Debate बाट भाग्न पाइन्छ होला, तर निम्न कुरा प्रस्ट नपारी तिमी उम्कन पाउॅदैनो:
—तिम्रो रूचिको राजनीतिक व्यवस्था
—तिम्रो सरकारले पछ्याउने आर्थिक दर्शन
—विकासमा प्राथमिकता
—उपयुक्त सामाजिक, सांस्कृतिक नीति
—बहुलवाद, पारदर्शिता, नागरिकको सूचनाको हक, बाकस्वतनत्रताआदिवारे दृष्टिकोण
काठमाडौँ क्षेत्र नं. ४ को माया र भरोसाकै बलमा यहाँसम्म आइपुगेको छु। यस क्षेत्रबाट पाएको अपार साथ र स्नेहप्रति सधैं ऋणी रहनेछु।
तपाईंहरूको शुभेच्छा लिएर सर्लाहीको यात्रा आजबाट सुरु गर्दै छु।
विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएसँगै @thapagk को नेतृत्वमा बनेको कार्यसमितिले अब नेपाली कांग्रेसको नेतृत्व गर्नेछ।@thapagkको टिमलाई काग्रेस र नेपालको लोकतन्त्रलाई अझ गतिशील बनाउन सफलता मिलोस्।उहाँ र कार्यसमितिका सबै नेताहरूलाई बधाई तथा शुभकामना💐
एकताबद्ध भएर अघि बढ्न सबैमा हार्दिक अपील।
प्रेस विज्ञप्ति
नेपाली कांग्रेसमा विधि, विधान र पद्दति स्थापित भएको छ, विशेष महाधिवेशन कुनै विवादको विषय थिएन। निर्वाचन आयोगले संविधान, प्रचलित कानून र पार्टीको विधान अनुसार निर्णय गरेको छ। यसप्रति हामी आभारी छौं।
यो नेपाली कांग्रेसका हामी सदस्यहरू र शुभेच्छुकजनले नेपाली कांग्रेसमा सार्थक परिवर्तन र देशको समुन्नतिका लागि गरेको इमान्दार प्रयत्नको साझा प्रतिफल हो।
यसले स्थापित गरेको छ - पार्टी नेताको चाहनाले मात्र होइन आम सदस्यको चाहनाले चल्छ, बन्छ। अब नेपाली कांग्रेस आफ्नो मूल जरामा, आफ्नो मूल्य मान्यता र आदर्शमा फर्केको छ।
विशेष महाधिवेशनमा सहभागी हुनुभएका-नहुनुभएका, सहमत हुनुभएका-नहुनुभएका सबै नेपाली कांग्रेसमा आवद्ध टोलदेखि केन्द्रसम्म, देश विदेशमा रहनु भएका सम्पूर्ण अग्रज तथा साथीहरूलाई आग्रह गर्न चाहान्छु - यो विधि विधानले प्रधानता पाएको हो, जय पराजयको विषय होइन - कुनै अलमल नपरौं, सबै संयम होऔं, जिम्मेवार बनौं, एकतावद्ध रहौं। विश्वास र भरोसा राख्नुहोस्; अब कांग्रेस नवीन उर्जा र एकतासहित रुपान्तरणको दिशामा अगाडि बढेको छ। रिफर्मको यात्रा शुरु भइसकेको छ। अब उच्च आत्मविश्वास र व्यापक तयारीका साथ आशन्न निर्वाचनमा एकढिक्का भइ लाग्नुपर्नेछ।
यस परिस्थितिमा नेपाली कांग्रेसलाई अगाडि बढाउन पार्टीका श्रद्धेय पुर्व सभापति शेरवहादुर देउवा लगायत पार्टीमा विभिन्न तह र निकायमा रहनुभएका साथीहरूबाट पार्टीको यो लोकतान्त्रिक प्रक्रियालाई सहज रुपमा लिई पुर्ण साथ रहनेछ भन्ने विश्वास लिएका छौं।
आजबाट कांग्रेसमा कुनै गुट छैन, गुटगत भागबण्डा हुनेछैन, लाग्नेछैन - जिम्मेवारी फरक होला तर भुइ तहमा रहेका सदस्य र तपाईंको केन्द्रीय सभापतिको समान हैसियत हो, हुनेछ। तपाईंहरूको चाहना नै हाम्रो निर्णयको आधार हुनेछ।
नेपाली कांग्रेस पार्टी नेता र यसका सिमित सदस्यको मात्रै होइन आम मानिसको सार्वजनिक पुँजी हो। यस यात्रामा लोकतन्त्र र समुन्नतिका निम्ति रुपान्तरित कांग्रेस देख्न चाहने तमाम देश भित्र र वाहिर रहेका लाखौं सुभेच्छुकजनहरू प्रति विशेष आग्रह गर्न चाहान्छौं- नेपाली कांग्रेसले विशेष महाधिवेशनमार्फत विगतका कमजोरीप्रति आत्म आलोचना गर्दै समीक्षा गरेको छ; आजसम्मका उपलब्धीलाइ समयको पदचाप अनुसार थप संस्थागत गर्ने संकल्प गरेको छ - अब कांग्रेस बदलिएको छ, बदलिनेछ।
अत: समस्त शुभेच्छुक, समर्थक र आम जनसमुदायमा अपील गर्दछौ - नेपाली कांग्रेस आम नेपाली जनताको अपेक्षा र नव युवाको परिवर्तनको आकांक्षा अनुरुप अगाडि बढ्नेछ। एउटा लोकतान्त्रिक र जनमुखी पार्टी कस्तो हुनुपर्छ हामी बनाउनेछौं। अब कांग्रेसले मूल्य र सिद्धान्त विपरित गएर कुनै सम्झौता गर्ने छैन, ‘सत्ताका लागि जोसंग जहिले पनि अप्राकृतिक गठबन्धन गर्ने कुरा अन्त्य हुनेछ। जसरी हिजोका दिनमा हाम्रा अग्रजहरूले लोकतन्त्र र जनअधिकारका लागि अग्रसरता लिनुभयो त्यसरी नै अब कांग्रेसले यो संविधानको रक्षा गर्दै समुन्नतिको नेतृत्व गर्नेछ - यसका लागि तपाईंहरूको थप साथ र विश्वास चाहिएको छ।
अन्त्यमा, यो ऐतिहासिक क्षणमा सम्पूर्ण शहिदहरूप्रति श्रद्धान्जली अर्पण गर्दछौं, पार्टीका सबै अग्रजलाई श्रद्धा र सम्मान प्रकट गर्दछौं, समस्त नवयुवा लगायत आम नेपाली आमाबुबा, दाजुभाइ दिदीबहिनीहरूमा समुन्नत नेपाल निर्माणको यात्रमा सरिक हुन पुन: हार्दिक अपील गर्दछौं। जय नेपाल !
तपाईंको सभापति
गगनकुमार थापा
२०८२ माघ २ गते
सहमतिका न्यूनतम बुँदा मानेका भए पनि भागशान्तिका ४०%ले बिटुलो भइरहन्थ्यो, जनतामाझ 'फलानो चैँ किन बोकेको?' भन्ने प्रश्नमा लज्जाबोधसहित नाजवाफ हुनु पर्ने नै थियो। एक्कैझमट कांग्रेस शुद्धिकरण अभियान सफल बनाउनु भएकामा महाधिवेशन प्रतिनिधि, सदस्य, वि.म. आयोजक र गगन-विश्वलाई धन्यवाद!🌳🙏
नेपाली कांग्रेस दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै नै विशेष रह्यो।
नेपाली कांग्रेसलाई सही दिशामा उभ्याउने उद्देश्यले आयोजित यस महाधिवेशनमा सहभागी हुनुहुने तथा योगदान पुर्याउनुहुने सबैप्रति हार्दिक आभार!
हर्न दिएको करिब दुई मिनेटपछि मात्र ढोका खुल्यो। कुनै मन्त्रीले आफ्नो निवासको गेट आफैँ खोलेको दृश्य मैले यसअघि देखेको थिइनँ। अर्थमन्त्रीको घरमा न त गार्ड थिए, न झन्डा। योग्यता र सरलता एउटै व्यक्तिमा भेटिनु दुर्लभ गुण हो।
रामेश्वरजीलाई देख्दा यस्तो महसुस हुन्छ—राजकीय शक्तिले आफूलाई तामझामसहित प्रस्तुत नगरेर पनि, सरलतामै ओहदाको दायित्व निर्वाह गर्न सकिँदो रहेछ।
अनि, त्यो सरलताभित्र एउटा अनौठो प्राधिकार अनुभूत हुन्छ—न गाडीमा झन्डा राख्ने रहर, न घर–आँगनमा सुरक्षाकर्मी । लुकाउनुपर्ने खासै केही नहुँदा, सुरक्षाकर्मीको टुकडी नहुँदा पनि चल्ने रहेछ।
आज शनिबार। केही बेर बसेर हामी आ–आफ्नो बाटो लाग्यौँ। म घरतिर।
अर्थमन्त्री खनाल—बिना झन्डा, बिना गार्ड—गाडी आफैँ हाँक्दै प्रधानमन्त्री निवासतिर…
#Joy of Simplicity #जीवनका रंगहरु