म
हिजो खाली थिएँ
अज पनी खाली छु
र
भोली पनी खाली नै हुनेछु!
एक
प्रयास थियो
तिमीलाई आँफु भित्र भर्ने
पुर्ण भएको महसूस गर्ने
खैर
प्रयास न हो- असफल भएँ
यसमा दुख मनाउ नै किन?
यो जिन्दगीको पुर्णविराम
खाली-खाली नै लाग्नेछ
जिन्दगीले त्यस्तो केही दिएन
..जस्लाई मबाट मृत्यूले खोस्न सकोस्।।