धन्यवाद रविशजी @ravish_journo
गम्भीर र संवेदनशील विषयमा हिमालय टिभी र अनलाइनखबरको कन्टेन्ट क्रेडिटसहित
प्रयोग गर्दै नेपालजस्ता पर्वतीय देशहरूको जलवायु मुद्दालाई अन्तर्राष्ट्रिय स्तरमा उठाइदिएकामा ।
किनकि,
हिमाली क्षेत्रमा बढ्दो हिमपहिरो र भूक्षय जलवायु परिवर्तनकै परिणाम हो, र जलवायु परिवर्तनको मूल कारण कार्बन उत्सर्जन हो।
विश्वको कुल कार्बन उत्सर्जनमा नेपालको योगदान जम्मा ०.११% मात्र छ, जुन विश्वव्यापी स्तरमा नगण्य नै हो।
तर विडम्बना, जलवायु जोखिमयुक्त देशहरूको सूचीमा नेपाल शीर्ष ५ देशमा पर्छ।
Thank you, Ravish ji.
For raising the serious and sensitive issue of climate change in mountainous countries like Nepal on the international stage, using the visual content of Himalaya TV and Onlinekhabar with proper credit, much appreciated.
The increasing landslides and frequent avalanches avalanche in the Himalayan region are a consequence of climate change, and the root cause of climate change is carbon emissions.
Nepal’s contribution to total global carbon emissions is around 0.11%, which is negligible on a global scale. But ironically, Nepal ranks among the top 5 countries on the list of climate risk vulnerable countries.
https://t.co/2Efl8s7LwD
सत्ताका समर्थक-सुभेच्छुकले कहिलै बुझ्न नसक्ने कुरा के रहेछ भने सरकार असफल हुने कुनै अमूक व्यक्तिले ट्विट, वेब्लग, लेख लेखेर होइन उसको आफ्नै खराब चरित्र वा performance ले हो । आलोचकलाई गलत प्रमाणित गर्ने सबैभन्दा सजिलो उपाय -सरकारले असल काम गर्ने र आफूलाई बलियो बनाउने ! कि कसो ?!
मिडिया कुराकानीले पत्रकार टीकाराम यात्रीको 'अँध्यारोबाट उज्यालोतिर' मा विश्लेषक अरुणकुमार सुवेदीले बोलेका हरेक शब्द उतारेर केही प्रतिनिधि दाबीहरूको अध्ययन गरेको छ ।
हामीले भेट्यौँ — उनी बिना कुनै तथ्य प्रमाण गम्भीर दाबीहरू गर्छन् ।
Watch Full Video 👇
https://t.co/opKCd9qEkc
नेपालमा केही गलत बुझाइ सत्यजस्तै स्थापित छन् । त्यसमध्ये केही त प्रायोजित पनि छन । प्रायोजितलाई पर सारेर सर्वसाधारणले गहिरो विश्वास गर्ने ५ गलत बुझाइ (मेरो बुझाइमा) तल प्रस्तुत गरेको छ ।
१. सरकारले उद्योगधन्दा, कलकारखाना खोलेर रोजगारी सिर्जना गर्नुपर्छ ।
टिप्पणी: सार्वजनिक वस्तु उत्पादन गर्न वा निजी क्षेत्रले लगानी नै नगर्ने क्षेत्रमा बाहेक अन्य क्षेत्रमा राज्यले कलकारखाना वा उद्योग चलाउनु स्रोतको दुरुपयोग हो । यसले निजी क्षेत्रलाई कमजोर मात्र बनाउँदैन, देशको सम्पत्तिको नोक्सानी पनि हुन्छ । वस्तु र सेवाको उत्पादन गर्ने काम निजी क्षेत्रको हो र सरकारको काम यसको उचित नियमन र सुपरिवेक्षण हो ।
२. विकास गर्न जाने र भ्रष्टाचार रोक्न सके देशकै साधनस्रोत प्रयोग गरेर युरोप-अमेरिका जस्तो बनाउन सकिन्छ ।
टिप्पणी: नेपालसँग युरोप-अमेरिकाको दाँजोमा भौतिक पूर्वाधार स्थापना गर्ने आन्तरिक क्षमता छैन, कहिलै थिएन । सबैकुरा ठिक ठाउँमा रहँदा पनि नेपालले संसारलाई बेच्ने वस्तु र सेवाबाट ठुलो आर्थिक समृद्धि सम्भव हुन निकै समय लाग्नेछ । नेपालले आफ्नो लक्ष र सम्भावनामा गम्भीर हुन आवश्यक छ ।
३. विदेशमा गएका नेपालीको लगानी देशभित्र ल्याउन सके यसबाट आर्थिक समृद्धि हासिल हुनेछ ।
टिप्पणी: क्षमता भएका लगानीकर्ताले नाफाको सम्भावना देखे लगानी गर्छन्, नदेखे गर्दैनन् । विदेशी लगानीका लागि उपयुक्त तथा नाफा कमाउने वातावरण भए नेपालीबाहेक अरूले पनि लगानी गरिहाल्छन् । विदेशमा बस्ने नेपालीले लगानीका नाममा सहुलियत र सम्मान खोजेका हुन्, लगानी गर्ने अवसर होइन । त्यसैले, नेपालका नीतिनिर्माताले एनआरएनका मोलाहिजामा नफसी विदेशी लगानीका लागि नीतिगत सुधारमा ध्यान दिनुपर्छ ।
४. विदेशका धनी देश नेपालको राम्रो चाहँदैनन् ।
टिप्पणी: विदेशी र विशेष गरी अमेरिका-युरोपका धनी देशलाई नेपालसँग ३ कुराको मात्र चासो छ -बजार, सुरक्षा र आप्रवासी । अर्थात्, उनीहरू यो चाहन्छन् कि नेपालमा आफ्नो सामान बेच्न पाइयोस्, यहाँको सुरक्षा अवस्था नबिथोलियोस् र यो देश शरणार्थीको उद्गमस्थल नबनोस् । उनीहरू नेपालको संस्कृति, सामाजिक सद्भाव, इतिहास बिगार्न चाहन्छन् र नेपाललाई अशान्त राख्न चाहन्छन् भन्ने चिन्ता गलत हो । नेपाली समाजलाई अशान्त बनाउने कुरा विदेशको स्वार्थ विपरितको कुरा हो । नेपालको 'महानता'सँग प्रतिश्पर्धा गर्ने रहर उनीहरूमा छैन ।
५. इमानदार नेता भए देश त्यसै धनी हुन्छ ।
टिप्पणी: इमानदारिता राजकाजको महत्त्वपूर्ण जिम्मेवारीमा रहेका हरेक मानिसमा हुनुपर्ने आधारभूत पूर्वशर्त हो । इमानदारिता नभएको नेता वा प्रधानमन्त्रीले देशलाई ठुलो हानी गर्छ । तर, इमानदारिता सत्ता चलाउने योग्यता होइन । इमानदार मात्र भएर एक व्यक्तिले राज्य वा यसका कुनै संस्थालाई सही नेतृत्व दिन्छ भन्ने छैन । नेतृत्व क्षमताअन्तर्गत् सुझबुझ, अरूसँग सहकार्य गर्नचाहने मनोवृत्ति, लचकता, विनम्रता आदि विभिन्न विशेषता पर्छन् । संसारका विभिन्न विपन्न देशहरूको इतिहासलाई हेर्ने हो भने तिनीहरूको विपन्नतालाई जटिल बनाउने काम तिनै नेताले गरेका छन् जसले आफू इमानदार भएको दावी गरेका थिए ।
देश बुझ्ने हो भने सजिला जुत्ता र ठिक्कको झोला किन्नुहोस्।
.
दुईवटा शब्द छन् - Possible (सम्भव) र Viable (व्यवहार्य)।
('व्यवहार्य' नेपालीमा कम लेखिने, बोलिने शब्द हो। यसको अर्थ “टिकाउ र व्यावहारिक रूपमा चल्न सक्ने” हो।)
@Online_khabar पाठेघरभन्दा अण्डकोष या फिसर फिस्टुला केही राख्दा के जान्थ्यो? लेख शीर्षकमा पनि लैङ्गिक विभेद? पदलोलुप, बिगार्ने, भत्काउने सबै पुरुष सत्ता अनि शीर्षकमा पाठेघर? अलि मिलेन लेखक जी!
**नेपाली समाज र लोकतन्त्र**
१८३१–३२ को आफ्नो अमेरिकाको भ्रमण पछि फ्रान्सेली युवा चिन्तक Alexis de Tocqueville ले लेखेका कालजयी कृति 'Democracy in America' आज पनि लोकतन्त्रबारे लेखिएका सबैभन्दा प्रभावशाली पुस्तकहरूमध्ये एक मानिन्छ। Tocqueville ले अमेरिकी लोकतन्त्रको सफलता केवल संविधान, निर्वाचन वा सरकारका संस्थामा होइन, नागरिक र समाजको संस्कृतिमा देखे। स्वेच्छाले संगठित हुने, संवाद गर्ने र साझा उद्देश्यका लागि मिलेर काम गर्ने जस्ता अमेरिकी नागरिकहरूमा रहेको कला, "the art of getting associated", लाई उनले लोकतन्त्रको ठूलो शक्ति माने। त्यस्तै, उनले समाजमा पुस्तौंदेखि विकसित नैतिक मूल्य, सांस्कृतिक परम्परा, सामाजिक संस्कार, नागरिक जिम्मेवारी, आपसी विश्वास, सहिष्णुता र आत्मसंयमजस्ता आचरणहरूको समष्टिगत रुप, "habits of the heart", लाई लोकतन्त्रको वास्तविक जग ठाने।
आज नेपालको समाज र दलीय राजनीतितर्फ हेर्दा भने हामी ठीक उल्टो दिशातर्फ गइरहेका छौँ कि भन्ने चिन्ता हुन्छ। समाजमा पूर्वाग्रह र असहिष्णुता बढ्दो छ। पुराना हुन् वा नयाँ, अधिकांश राजनीतिक दलहरू गुटबन्दी, व्यक्तिगत द्वन्द्व र विभाजनबाट ग्रस्त देखिन्छन्। आलोचना र फरक मतलाई आफ्नो सोच र अवधारणाका कमजोरी सच्याउने अवसरका रूपमा लिनुको सट्टा, त्यसलाई परास्त गर्न हरेक अश्त्र चलाउने प्रवृत्ति बलियो बन्दै गएको छ।
यसले केवल दलहरूलाई मात्र होइन, नेपाली समाजलाई पनि विभाजित बनाउँदैछ। लोकतन्त्रको भविष्य संविधान वा निर्वाचनले मात्र सुरक्षित हुँदैन; त्यसलाई टिकाइराख्ने "habits of the heart" र "the art of getting associated" जस्ता साश्वत पक्षहरु समाजमा कति जीवन्त छन् भन्ने कुराले पनि निर्धारण गर्छ। नेपालमा आज देखिएको राजनीतिक गञ्जागोलको एउटा गहिरो कारण सम्भवतः यिनै लोकतान्त्रिक संस्कारहरूको क्षयिकरण हुनु पनि हो कि?
हिजोआज मधेशमा जारी हिंसाको सही कारण र तस्वीर बुझ्नुछ भने @JpanandaJp जीको यो लेख पढनुहोला ।
दक्षिणी सीमाबाट आयातित धर्म–राजनीति https://t.co/JBNWnfbTdP
यो बेला भाइरल बन्न भ्रामक सामग्री पोस्ट गरी अशान्ति फैलाउन खोज्नेलाई प्रहरीले निगरानीमा राख्नु स्वागतयोग्य !
यो निगरानीमा विभिन्न पडकास्ट/टिभिमा कन्सपिरेसी थ्योरी पस्कने विद्वानहरूलाई थप्नु पर्छ। न अध्येता न अनुसन्धानकर्ता, तर सधैं बकबक बकबक।
वहाँहरूको यो पाराले देश थप जल्छ!🙏
@aarthik_abhiyan नेपाल सहिष्णु समाज हो भनेर जुन भ्रम किताबदेखि घोकाउने र मिडिया तथा कथित बुद्धिजीवि रट्छन नि हो ती सबै यहि सोच बोक्छन। मुखमा जतिबेलै हिन्दु हिन्दु जप्ने यो जल्लाद जमात पक्कै नेपालको सामाजिक सद्भाव खलबलाउने प्रमुख खतरा हो।
कमाइले नधान्ने घरखर्च !
नेपालमा आम्दानी र खर्चबीचको खाडल झन् फराकिलो हुँदै गएको छ।
वस्तु तथा सेवाको मूल्य निरन्तर बढिरहेको छ, तर आम्दानीका अवसर सीमित छन्। यही असन्तुलनका कारण हजारौं परिवारलाई दैनिक गुजारा चलाउनै कठिन भइरहेको छ।
रिर्पोटिङ-
https://t.co/HUfwHG2q9u