१. एमसीसी झलनाथ खनाल प्रधानमन्त्री भएको बेला आरम्भ भएर कांग्रेस र माओवादीको सरकार भएको बेला २०१७ मा हस्ताक्षर गरेको हो र अहिले उनीहरु नै सत्तामा भएकाले त्यस विषयमा के गर्ने भन्नेमा स्पष्ट हुनुपर्छ । गठबन्धनसँग बहुमत भएकाले यसलाई पारित गर्ने वा नगर्ने भन्ने गठबन्धनको विषय हो ।
स्ववियुदेखि भ्रष्टाचार गरेर पैसाको मुठो समाउने को हो? खेतालालाई परीक्षामा पठाएर डिस्कोमा रमाउने को हो? बाहिरबाहिर गणतन्त्रको नाराले दिमाग भुट्ने को हो? ५८ साल फर्काउने तमसुक गरेर छुट्ने को हो? ढिलो जन्मेकोले सधैं युवा भईरहन पाउने को हो, आफ्नै सभापति हराएर महामन्त्रीमा आउने को हो?
शेर बहादुर कस्तो खत्तम रैछ है बसन्त? यसरी हात जोडेपछि देउवाले आफूले बोलाएको पाहुनालाई राम्रोसँग हात जोडेर त स्वागत गर्नुपर्छ। हुन त काङ्ग्रेस कहिल्यै सुध्रन्न।
ओलीको एउटै बानी मन पर्छ। सत्ताको लागि अनावश्यक कोसिस गर्दैनन् । पहिले पनि जनताको अभिमत कुरे। अहिले पनि कुरेर बसेका छन्। अरुको लागि सत्ता सधैं महत्त्वपूर्ण भयो। नेपाल नेतृत्वमा हुँदा पनि एमाले त्यस्तै लाग्थ्यो। ओलीले ट्र्याकमा ल्याए। जनताको अभिमतलाई आफ्नो आधार माने।
न्यायाधीश फेरेर परमादेशबाट प्रधानमन्त्री बनाइदिएको भन्दै सत्ता गठबन्धनबाट खुला रुपमा पैँचो माग्ने बार एसोसिएसनले न्यायालयको शुद्धिकरणका लागि आन्दोलन गरेको रे।
मुलधारका भनिने मिडियाहरुले उनीहरुको साझेदारीमा चलाएको गोयबल्स शैलीको अभियान पत्रकारिता रे ।
मिथ्याचारी नग्न मिडिया ।
मेरो अन्तर्मन भित्र मेरो मान्यता माथि गंभीर प्रश्न चिन्ह खडा भएको अहिलेको अवस्थामा कवि राजेन्द्र थापाको यो कविता सम्झन मन लाग्यो
"पोहोर साल खुशी फाट्दा
जतन गरि मनले टाले
त्यहि साल माया फाट्यो
त्यसलाई पनि मनले टाले
यसपाली त मनै फाट्यो
केले सिउने केले टाल्ने हो?"
न्यायाधीशले नै ओलीलाई सत्ताच्यूत गर्न राजनीतिक फैसला गर्नुपरेको स्वीकार गर्नु र गठबन्धनका वकिलहरुले आफूहरुले परमादेश दिलाएकाले अब प्रधान न्यायाधीश हटाउन सघाएर गुन तिर्नुपर्ने बताउनुले असार २८ को फैसलाको ‘पतलून’ न्याय दिने र पाउनेहरुले नै उतारेका छन् ।
https://t.co/sEmADneqTp
यदि कांग्रेसले गठबन्धन गरि चुनाव लड्यो भने गठबन्धनको बहुमत त पुग्छ तर एमाले ठुलो दल बन्नेछ एक्ला एक्लै चुनाव लडे कांग्रेस ठुलो दल बन्नेछ मधेसी सानोतिनो पाटीको समर्थन लिएर आरामले बहुमतको सरकार चलाउन पाउनेछ गठबन्धनमा लड्यो भने अर्को पाँच साल प्रचण्डको पुच्छर हुनेछ कांग्रेस ।
प्रधान न्यायाधीशका सामु इतिहासमै पहिलो पटक न्यायिक नैतिकता र जिम्मेवारीबोधको गम्भीर प्रश्न उठिरहेको बेला यसबारे संवैधानिक आयोगका पदाधिकारीहरूले विज्ञप्ति निकालेर क्षेत्राधिकार र मर्यादाको धज्जी उडाएका छन्।यसबाट सरकार, अदालत र नियुक्ति पाउनेहरू बीचको साठगाँठ कै पर्दाफास भएको छ।
गुण्डागर्दी शैलीमा धम्की दिएका भरमा प्रधान न्यायाधीशले राजिनामा दिएको भए नेपालमा ‘कंगारु कोर्ट’ शुरु हुने थियो । केही बरिष्ठ न्यायाधीशको पालैपालो प्रन्या खाने र पदावधि बढाउने गुरुयोजनाको पोल बेलैमा खुलेपछि न्यायाधीशहरु इजलास फर्किन थालेका छन्। न्यायपालिका मार्ने प्रयास विफल हुँदै
मिडियाले सामान्य मानिसका संवेदनाका(मृत्यु, दुर्घटना आदि) कुराहरूलाई प्राथमिकता दिन्छ, तिनका विचार वा लेखनलाई अगाडी ल्याउन कुनै भूमिका खेल्दैन । तर अभिजात्य वर्गले लेखेका झुर कुरा नै किन नहुन् प्रसाद झैं बाड्न लालायित हुन्छ |
- नोभेम्बर 10, 2014