इनारमा डुबेपछि बाल्टि झुक्छ,
तर..
झुके पछि बाल्टी भरिएर बाहिर आउछ
.
जीवन को गणित पनि यस्तै यस्तै हो
.
जो झुक्छ,
त्यो अवश्य केही न केही लिएरै उठ्छ..
🇳🇵🇳🇵शुभप्रभात 🇳🇵🇳🇵
केही याद पानीका थोपासँगै बर्सिन्छन्, केही याद आगोका लप्कासँगै दन्किन्छन्, केही याद हुन्छन् जो हावाको वेगसँगै बत्तिन्छन् ,केही याद आँसुमा चुर्लुम्म डुबाउँछन्,केही यादले लखेट्छन् कुदाउनु कुदाउँछन्,केही याद हुन्छन्, जो छाती चिरेर जान्छन् यी याद साच्चिकै अनौठा छन है प्रिय।
#शुभपल्💕
वृद्ध बिरामी जननी
रगताम्य जन्म भुमि छाडेर
पराई माटोमा पसिना बगाउन हिडेको मलाई
प्रेम गर्ने अधिकार छैन यति बेला मेरो देश भनि
खबरदार नछो मेरा हातहरु मेरो देशको झण्डा !
स्ससस …
मेरो देश सुतिरहेको छ
धेरै लामो निन्द्रामा परेको छ
सायद अब ब्युँझिदैन पनि होला
तर जाऊ हल्ला नगरिदेऊ
मीठो निन्द्रा भंग हुन सक्छ
जाऊ, यहाँ हल्ला नगर
देश ब्युँझिन सक्छ ।
राम्रो मान्छे सधै खै आखै अघि पर्नु नि
टाढा हुदा देखिन अलि नजिक सर्नु नि
पर्खाइ मिठो भन्नेलाई के भनू र मैले खै
त्यस्तो पनि हुन्छ धत् , चाहिने कुरा गर्नु नि !😋
धेरै आटहरु बटुलेर
तिम्रा कथा हरु नियाले
पहिले मृत्यु देखि डराउने म
अहिले आगोको त्यो राप हेरेर रमाउने गर्छु
सायद तिमीलाई भेट्ने रहरले होला
त्यो लास मा नी आफूलाई देख्छु ।
#हार्दिक_श्रद्धाञ्जलि_प्रेमदाई
धेरै आटहरु बटुलेर
तिम्रा कथा हरु नियाले
पहिले मृत्यु देखि डराउने म
अहिले आगोको त्यो राप हेरेर रमाउने गर्छु
सायद तिमीलाई भेट्ने रहरले होला
त्यो लास मा नी आफूलाई देख्छु ।
#हार्दिक_श्रद्धाञ्जलि_प्रेमदाई