भुल्ने छैन कहिलै ति स्पर्श र हातहरु
हजुरसँग बिताएका प्रेमिल ति रातहरु
मलाई लठ्ठै बनाउने हजुरका हेराई अनि
हामी भिज्ने गरेका प्रेमका ति बर्षातहरु
क्षणिकमात्र भएपनि सहयात्रा जिवनको
सारै मिठा लाग्थे मलाई हजुरका साथहरु
इश्वरको खेल हो या समयको माग भनौ
हजुरले दिएका ति पिडा अनि घातहरु