ट्राफिकलाई सिट्टी सट्टा घण्टी दिउँ, हर्नको सट्टा घण्टा राखौं, साईलेन्सरमा टासेर सानो पोको बुटी राखौं, नख्खु, ज्वागल, सुनधारा, टुडिखेल जस्ता ठाउँलाई जेलब्रेक स्टेसन, सुल्फेचोक, सेतोटावर, नाकेडाँडी भाचभुच थली जस्ता उच्चकोटीका नाम फुराऔँ। अनेक छन् नि अझै गर्न बाकी काम।
TOB संग अहिलेका गृहमन्त्रीको भिडियो भेटिएन रे भन्ने बजार हल्ला सुनेर विशेष लगावबाट यो भिडियो पुनः प्राप्त गरियो। अगाडि पछाडि तिनै बाईक लगाएर थापाथली चौकमा दौडिएको यो भिडियो प्रमाणले गृहमन्त्री ज्यू, मन्त्रालय तथा संबंधित सबैलाई दुधको दूध पानीको पानी छुट्याउन सहयोग पुगोस् ।
पहिले डा. केसी र अहिले कुलमानको काम उस्तै उस्तै हुन्। रापताप हुन्जेल ठिकै गरे झैं लाए नि समयान्तरमा मेलो छोडिईसकेको हुन्छ, अवसर बिदेशीईसकेको हुन्छ अनि बेला बितिसकेको हुन्छ अनि नेपालीले थाहा पाउँछन् नगर्नु काम भएछ।
@Yubraj_Koirala ओहो ! प्रहरी नै त्यही छ त्यो नि उभिरहेको देखिन्छ।आफ्नै प्रहरी टोली लाईन बसेको ठाउँमा त्यतैतिर ताकेर त गोली नहान्नुपर्ने हो। मुडभेट हुदा त भिड एकातिर प्रहरी टोली अर्कोतिर पो हुन्छ । यसले घुसपैठको आशङ्कालाई मलजल गर्छ।
राज्य, राज्यका अंग, संबैधानिक निकाय, सुरक्षा संयन्त्र आदिमाथी TOB, अन्य ग्याङ्ग, कवाडी समूह, पार्टी भित्रका बिद्रोही समूह भेला पारी गरिएको हर्कत आतंकबादी आक्रमण थियो। यो अमेरिका या यूरोपेली देशको मापदण्डमा "Nepal Under Terror Attack" हो।
उ बेला औलोघारी फाडेर ओसारेका सालका काठ जोडेर बनाएको त्यो कुरुप सिंहदरबार र अझै त्यही जलेको गन्ध चल्ने परिसरबाट सरकार चलाउनु भन्दा अमेरिकी/यूरोपेली मार्वल ओछ्याएर बनाएको बौद्ध, कपन, रामकोट, फर्पिङ्ग या यस्तै गुम्बाबाट सत्ताको अभ्यास गरेको भए सुहाउने रैछ । छि छि छि ! लाजसरणम..
दुर्गा प्रसाईले आन्दोलन घोषणा गरे लगत्तै सिमामा कडाई, सक्रियता, आफ्ना नागरिकको कन्सर्न त ठिकै होला। तर एकातिर माडवारी उद्योगपति टार्गेट भन्ने अर्कातिर छिमेकिको बिघ्न सक्रियता । अर्को घुसपैठ नहोस् ।