घटनाको अनुसन्धान पुरा गरेको र
केही दिनमै पूर्ण प्रतिवेदन सार्वजनिक गर्ने बताए पनि अहिलेसम्म गरेको छैन।
तीनकुने घटनामा ओली/लेखक सरकारलाई टेको दिएका मिडियाले पनि आयोगको प्रतिवेदन खोज्ने कुरै भएन।
राजनेता बन्ने कि राजनीतिकर्मी?
राजसंस्था सहितको प्रजातन्त्र र सुशासनको बाटोमा देशलाई अग्रसर गराउनुभयो भने देश बचाउने र बनाउने दुवै लक्ष्य हासिल हुनेछ र तपाईँहरू कालान्तरसम्म ‘राजनेता’ कहलिनु हुनेछ।
अन्यथा अस्तित्वको संकटको बादल देशमाथि मडारिरहने हो भने, तपाईँहरूले दिने सुशासनको सौन्दर्य चीरस्थायी हुने छैन र तपाईँहरू पनि ‘राजनीतिकर्मी’भन्दा माथि उठ्न सक्नुहुने छैन। https://t.co/8wOgmGMkJm
राष्ट्रिय प्रजातन्त्र पार्टीलाई अब धरमर-धरमर भएर टुपुक्क राष्ट्रिय पार्टीमात्र बन्ने अवस्थाबाट माथि उठाएर राष्ट्रिय राजनीतिको एउटा विश्वासिलो र सशक्त हस्तक्षेपकारी/रूपान्तरणकारी पार्टी बनाउने हो भने यसको तत्काल व्यापक पुनर्संरचना अत्यन्त जरूरी छ।
त्यसका लागि पार्टीको नाम, चुनाव चिह्न, केन्द्रदेखि तल्लो एकाइसम्मका नेतृत्वको पुनरावलोकन र आवश्यक परिवर्तन अत्यावश्यक छ।
सार्वजनिक रूपमा यसरी लेख्दा म माथि तीब्र गालीगलौजसम्म हुन सक्छ, तर त्यसको पर्वाह नगरी मैले यो टिप्पणी लेखेको हुँ।
मेरो आग्रह-रहित मिहिन मूल्याङ्कनमा राप्रपाको एजेण्डामा खास ठूलो समस्या छैन। समस्या हामीहरूको चिन्तन र कार्यशैलीमा छ। समस्या पार्टीभित्रका बलशाली प्रवृतिहरूमा छ। समस्या समयको प्रवाह र आवश्यकतालाई नचिन्नु/ नबुझ्नुमा छ। समस्या आधुनिक युगको राजनीतिक आयामहरूलाई अधिकांशरूपमा वेवास्ता गरेर उल्टै हियाउनुमा छ।
यही शैली र सोचबाट अघि बढ्ने हो भने पार्टीले आउने स्थानीय तह र प्रदेश तहको निर्वाचनमा सुयोग्य र आम मतदातामा प्रभाव पार्न सक्ने उम्मेदवार भेट्न पनि मुस्किल हुनेछ, अपवाद स्थानलाई छोडेर।
उपरोक्त विषयमा पार्टीमा तल्लो स्तरसम्म घनिभूत बहस आरम्भ होस् भन्ने ध्येयले मैले यो टिप्पणी लेखेको हुँ। पार्टीका साथीहरू, सुभेच्छुकहरू र आलोचकहरूबाट प्रतिकृया अपेक्षा गर्छु।
शरदराज पाठक
महामन्त्री
राष्ट्रिय प्रजातन्त्र पार्टी
रवि र बालेन्द्रलाई खुला पत्र:
कहिलेकाहीँ गन्तव्यमा पुग्न झै-झगडा र प्रचण्ड आक्रोशका कारण पछाडि छोडेर गएको यात्रुलाई, पछाडि फर्किएर होइन - पर्खिएर - साथै लैजानु पर्ने हुन्छ । नत्र टाकुरामा पुग्न सकिँदैन।
(प्रतिक्रियाका लागि आभारी हुनेछु!)
https://t.co/211wvtm6AN
@DpakPoudyal@RabindraMishra दाइलाई अष्ट्रेलिया घुमाउने या तपाईं यता आउने खर्च पठाइदिनुहोस् न ! हामी देश घुम्छौँ।
राजसंस्थाको माहोल साँच्चै नभएको हो या अगुवा हुँ भन्नेहरूलाई जनताले नपत्याएको हो, पत्तो लगाएर आउँछौँ।
😊😊
#अध्ययनभ्रमण
राजनीतिलाई अत्यन्त नजिकबाट हेरेको २५ बर्ष भयो। त्यसभित्र आफै प्रत्यक्ष राजनीतिमा सकृय भएको ९ बर्ष भयो। त्यस आधारमा मेरो निष्कर्ष थप बलियो भएको छ:
१/२ प्रतिशत अपवाद होला, नत्र नेपालको राजनीतिमा जसले जति धेरै आयतन र दूरीमा ढाँट्न सक्यो, उ त्यति नै 'सफल'। जो ढाँट्न सक्दैन, छलकपट जान्दैन, उसको राजनीतिक आयु धेरै लामो छैन। उ असफल। हामीकहाँ राजनीति भनेकै 'छल-नीति' भन्नेजस्तो स्थापित भएको छ, जसको दाग हरेकजसो राजनीतिक पात्रको अनुहारमा छ।