Anthropic just released a 37-minute guide on how to build AI agents that can automate an entire business.
It’s free, and it comes straight from the engineers who built Claude.
Agents that actually work, delegate tasks, and get things done on their own.
Save this post 🔖
त्रिशुली 3A को टनेल उद्दारमा खटिएका प्राविधिक Pranaya Magar फेसबुकमा लेख्छन् : हेलो माननीय ज्यूहरू मेरो एउटा बिन्ती छ। हजुरहरूलाई प्राविधिक चाहिन्छ भने प्राविधिकले भनेको अनुसार काम गर्नुस् । यदि प्राविधिकले भनेअनुसार काम गर्न सक्नु हुँदैन भने प्राविधिक नै नबोलाउनुस् । आफ्नो तरिकाले काम गर्नुस् । जुन अहिले यो तस्बिर देखिरहनु भएको छ यो चाहिँ त्रिशुली थ्रिएको तस्बिर हो । जहाँ चाहिँ हामीजस्तै प्राविधिकहरु टनेल भित्र थुनिरहनुभएको छ । आजसम्म हामी उद्धार कार्यमा लागेको छ दिन बित���सक्यो । अहिलेसम्म कुनै पनि टनेल भित्र जानलाई एक्सिससम्म बनाइएको छैन । मलाई लाग्छ यो कामको लागि कुनै पनि विशाल प्रविधि हामीलाई चाहिँदैन थियो । यहाँ यदि हामीलाई पहिलो दिनबाट नै तीन चारवटा excavator र एउटा ब्रेकर भइदिएको भए हामी अहिलेसम्म उद्धार गर्न सफल भइसकेको हुन्थ्यौ । तीनवटा excavator दिनरात चल्यो तर न्युजमा मात्र चल्यो। फिल्डमा चलेन l सायद यो जस्तो दुःखको कुरा हाम्रो लागि के होला? कृपया योभन्दा ढिला नगरिदिनुस्। जे जे आवश्यक छ त्यो सामानहरु प्लिज प्लिज प्लिज साइडमा उपलब्ध गराइदिनुस् र यो उद्धार कार्यलाई सहजीकरण गरिदिनुस्। धन्यवाद।
We are in grief, but we have not stopped.
Please rescue our brothers and sisters trapped in every hydropower tunnels from Rasuwagadhi to Trishuli 3B. Time is running out.