रमाएर बस्न, खासै केही चाहिदैन । दुखी हुन - एउटा बिचार,फगत
एउटा बिचार मनमा ल्याए पुग्छ। फगत एक बिचार , कसैका बारेमा, मनमा ल्याउने बित्तिकै दुखी हुन सकिन्छ , सजिलै 😝
#शुभप्रभात सबैलाई है #HaveAGoodDay
बांगलादेशमा ९% हिन्दू छ, तर पनि त्यहां दुर्गा पूजा मनाउने माथि सांघातिक आक्रमण गरिन्छ, मूर्ति पाण्डाललाई तहस नहस बनाइन्छ, मूर्ति विसर्जनमा बाधा पुर्याइन्छ, ढुंगामुढा देखि बम आक्रमण समेत गरिन्छ।
तर...
नेपालमा जम्मा ४% मुस्लिम छ, र मोहम्मद Day मनाउन सरकारी विदा दिईन्छ....
पिठ्यॅुमा विरामी छोरो र खर्च जुटाउन काखीमा कुखुराको भाले च्यापेर उपचारको खोजीमा हिंडिरहेकी यी निरीह तर ममतामयी आमाको फोटो प्रधानमन्त्री,स्वास्थ्यमन्त्री र योजना आयोगको कार्यालयमा टॅागेर देशको स्वास्थ्य नीति तथा योजना/कार्यक्रम बनाए देशमा केही सुधार हुन्थ्यो कि?
कसैले सपनामा पनि साेचेकाे थिएन हाेला जुम्लामा MBBS पढाइ हुन्छ भनेर। अब जुम्लालाई राेग, भाेग र अभावकाे प्रायले हेर्ने हाेईन। कर्णालीलाई मेडिकल हव बनाउनु पर्छ। जुम्लामा MBBS कुनै पनि हालतमा असम्भव छ भन्नेहरु अाज कुन दुलाेमा पसेहाेलान्। अब यि बाटाेहरुमा सेता एप्राेन हरु टल्किने छन्।
ओली गुट,जाे नेकपाकै समग्र पनि हैन,काे असक्षमतालाई देखाएर गणतन्त्र विरुद्ध माहाैल बनाउँने काम नगराैं।ओली-विद्या कहिले गणतन्त्र र संघीयताकाे पक्षमा थिए? उनीहरुकाे असफलता मन्डलेतन्त्रकै असलफता हाे,गणतन्त्रकाे हैन।गणतन्त्रमा जानू हुँदैन भन्ने उनीहरुकाे नाेट अफ डिसेन्ट अझै ताजै हाेला।
नेपाली जनताको बलिदानी संघर्षबाट प्राप्त ऐतिहासिक गणतन्त्र दिवसको उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना! गणतन्त्रबिरोधी बयलगाडेहरूको हातमा देशको नेतृत्व पुगेकाले अहिले गणतन्त्रप्रति नै अनास्था जगाउने जुन काम भैरहेको छ त्यसलाई परास्त गर्दै जनताको हातमा आएको सार्वभौमसत्ताको रक्षा गरौं!
पंचायत छदा लाग्थ्यो,यो गए रामराज्य आउछ।आएन।त्यसपछि लाग्यो गणतन्त्र आए-पक्कै।
गणतन्त्र आयो।एक राजाको ठांउमा धेरै राजाआए।रामराज्य आएन।म जीवनमा कयौ पटक गलत भए।
मेरो जीवनका सत्य धेरै पटक बदलिए।
मलाई एउटै मान्छे कहिले राम जस्तो,कहिले रावण जस्तो र कहिले नारद जस्तो लाग्यो
#सम्बन्धहरु
मेरो साला भरत खरेल कोरोनाबाट गयो! अस्पतालमा बेड भेटिएन, मृत शरीर कोठामा छ! परिवार सबै संक्रमित छन्। PCR Positive छ। वडाले सिफारिस गरे CCMC बाट प्रकृया शुरु हुन्छ ! कसरी घरभित्र रहेको मृत शरीर उठ्ला राज्यका निकाय र सामाजिक संस्था खै?कस्तो छ हाम्रो देशको कोरोना व्यवस्थापन!#HELPLESS
द्वन्द्वात्मक भाैतिकवादी र नास्तिक हुँ भनी लाेकलाई ढाँट्ने खड्गप्रसाद शर्मा ओलीले ठाेरीमा खडा गर्न निर्मित राम र सीताका पदर्थका निर्जीव मूर्तिकाे सभक्ति धुमधाम पूजाआजा गरेछन्।चरम् धर्मभीरू ओली सरले राजनीतिक सत्ता गुमेपछि पशुपतिनाथकाे धार्मिक सत्ताकाे मूलभट्ट मै हुन्छु भन्लान् कि!
पञ्चायत प्रणाली रहुन्जेल त्यतिका पञ्च जन्मिन्थे।पञ्यायत गयाे,पञ्च मानसिकताका मान्छे जन्मिनै छाेडे।आजकाे मन्त्री खाने लाेभ त्यस्तैत्यस्तै हाे।याे संसदीय प्रणालीकाे दुश्चक्र हाे।याे व्यवस्था रहुन्जेल यस्ताे भइनै रहन्छ।याे पार्टी, त्याे पार्टी भन्नू बेकार।कुनै पार्टी अछुत रहनेछैनन।
म्यानमारमा सैनिक शासनद्वारा छाेटाे समयमै १०० बढी नागरिकको हत्या भइसकेकाे छ । नेपालमा लाेकतन्त्रकाे महत्वलाइ कम आँक्ने, लाेकतन्त्रले के दियाे?बरु सैनिक शासन लागे हुन्थ्याे जस्ता कुरा गर्नेले बुझुन - लाेकतन्त्रले जीवन र स्वतन्त्रता दिन्छ, जसकाे तुलना अरु कुनै कुरासंग हुनै सक्दैन
आज श्री ३ खड्कप्रसाद संग के छैन ? भाई - भारदार र चाकरहरुले भरिभराउ छ वालुवाटार र सिहदरवार । सितल निवास आफ्नै ‘गोटी’ हुनुहुन्छ । खासमा वहाँलाई सम्राट घोषणा गर्न के ले ? र कसले रोक्यो ? हामी भुईँ मान्छेहरु जान्न चाहन्छौँ ।
जे भइरहेको छ यो एकदमै गलत हो। विधान विपरीतको यो ज्यादती हो। कम्यूनिष्ट आन्दोलनको विसर्जन हो। तर हामी यो आन्दोलनलाई यत्तिकै विसर्जन हुन दिनेछैनौँ। यसको कानूनी उपचार र राजनैतिक प्रतिवाद दुबै गर्नेछौ। साथिहरू, हाम्रो जिन्दगीको यो अन्तिम र निर्णायक लडाईँ हुनेछ।
जनवरी २० काे बिहानसम्म मानिस आशंका गर्थे-ट्र्म्पले ह्वाइट हाउस छोड्लान र?त्यस्तै मानिस अझै भन्दैछन- निर्वाचन आयाेगले विभाजनकाे मान्यता दिदैन,ओलीले संसदीय दलकाे बैठक राख्दैनन,संसद पनि बाेलाउँदैनन, बहुमत कस्ले कहाँ सिद्व गरेर हटाउँने? यी दुइचार दिने असंभव र छुद्र कल्पना मात्रै हुन।
नवराज वि क लगायतका युवाहरुको जातपातजन्य विभेदका कारण नृशंस हत्या भएको ९ महिना बितिसक्दा पनि राज्यबाट न्याय नपाएर पीडितका परिवार हारगुहार माग्दै काठमाण्डौ आउन बाध्यहुनु अत्यन्त गम्भीर विषय!सत्ताधारीहरू आपसमा हिलो छ्यापाछ्याप गर्न र प्रतिगमनको तानावाना बुन्न मस्त!#DalitLivesMatter
भ्रष्ट्रचारीको संरक्षण गरेको सत्य हो।हावादारी गफ गर्ने तर काम गर्न नसकेको सत्य हो।काम गर्न सकिन भनेर जाने संसदमा हो।संसद विधटन गर्ने प्रधानमन्त्रीलाई यस्तो अधिकार नै छैन।यस्तो असंबैधानिक ओली कदमको जति निन्दा गरे पनि पुग्दैन।
'अचेल हाम्रा हाँस्यव्यङ्ग कलाकार राष्ट्रका महत्वपूर्ण विषयमा सारभूत कुरा बोल्छन्, र जनतालाई गंभीर बनाउँछन्। राजनीतिक नेताहरू भने राष्ट्रका महत्वपूर्ण विषयमा 'मजाक' गर्छन्, र जनतालाई हँसाउँछन्'
# मित्र @MumaRamKhanal बाट सुनेको