प्रिय @SwarnimWagle जी @thapagk लक्षित तपाइको अभिव्यक्ति सुनियो । गगनकि श्रीमती MBBS चिकित्सक हुन मासिक लाख भन्दा बढी कमाउछिन , गगन सांसद हुन ६० भन्दा बढी तलब खान्छन उनका वुवा रिटार्ड कर्मचारी हुन ४० भन्दा बढी पेन्सन बुझ्छन । अनि सानको जिन्दगी जिउछन । तिमी जस्तो अवसरबादी हैन्न ।
सूर्य उपासना, प्रकृतिप्रतिको श्रद्धा र कृतज्ञताको प्रतीक छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक मङ्गलमय शुभकामना!
छठ पर्वको आध्यात्मिक आधार हाम्रो प्राचीन वैदिक परम्परासँग जोडिएको छ। ऋग्वेदकोमा उषा देवीको अत्यन्त सुन्दर स्तुति गरिएको छ। वैदिक परम्परामा प्रकाश, ऊर्जा र नवजीवनकी प्रतीक उषा देवीको आराधना तथा सूर्य उपासनाको यही प्राचीन आध्यात्मिक भाव आजको छठ पर्वमा पनि प्रतिबिम्बित हुन्छ। अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै सूर्यदेव र छठी मैयाको आराधना गरिने यो पर्वले हामीलाई प्रकृतिप्रतिको सम्मान, जीवनप्रतिको कृतज्ञता र अन्धकारबाट उज्यालोतर्फ अघि बढ्ने प्रेरणा दिन्छ।
यस पावन पर्वले हामी सबैमा आपसी सद्भाव, सामाजिक एकता, सकारात्मक ऊर्जा र नयाँ आशाको सञ्चार गरोस्। छठी मैयाको कृपाले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र आरोग्य छाओस्।
छठ पर्वको हार्दिक मङ्गलमय शुभकामना!
कुनैबेला प्रधानमन्त्री @ShahBalen यसो भन्नुहुन्थ्यो । आज आफ्नै पार्टिका सांसद खगेन्द्र सुनार को महिलामाथिको अडियो सार्वजनिक भएपछी किन मौन बसेका होलान ?
@कांग्रेस सांसदहरुलाइ संसदमा यो विषय उठाउन अनुरोध गर्दछु ।
@TimalsenaSachin@NishcalRai
ढुक्क हुनुहोस्- म गगन थापा, तपाईंको दाइ, तपाईंको भाइ, तपाईंको छोरा,तपाईंको साथी, तपाईंको सभापति-कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन।
MY HANDS ARE CLEAN!
गलत प्रश्न मलाई होइन, सही प्रश्न सही ठाउँमा सोधौँ।
जय नेपाल 💚💐
@thapagk
ढुक्क हुनुहोस - म गगन थापा, तपाईंको दाइ, तपाईंको भाइ, तपाईंको छोरा, तपाईंको साथी, तपाईंको सभापति - कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन।
MY HANDS ARE CLEAN!
गलत प्रश्न मलाई होइन, सही प्रश्न सही ठाउँमा सोधौँ।
Saudi मा भएको Drone आक्रमणमा परि एक नेपाली ले ज्यान गुमाउनुपरेको खबरले मन भक्कानिएर आएको छ। मृतकप्रति हार्दिक श्रद्धाञ्जली! आज नेपालको निम्न तथा मध्यम वर्गका हरेकजसो परिवारबाट कोही न कोही खाडी वा मध्यपूर्वमा हुनुहुन्छ। हाम्रो बाट पनि हुनुहुन्छ! घरमा परिवारका सदस्यहरू हरेक पल फोनको घण्टी बज्दा आत्तिने अवस्था छ।
नेपाल सरकारले "परिस्थिति नियालिरहेका छौँ" र "आवश्यक परे सुरक्षित ठाउँमा सार्ने वा उद्धार गर्ने रणनीति बनाउनेछौँ" भनेर पटक-पटक सार्वजनिक रूपमा भन्दै आएको छ। तर, निर्दोष नागरिकले ज्यान गुमाइरहँदा अब ती बोलेका शब्दहरूलाई व्यवहारमा उतार्न सरकारसँग आग्रह गर्दछु!
पीडित परिवारलाई अविलम्ब क्षतिपूर्ति दिलाउने र शव छिटो स्वदेश ल्याउने दायित्व पूरा गरियोस्।
परदेशमा रहेका नागरिकहरू केवल Remittance पठाउने माध्यम होइनन्। सरकारले आफ्नै प्रतिबद्धता अनुसार उहाँहरूको सुरक्षालाई पहिलो प्राथमिकतामा राखोस्।
विजयादशमीको हार्दिक मंगलमय शुभकामना!
यस पावन पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा, दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।
यस वर्षको दशैँ हामीले राष्ट्रिय विपत्ति र पीडाको संवेदनशील परिस्थितिमा मनाउँदै छौँ। धेरै परिवार दुःख, पीडा र कठिनाइमा हुनुहुन्छ। यस्तो बेला हाम्रो चाडपर्वको खुसी केवल आफ्नो घरआँगनमा सीमित नरहोस्। दुःखमा परेका परिवारको पीडामा थोरै भए पनि मलम लगाउन सकौँ, आफ्नो खुसी बाँड्न सकौँ र एकअर्काको सहारा बन्न सकौँ।
यो विजयादशमीले हामी सबैमा आफूभित्रका कमजोरीलाई जित्ने आत्मबल, अरूको पीडा बुझ्ने संवेदना र समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस्।
सबैमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको हार्दिक मंगलमय शुभकामना।
शुभ विजयादशमी!
हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना सभापतिज्यू! वर्षौँदेखि तमाम् कांग्रेसीजन तथा रुपान्तरणकारी डेमोक्र्याट युवाहरुले देखेको सपना पुरा भएको छ। चुनौतीका पहाडहरु अनगिन्ती छन् तर तपाईंले भनेझैं 'ति चुनौतीका पहाडहरुका पछाडि अँझ ठुला सम्भावनाका शिखरहरु/हिमालहरु पनि छन्।' अब हामीले अथक मेहनत गरेर ती सम्भावनाहरूका शिखर जरुर चढ्नुछ र एकदिन ति शिखरहरुबाट हामीहरु पनि झर्नुपर्छ नै फरक यत्ति हो कि अरुहरु शिखरबाट झर्दा हिमपहिरो झैं गर्ल्यामगुर्लुम झरे भने हामीहरु झरना जस्तै झर्नुछ, सुन्दर मुक्ति, समर्पण, संगीत, श्रृङ्गार, उत्सर्ग, प्रवाह र आभा सहितको अनुपम विश्राम सहित !
चुनौतीका पहाडहरु छिचोल्दै शिखर चढ्दैगर्दा त्यहाँबाट पनि कुनै एकदिन त झर्नुपर्छ नै तर त्यो झराई अँझ सुन्दर बनाउनुछ भन्ने कुरा नबिर्सिनुहोला!
फेरि पनि धेरै धेरै बधाई तथा सफल कार्यकालको शुभकामना!🙏
@thapagk@NepaliCongress
#15thNationalConvention
नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीको महामन्त्री पदमा निर्वाचित गराउन अमूल्य मत प्रदान गर्नुहुने सम्पूर्ण महाधिवेशन प्रतिनिधिज्यूहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु।
यहाँहरूले मप्रति व्यक्त गर्नुभएको विश्वास र सुम्पिनुभएको जिम्मेवारीलाई पार्टी रूपान्तरण, संगठन सुदृढीकरण र देशको समृद्धिका लागि इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।
यो विजय व्यक्तिगत उपलब्धिभन्दा पनि नेपाली कांग्रेसलाई समयानुकूल, जनउत्तरदायी र सुदृढ बनाउने साझा संकल्प हो।लोकतान्त्रिक प्रतिस्पर्धामा सहभागी सम्पूर्ण साथीहरूप्रति सम्मान व्यक्त गर्दै उहाँहरूको विचार, योगदान र अनुभवलाई पार्टीको साझा यात्राको महत्त्वपूर्ण पुँजीका रूपमा लिएको छु।
नेपाली कांग्रेसको सुन्दरता नै यही हो,प्रतिस्पर्धामा अनेक विचार, तर पार्टी र राष्ट्रको भविष्य निर्माणमा साझा प्रतिबद्धता।हामी सबै मिलेर कांग्रेसलाई अझ सुदृढ बनाउँदै समुन्नत नेपाल निर्माणको यात्रामा अघि बढ्नेछौँ।
जय नेपाल!!!
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित हुनुभएकोमा श्रद्धेय नेता गगनकुमार थापाज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना!
मलाई त्यो आवाज याद आउँछ “१० वर्ष हामीले दुःख गर्नुपर्दछ, नआत्तिनु है!”
त्यो क्षणलाई साकार हुन करिब २० वर्ष लाग्यो।
@thapagk
जननायक बीपी कोइरालाको ११३औँ जन्मजयन्तीमा हार्दिक श्रद्धासुमन।
लोकतन्त्र, राष्ट्रियता र समाजवादप्रतिको उहाँको विचार र आदर्शलाई आत्मसात् गर्दै समुन्नत नेपाल निर्माणको यात्रामा अघि बढौँ। 🇳🇵