Unpopular opinion:
(तपाइलाई मन नपर्न सक्छ , सबैलाई मनपर्ने कुरा लेख्न मैले ठेक्का लिएको छ र ?)
शङ्कर समूह /जगदम्बाले गल्ती गरेको छ भने अदालतमा मुद्दा चलोस्, प्रमाणका आधारमा सजाय होस्। तर अहिले सरकारले दशकौँदेखि रोजगारी, कर र उद्योग चलाइरहेको शङ्कर समूहलाई एकै पटक अपराधीझैँ देखाएर गरेको धरपकड देशको आर्थिक स्थिरतामै चोट पुर्याउने शैलीजस्तो देखिन्छ। ९१ वर्षदेखि व्यवसाय गर्दै आएको, हजारौँलाई रोजगारी दिएको , बजेटमा ठुलो योगदान गर्ने समूहलाई डर देखाएर होइन,कानुनी प्रक्रियाबाट मात्र प्रश्न गर्नुपर्छ।
शंकरलाल अग्रवालजस्ता वृद्ध उद्योगी देश छोडेर भाग्ने मान्छे होइनन्—यत्रो ठुलो व्यवसाय चलाउने मानिसलाई धरपकड गरेर सार्वजनिक रूपमा बदनाम गर्ने शैलीले सरकारको नैतिकता र उद्देश्यप्रति नै शङ्का उठाएको छ।
शङ्कर समूहको वार्षिक कारोबार ११ हजार करोडभन्दा बढी छ, जबकि अनुसन्धानमा परेको शङ्कास्पद रकम करिब ७५ करोड—जुन यसको कुल कारोबारको ०.६८% मात्र हो। त्यो पनि प्रमाणित आरोप होइन, केवल अनुसन्धान!
अदालतले दोष प्रमाणित नगरेसम्म कसैलाई अपराधी ठहर गर्न मिल्दैन ।
अनावश्यक धरपकड, राजनीतिक प्रदर्शन र सार्वजनिक बदनाम अभियानले नेपालमा व्यवसाय गर्ने वातावरण झनै असुरक्षित बनाउँछ । कानुनले काम गरोस्— शक्ति प्रदर्शनले होइन।
र्याम्बोकुमार रूखको टुप्पोमा पुगिगए, भगवानप्रसादको चौका दाउ लागिगो। शिवाजीराव झापा किल्ला ढाल्दै कार्यकारी पड्काउने, एकिकरण मास्टर राजाबाबु गोर्खै भ्याईदिने। मनुजले माराज फर्काउने, अनुजले साम्यवाद ल्याउने।
देश त चौतर्फी बन्यो बन्यो। बन्न बाँकी तपाई र म मात्र रह्यौं त निकोलसजी?
अरूलाई यो गर त्यो गर भन्ने मान्छे ले मौका दिएको बेलामा गर्न सक्नु पर्छ। होइन भने समस्या मात्र देखाएर देश चल्दैन। एक चोटि मन्त्री बनेर मन लागेको सुधार गर्नुहोस्।
ओहो, चिफ सापले यो के गर्नु भएको हो? अस्ति भर्खर धरौटीमा छुटेको अपराधी संग के को बार्ता हो यो? यो त हिजोको आतंकमा यो मान्छेले घुसपैठ गरेकै हो भन्ने पक्का भयो। हाम्रा भाइ बहिनीहरुले गरेको आन्दोलन यो मान्छे जस्तै रंग फेरेर सत्ताको तर मार्ने बिरुद्ध नै हो
https://t.co/ZOD08vpPhf