काठमाडौँको Grande Hospital मा भोलि साउन २४ गतेका लागि O- Negative २ पोका रगत ६९ वर्षीय महीलालाई अति आवश्यक भएको हुँदा O-Negative blood हुनेले ९८२४१४७२८९ मा शीघ्र सम्पर्क गरी सहयोग गरिदिनु भयो भने ठूलो धर्म हुनेछ!
यो सन्देश retweet गरिदिनुभयो भने अत्यन्त आभारी हुनेछु।
आफूलाई पत्रकार भन्ने नाममा मर्यादा, आचारसंहिता र मानवीय संवेदनामाथि खेलबाड गर्ने प्रवृत्ति स्वीकार्य छैन। केही व्यक्तिका गैरजिम्मेवार गतिविधिले समग्र पत्रकारिताकै गरिमा घटाइरहेको छ। यस्ता कार्यमा संलग्न जो–कोहीमाथि सम्बन्धित निकायले आवश्यक कारबाही गरोस्।
यिनलाई त नियन्त्रण गर्ने उपाय निस्केला।
संसदभित्रकालाई के गर्ने?
फोटोमा देखिएका स्वार्थी होइनन्। त्यो तिनको 'प्राकृतिक चरित्र' हो। संसदमा देखिनेहरूको चाहिँ प्राकृतिक होइन, 'स्वार्थी चरित्र' हो। दशकौँ भइसक्यो तिनको चरित्र त्यस्तै छ। तिनलाई अनुशासित गर्न के गर्ने होला? मूल प्रश्न त्यो हो।
I trust you, my friend, and I would never expect betrayal from you.
राजनीति हो, व्यवस्थापनको क्रममा अलिकति दायाँ- बायाँ हुनसक्छ। हामीमा निहित गम्भिर प्रणालीगत समस्याले मान्छे फस्न सक्छ।
@SwarnimWagle लाई मैले नजिकबाट चिनेको ३० वर्ष भयो। उनीसँग कतिपयको विमति होला। मेरो त उनको स्तरको विज्ञले लेराएको बजेटमैँ गम्भिर विमति छ।
ज-जसलाई जे-जे भन्न मन छ भने हुन्छ, तर उनले जानिबुझी अवैध काम गरे/भ्रष्टाचार गरे भन्ने म कल्पना पनि गर्न सक्दिन।
उनले पनि अवैध काम गरे/भ्रष्टाचार गरे भने, नेपाली राजनीतिमा कसलाई विश्वास गर्ने?
बालेनसॅग बिषयगत ज्ञान भएन, बोल्दा अनुभवको कमीले बुद्घि पुर्याएनन् भनेर विपक्ष मच्चिनुको अर्थ छैन। तिम्रा बुद्धि विवेक, लोकतान्त्रिक चेत, देशभक्तिको मात्रा हाम्लाई कन्ठ छ।
काठमाडौँ उपत्यकाका नदीकिनार तथा सरकारी स्वामित्वमा रहेका जग्गामा अवाञ्छित रूपमा अतिक्रमण भएको स्पष्ट भएका क्षेत्रहरूमा नेपाल सरकारले कानुनबमोजिम अघि बढाएको व्यवस्थापन प्रक्रियाका विषयमा विभिन्न टिप्पणी तथा व्याख्या सार्वजनिक भइरहेका प्रति सरकारको ध्यानाकर्षण भएको छ। उक्त प्रक्रियालाई लिएर भूमिहीन तथा अव्यवस्थित बसोबासमा रहन बाध्य नागरिकहरूमा उठिबास हुने हो कि भन्ने आशंका उत्पन्न गराउने तथा नियोजित रूपमा त्रास फैलाउने प्रयास भइरहेको सम्बन्धमा प्राप्त सूचनालाई सरकार गम्भीरतापूर्वक लिएको छ।
यसै सन्दर्भमा दीर्घकालीन समाधान कार्यान्वयनमा अवरोधका रूपमा रहेका भूमिसम्बन्धी ऐन २०२१ का केही दफाहरू वर्तमान परिस्थितिलाई दृष्टिगत गर्दै अध्यादेशमार्फत खारेज गरिएको छ। उक्त कानुनी अवरोध हटेसँगै वास्तविक भूमिहीन नागरिकहरूको डिजिटल लगत संकलन, विवरण प्रमाणीकरण तथा स्पष्ट आधारमा अभिलेख तयार गर्ने कार्य प्रारम्भ गरिएको छ। यस प्रक्रियाबाट भूमिहीन नागरिकहरूको वास्तविक अवस्था पहिचान गरी व्यवस्थित, पारदर्शी र दीगो समाधानतर्फ सरकार अघि बढिसकेको छ।
ज्यान जोखिममा रही असुरक्षित स्थानमा बसोबास गरिरहेका नागरिकहरूका लागि सुरक्षित तथा व्यवस्थित स्थानान्तरणको व्यवस्था गरिनेछ। अन्य भूमिहीन नागरिकहरूको हकमा सम्बन्धित आयोगको सिफारिस र संकलित विवरणका आधारमा नेपाल सरकारले आवश्यक निर्णय गर्नेछ।
नेपाल सरकार स्पष्ट गर्न चाहन्छ कि चालिएका सम्पूर्ण कदमहरू नागरिकहरूलाई हटाउने उद्देश्यले होइन, आवासको हक सुनिश्चित गर्दै समस्याको स्थायी समाधान निकाल्ने उद्देश्यले अगाडि बढाइएका हुन्। त्यसैले कुनै पनि प्रकारको भ्रममा नपर्न, अनावश्यक रूपमा नआत्तिन तथा अपुष्ट सूचना नफैलाउन सम्पूर्ण नागरिकमा अनुरोध गरिन्छ।
सरकार प्रत्येक भूमिहीन नागरिकको सुरक्षित, सम्मानजनक र स्थायी आवास सुनिश्चित गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको जानकारी गराइन्छ। कुनै पनि नागरिक घरबारविहीन हुने अवस्था सिर्जना हुन दिइने छैन।
प्रशासनीक चुस्ततासहित सेवाग्राहीमा थोरै आशा सञ्चार हुँदै थियो, अब लैतडीहरु देशको ढुकुटी खाएर निहुँ खोज्न सतहमा आए। हामी सर्वसाधारणलाई कसको सरकार छ भन्ने के अर्थ, देशमा के हुँदैछ र हामी कति लाभान्वित हुने भन्नेले पो अर्थ राख्छ। कर्मचारी संगठनका नाममा दलीय आतंक निस्तेज पार्न सरकार निर्मम होस्। हिजो पनि भनेको यही हो, कसैले सुनेन।
प्रधानमन्त्री र मन्त्रीहरूसँग जीवन धान्न पुग्ने पुर्ख्यौली र यसअघि नै कमाएको सम्पत्ति रहेछ । अब राज्यसंचालनको पदमा पुगेपछि जीवन धान्नका लागि 'दुई नम्बरी काम वा लामो हात गरेर' कमाउन परेन । जनतालाई पनि आफूजस्तै धनी बनाउने गरी काम गर्नुभए हुन्छ ।
कहिले सिक्ने हामीले? कहिले सभ्य हुने? कहिले जिम्मेवार नागरिक बन्ने? कहिले प्रकृतिलाई माया र कदर गर्न सिक्ने? दिक्क लागेर आउँछ! @pokharamun@hello_sarkar
डिजेलको मुल्य १६३ रूपैया पुग्दा समायोजन भएको भाडा १३६/लिटरमा घट्दा समायोजन गर्नु नपर्ने तर अहिले प्रति लिटर रू १० बढेर १५२ पुग्दा यातायात व्यावसायीबाट समायोजनको माग आएको त मिलेन ।
प्रिय @ranjudarshana_ जी,
संभवत: मैले १०/११ वर्षअघि तपाईँको यही फोटो भएको लेख श्यर गर्दै, तपाईंको प्रशंसा र तपाईँप्रति आशा व्यक्त गरेको थिएँ।
आज पुन: त्यही फोटो प्रेषित गरेर तपाईँलाई वधाई तथा शुभकामना दिन चाहन्छु। भ्रष्टाचार नियन्त्रण, सुशासन र रूपान्तरणप्रतिको तपाईँको इमान र दृढता सदा कायम रहोस्!
Discord बाट छानेको PM भनेर उडाउने, cabinet मा कोहि छान्दा न्वारन देखिको बल ल्याएर discredit गर्ने, चुनाव त हुदै हुदैन लेखेर राख्नु भन्ने, ६ महिनामा तयारी सम्मव छैन भन्ने, उम्मेद्वारीको बेला misinformation फैलाउने तर पहिलेको musical chair मा मजाले रमाउने हुदाहुदै चुनावको दिन आयो।
मतदान हैन मत लगानी हो । दान हो भने किन फेरि अपेक्षा गर्नु ?
तसर्थ यो पटक मतदान हैन, लगानी गरौं प्रतिफल कुरौं ।
आफ्नो लगानी नडुब्ने चिन्हमा मात्रै छाप लगाउँ है ?
हर्न दिएको करिब दुई मिनेटपछि मात्र ढोका खुल्यो। कुनै मन्त्रीले आफ्नो निवासको गेट आफैँ खोलेको दृश्य मैले यसअघि देखेको थिइनँ। अर्थमन्त्रीको घरमा न त गार्ड थिए, न झन्डा। योग्यता र सरलता एउटै व्यक्तिमा भेटिनु दुर्लभ गुण हो।
रामेश्वरजीलाई देख्दा यस्तो महसुस हुन्छ—राजकीय शक्तिले आफूलाई तामझामसहित प्रस्तुत नगरेर पनि, सरलतामै ओहदाको दायित्व निर्वाह गर्न सकिँदो रहेछ।
अनि, त्यो सरलताभित्र एउटा अनौठो प्राधिकार अनुभूत हुन्छ—न गाडीमा झन्डा राख्ने रहर, न घर–आँगनमा सुरक्षाकर्मी । लुकाउनुपर्ने खासै केही नहुँदा, सुरक्षाकर्मीको टुकडी नहुँदा पनि चल्ने रहेछ।
आज शनिबार। केही बेर बसेर हामी आ–आफ्नो बाटो लाग्यौँ। म घरतिर।
अर्थमन्त्री खनाल—बिना झन्डा, बिना गार्ड—गाडी आफैँ हाँक्दै प्रधानमन्त्री निवासतिर…
#Joy of Simplicity #जीवनका रंगहरु
हेल्लो हत्याराहरु! तिमीहरुको ब्रम्हलुट, सिण्डिकेट र भ्रष्टाचार सञ्जाल अनि अहंकारका कारण आर्यघाटमा देखिएको यो दृश्य हामी र हाम्रा सन्ततीले बिर्सेलान् भनेका हौला। तिमी संविधानका धारा खोज, समयले हाम्रा सन्तानका रगतका धाराको मूल्य खोज्नेछ। खोजिरहनेछ।
ए, कसलाई प्रधान मन्त्री चुन्ने भनेर भाईबहिनीहरुले चुनाव गरेका रहेछन्। यो कुरा मैले अहिले बाटोमा जाँदै गर्दा देखेँ। अनि सबै भन्दा कम भोट (४ प्रतिशत) पाउने ता म पो रहेछु। म निकै खुसी भएँ किन भने म कहाँ रहेछु भन्ने कुरा प्रष्ट संग थाहा पाएँ। सबै भन्दा कम भोट पाउनुको मतलब मैले युबा भाईबहिनीहरुको मन जित्ने काम पटक्कै गरेको रहेनछु। त्यसैले अब बीरगञ्ज कृषि औजार कारखाना बीरगञ्जमा, राष्ट्रिय आविष्कार केन्द्र काठमाण्डौमा र आर्डसिटी इनोभेसन ल्याव पोखरामा अझै कसिएर काम गर्नेछु ता कि भविष्यमा यस्तै भोटिङ हुँदा मैले भाई बहिनीहरूकोअलि धेरै भोट पाउन सकुँ । अनि त्यसको लागि मेरो आत्मकथाको पुस्तक पनि झन धेरै बेच्नु पर्ने भयो । धन्यवाद 🙏🙏🙏🌹🌹🌹