@hyphenAB ठ्याक्कै मन को कुरो भन्नु भो । नदिने भए नलिने भनेर फर्किएँ म त । दुई वर्ष मा रसिद हरायो । अब तीन वर्ष पछि अर्को लिन जाउँला । अहिले लाई नागरिक एप बाटै काम चल्छ :)
बिरालो नबाधी श्राद्ध गर्न सकिन्छ भनेर सोच्न पनि नसक्ने अवस्था मा पुगेछ कर्मचारीतन्त्र ।
@iMaanthaa@DeepakAdk स्वास्थ्य र शिक्षा - नेपाली को ठूलो दुःख । एउटा कहिले काहीँ पर्छ - ड्याङ्ग पर्छ; अर्को सधैं पर्छ तर धेरै लाई महसुस भइराको छैन ।
नीति निर्माता लाई चिल्लो सडक मात्र विकास लागेर हो कि यी दुई कहिले प्राथमिकता मा परेनन् ।
@hyphenAB@anupdgn यो बीमा बाट मैले पिताजी को औषधि नपाको ३ महिना भयो । अघोषित बन्द थियो, बरु घोषित रूप मै बन्द गरेछ । राज्य ले जनता लाई ठगेको अर्को उदारहण हो यो स्वास्थ्य बीमा, कोभिड बीमा पछि । प्रिमियम उठाएर सर्त बमोजिम को सेवा दिन्न भन्नु सरासर ठगी नै त हो ।
काठमाडौं उपत्यका मा बिहान ८ देखि १० को समय मा ढुवानी का गाडी हरु तथा फोहोर संकलन / बोक्ने गाडी हरु बन्द गर्न सके पीक आवर मा हुने जाम लाई केही कम गर्न सकिन्थ्यो की @valleytraffic
हरेक दिन जसो कतै न कतै देखिराछु - ट्राफिक पुलिस ले आज यति लाख फाइन् कलेक्ट गर्यो उति लाख कलेक्ट गर्यो। मानौं गज्जब नै भइराखेको छ । चिन्ता गर्नु पर्ने विषय होइन र यो ? जति फाइन लगाए पनि नसुध्रिने भए जनता भनेर?
@ThuloKeto@ibnamra@addkali हरेक परिवर्तन हुँदा यस्तो कुरा आउँछ, पछि बानी लाग्छ । हाम्रै जीवन मा भएका यस्ता परिवर्तन मा -
- ढिके नुन बाट आयो नुन
- सिलौटा मा पिनेको मसला बाट धुलो मसला
- दाउरा बाट स्टोभ हुँदै ग्यास
- कसौडी बाट प्रेसर कुकर
- ग्यास बाट इन्डक्सन इन्फ्रारेड
पछिल्लो ले अपजस र निरन्तरता सँसंगै पायो
सरकारले जफत गरिसकेको स्मार्ट सेलको सम्पत्ति NIMB ले लिलाम गरेर ऋणको रकम उठाउनु जायज र सही हो भने जगदीश खरेललाई जोडेर ५० रुप्पे पर्ने पत्रिकाले लेख्या समाचार ५० पैसा पनि नपर्ने रहेछ भन्ने मान्न पर्ने हो कि के हो?
बैंकर छाडेर सम्पादक पक्राउ गर्न पर्ने हो कि के हो??😂😂
हुन त बुझ्न बाकी कुरा धेरै छन् तर हाम्रो देश मा छोगडा आयात मा किन प्रतिबन्ध लाको हो भन्ने कुरा ले बिहानै देखि छुट्टै कौतुहलता मचाईरहेछ। कसैलाई थाहा छ भने भन्नुस् त लौ।
५ कक्षा सम्म परीक्षा दिनै नपर्ने, ६ देखि तीन घण्टा परीक्षा दिन पर्ने, १० /१२ पश्चात् इन्ट्रान्स प्रिपेरेसन गर्न नपाउने तर इन्ट्रान्स दिनै पर्ने । नेपाल ले शिक्षा मा ठूलै फडको मारला जस्तो छ ।
अब आउनु पर्ने अरु केही निर्णय हरु -
१. नेपालीको परीक्षा अङ्ग्रेजीमा दिए पनि मान्य हुने