एउटाले वर्षभरि खै के पढायो, SLC मा धेरै विषय लागेर धेरै फेल भए ! अब्बल केहीमात्र पास भए । केहीले दुई विषय लागेर पूरक परीक्षा दिन पाउने भए । ती मास्टर निक्ले, नयाँ आए । नयाँ मास्टरसँग कोचिङ पढेका केही पूरकमा पास भए केही फेल ! अब पुराना नि नाक फुलाउँछन्, नयाँ नि नाक फुलाउँछन् !#खोप
बिपी कोईरालाको शवयात्राको दुर्लभ भिडियो।
आज ०६ साउन (२१ जुलाई)
३९ बर्ष आजैका दिन वि.सं. २०३९ साउन ०६ (सन् १९८२ जुलाई २१) का दिन नेपालका पूर्वप्रधानमन्त्री एवं नेपालको प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष बिपी कोईरालाको ६८ बर्षको उमेरमा निधन भएको थियो।
बिपी प्रती श्रद्धासुमन!
@beebekdhimal करेन्ट लागेको भन्ने मिथ्या हल्लामात्र हो ॥ करिब दुई वर्षअघितिर यो विषयमा राम्रै लेख छापिएको थियो र हल्लाखल्ला भाको थियो । पत्रिकाको नाम याद छैन । पचास सालपछिका बुझिने खालका भाषणहरु पनि थिए चर्चामा । खोज्नूस्, भेट्नुहोला ।
सिन्धुली कमलामाइ नगरपालिकाको १०७ वर्षीय कुमारी सुनुवार अहिले पनि दैनिक २ वटासम्म दाम्लो बाट्नु हुन्छ । उहाले बाटेको दाम्लो किन्न मानिस घरमै पुग्छन् । केही दाम्लो आफैं बजार गएर बेच्नु हुन्छ । १०७ वर्षको उमेरसम्म उहाँको काम गर्ने जागर अहिलेसम्म उस्तै छ ।
रुपचन्द्र विष्टको जीवनीमा आधारित आख्यानको पहिलो ड्राफ्ट विभिन्न विद्वानहरूको हातमा पुगेको छ। केहीले पढेर प्रतिक्रिया दिँदै हुनुहुन्छ।
यसै मेसोमा रुपचन्द्रका प्रिय कान्छा भाई गुणचन्द्र विष्ट र भतिजा भुवनप्रकाश विष्टसँगको भेटघाट हो यो । सुझाव तथा मार्गदर्शनका लागि अनेकौं धन्यवाद।
हामी सबैले आ-आफ्नो तरिकाले कालीगण्डकीको संरक्षणको लागि आवाज उठाईरहेकै छौं। कालीगण्डकी डाइभर्सनको विरुद्धमा यो भिडियोभित्र आमाको आवाज र विरोधको शैली गज्जबको लाग्यो। जय होस्
तीस वर्षदेखि निरन्तर तिनै मान्छे सांसद, मन्त्री, प्रधानमन्त्री भएका भयै छन् । जबकी ०४८ सालमा जागीर खाएकाहरू निवृत्त भईसके । त्यतिबेलाको १६ वर्षे किशोर ४६ वर्ष पुगिसक्यो । तर अझै पनि नेतृत्व दौडमा तिनै पटक पटक परिक्षित र असफलहरू नै अघि देखिन्छन् । धत्, पानीमरूवा कथित युवापुस्ता !!