एउटा स्टार्टअप पार लाउने लुर छैन,देशै धनी बनाउछु भन्याछ। सचिवालयै ज्यालामा नमिली दारूले मातेर झगडा गर्नेहरूको झूण्डझै भद्रगोल छ,देशै व्यवस्थित गर्छु भन्या छ।भोट माग्दा एउटा अनि अर्को कुरा गर्छ,इमानदारीकै धक्कु छ।
गाँ.. मे नही लत्ता, चले कलकत्ता
नयाँ-पुराना जो आए नि छैन अतापत्ता
Closing punch line by @mahatsujit
डा वाग्लेले जनगणना गर्ने हो भने नेपालको जनसंख्या जम्मा तीन हुने छ। किनकि, उनी आफू प्रधानमन्त्री र पार्टी सभापतिबाहेक अरूलाई मान्छे नै गन्दैनन्। त्यस्तो पनि नहोस
https://t.co/kIGQlJnEjh
https://t.co/kIGQlJnEjh
पठाओबाट हेलिकप्टर पनि बुक गर्न मिल्ने भएछ । अब पानी परेर मोटरसाइकिल भेटिएन र टेक्सी महंगो भो भने हेलिकप्टर बुक हान्नु पर्छ । एकछिनको बाटो हो । पैसा त सस्तै होला नि ।
नेपाली मतदाताको चेतनाको स्तर 👇
चुनाव हार्ने : डा. मिनेन्द्र रिजाल
अनुभव तथा योग्यता : अमेरेकाबाट PHD गरेको , २-३ पटक सांसद र मन्त्रीका रुपमा काम गरेको र कुनै आरोप नलागेको
चुनावमा आएको मत - १२ हजार
चुनाव जित्ने : कृष्णकुमार कार्की
अनुभव तथा योग्यता : चरि ग्याङमा काम गरेको , सिंहदरबार जलाएको आरोप , प्रहरीको हतियार लुटेको आरोप , बिदेशी काली महिलालाई भूडी बोकाएर फरार भएको आरोप
चुनावमा आएको मत - ४० हजार
देशको प्रधानन्यायाधीश नियुक्त गर्दा आइरहेको सरकारी तर्क:
बढी मुद्दा फर्स्योट गरेको भन्ने रहेछ।
तर यो कामदारको पद होइन नि जहाँ दिनभरिमा कति डोको मल बोक्यो भनेर गणना गर्ने।
न्यायालयको समग्र नेतृत्व गर्ने ब्यक्ती धेरै मुद्दा हेरेको भन्दा माथिको क्षमता भएको हुनुपर्ने होइन र?
मध्यमवर्ग आफूभन्दा माथिल्लो सम्भ्रान्तलाई आफ्नै तहमा ओराल्न चाहन्छ तर सामान्यजनलाई भने आफूसरहको स्तरसम्म उक्लिनबाट रोक्न विभिन्न उपाय अवलम्बन गर्न उत्तिकै कटिबद्ध हुन्छ । https://t.co/yAEi3izXYr
पछि तिनका कर्म बाहिर आए 'मिडिया ट्रायल' भनेर पानीमाथि ओभानो नहुने हो भने जन्मिँदै सुनको चम्चाले भात खाने घरका वा सही थैली लेखेर घडेरी बेचेका काँठे हैनन् भने दशकरोडभन्दा बढि सम्पति देशमै स्वआर्जन गरेको विवरण दिने भूपू जागीरे र ४०वर्ष नपुगेका कुनै पनि सांसदलाई मंत्री नबनाए हुन्छ।🙏
@me_pragyan@s_dlk तीसवर्षअघि ८१५ रुप्पे तलबमा २१५ बचाएर दशवटा पोथी र एउटा भाले खरायो किनेको, हरेक अठ्ठाइस दिनमा हरेक पोथीले चारवटा बच्चा जन्माएको अनि हरेक तीनवर्षमा खरायोको मासु बेचेर हरिसिद्धितिर ४आना जग्गा किनेको हिसाब गर्नूस्, २३ त के ५०करोड हुन्छ। बेलामा बुद्धि आउनुपर्छ के।😜
“तपाइँले कुनै राहत पाउनु भयो?” जापानको फुकुशिमामा सन् २०११ मार्च ११को सुनामीको केही हप्तापछि पत्रकारले एक पीडित जापानी वृद्धलाई सोधेछन्।
“मभन्दा बढी आवश्यक भएकालाई सहयोग गर्दै हुनुहुन्छ, मलाई पनि अवश्य गर्नुहोला,” ती वृद्धले भनेछन्।
नागरिकमा पनि यति समझदारी हुनुपर्छ!
तब!!
यो सबैभन्दा राम्रो समय पनि हो र सबैभन्दा नराम्रो समय पनि हो।'
अहिले उनी पक्राउ परेछन्। जनमत गुमाएका र नैतिक रूपमा हारेका ओली पक्राउ पर्नु भन्दा पनि, पक्राउ प्रक्रियामा कानुनको पालना हुनु बढी महत्त्वपूर्ण हुन्छ।
रास्वपाको नागरिक करार पढें । पाँचबर्षभित्र प्रतिव्यक्त आय ३००० अमेरिकी डलर पुर्याउने भनेको रहेछ । यो प्राप्त गर्न बार्षिक बृद्धिद्धर कति हुनुपर्छ भन्ने उल्लेख रहेनछ । तर यसोहेर्दा, करिव १८-२० प्रतिशत बार्षिक बृद्धिदर हुनुपर्छ, जुन असम्भव छ ।