यो ऱ्याप आएको लगभग २० वर्ष भएछ । त्यसअघि र त्यसपछि पनि देशमा भएका हरेक चुनावमा हरेकपल्ट उम्मेदवारले हामीलाई ठूलो गफमा फसाए ।
तर, हामीले सिकेनौँ । हरेक चुनावमा यो र त्यो पार्टीको मान्छे बन्न हतार गऱ्यौं । अनि चुनावपछि जनता भएर पछुतायौँ ।
Proofreading: @lendaai@subtextwithS
यो भन्दा दु:खको कुरा के हो पञ्च बर्षिय योजनाको पुल १४/१५ बर्षमा बनेर पूरा हुनै लाग्दा उद्घाटन अगाडि नै लड्छ भत्किन्छ। आज सोही ठाउमा एका तिर आ��ि गाडी बाढिमा डुब्या छ अर्को तिर पुलको सल्याप डुब्या छ ।नेताका गेडामा तेल कहिले सम्म दल्छौ ए झोले हो मज्जा आइराहोला नि अहिले हेर्न त ??
गत नौ बर्षदेखि निरन्तर सत्तामा बस्दा शान्तिप्रक्रिया टुंग्याउन कुनै सार्��क पहल नगर्ने, संघीयताको कार्यान्वयनमा आवश्यक कानूनी र प्रशासनिक दायित्व निभाउन नसक्ने, संविधानसभाको वेलादेखि उठाउॅदै आएको प्रत्यक्ष निर्वाचित राष्ट्पतीय प्रणाली र पूर्ण समानुपातिक तर प्रत्यक्ष निर्वाचित व्यवस्थापिकावारे मुखमा पट्टी बाॅधेर बस्ने, राष्ट्रिय स्वाधीनताको सम्बर्धननिम्ति अत्यावश्यक EPG प्रतिवेदनवारे मुख खोल्न नसक्ने, ठूला भ्रष्टाचारका काण्ड कुनैलाई सार्थक निष्कर्षमा पुर्याउन नसक्ने, संरचनात्मक संकटमा फसेको अर्थतन्त्र उकास्ने र लाखौं युवाहरूलाई देशभित्रै रोजगारी सिर्जना गर्नेवारे माखो मार्न नसक्ने, २७५ जनाको संसदमा ३० जना ( अरू २ जना त नेसपाबाट निर्वाचित हुन्!) सांसदको ‘जादूयी नम्बर’ को फुइॅ दिएर सबै दललाई पालैपालो ठग्ने, जनयुद्धमा अतुलनीय योगदान गर्ने शहीद,वेपत्ता, घाइते योद्ध��हरूलाई पन्छाएर आफ्नै परिवारका सदस्यहरूको नाउॅमा राज्यको तर्फबाट स्मारक बनाउन नलजाउने….!
जब आम जनता नै यस्तो लज्जास्पद हर्कतबाट वाक्कदिक्क भएको मौका छोपेर पुराना संसदीय खेलाडीहरूले नयाॅ गठबन्धन गरेर ‘मियाॅकी जुती मियाॅके शरपर’ भने झैं बदला लिन्छन् अनि फेरि रोइलो? कुनै वेला २७५ मध्ये २६८ सांसदको साथ पाएको व्यक्ति अहिले ६१ मा झर्दा पनि लाजले मुख छोपेर बाटो लाग्नु सट्टा संसद फेस गर्ने ध्वांस्? के गर्नेलाई भन्दा देख्नेलाई लाज?
अब फेरि यी कानले ‘राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिक्रियावादी शक्तिहरूद्वारा क्रान्तिकारीहरूको घेराबन्दी’, ‘जनयुद्धका उपलब्धी र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न सर्वोच्च कमाण्डरका वरिपरि सबै गोलबन्द हुनुपर्ने’ आदि इत्यादि लफ्फाजी र जनयुद्धमा त्याग र बलिदान गरेकाहरूको भावनात्मक दोहनका राग सुन्नुपर्ने ? हे मार्क्स-लेनिन-माओ, तपाईंहरूले यस्तै उत्तराधिकारी खोजेको हो ?