मनमा जे छ मूहारमा ठ्याक्कै झल्किन्छ!विश्वास गर्नेहरूको विश्वास कायम राखीन्छ;नगररेर हिड्नेलाई स्पस्टिकरण दिएर रोकिन्न!
माया सबैभन्दा बेसी: आफैलाई अनि आमैलाई
एउटा समय,
अलि अलि गर्दै
चिप्लिरहेथ्यो पकडबाट
केही चाहना,
अलि अलि गर्दै
बाँचिरहेथे
एउटा मौन मृत्यु
सायद,
दया थियो त्यो
एकदिन आएर भन्यो-
ल, बाँची हाल् तेरो चाहना!
भित्तामा झुन्डिरहेको पात्रो हेरें
आफ्नो व्यस्तता सम्झिएँ
र मैले भनें-
आज अलि काम छ जीवनमा
चाहना भोलि बाँच्छु नि है?
#आमाको_स्मरणशक्ति
दिनेले दियो - एउटा कोसो #केरा आमाले घरका "छोराछोरी" सम्झिन्😢😢
दिनेले सम्झाइदियो - तिम्रो पनि त #पेट छ आमाले बल्ल आफ्नो "मुख" छ सम्झिन्😥
दिनेले देखाउँदैछ- बोक्रा फाल्न डस्टबिन, आमाले यति बेला सम्झिँदैछिन् गोठमा भोकाएका "गाइवस्तु" 😧😧
copied🙏🙏
तिमी मलाई तर्साउन खोज्छौ, भन्छौ, यो स्वार्थी संसारमा रमाएको अभिनय गरेर काम छैन, हामी संगसँगै निराशाको पोखरीमा डुबुल्कि मारौं । म कदापि मान्ने छैन, जीवनमा सौन्दर्यको अन्तिम ज्योति धिपधिप बलेसम्म म त्यसको रक्षा गर्नेछु । बाँच्नुको आभासलाई म लत्यॉउदिन । बरु त्यसपछि मलाई सास चाहिएन ।