क���ै कसैका माया प्रेम पुरा हुन्छन्
धेरैको कहाँनी हुन्छ अधुरा हुन्छन्
जसलाई मुटुमै राख्यो उहीँ टाढिन्छ
अनि प्रेम सम्बन्धहरु टुहुरा हुन्छन्
मीठो बोल्दा पनि झर्किन थाल्छन्
प्रेमिल शब्दहरु चक्कु छुरा हुन्छन्
बद्लिनेले सजिलै बिर्सन सक्लान्
नसक्नेको मुटुनै रेट्ने कुरा हुन्छन्