म आगो सहन्छु अन्याय सहन्न
म तृष्णा सहन्छु तिरस्कार सहन्न
मेरो शिर उडाउ बरु त्यो सहन्छु
तर कोहि परायाले टेके सहन्न
#Banker
Tweets & Retweets are purely personal
I have nothing to say to people who cannot even distinguish between the roles and responsibilities of an NGO/INGO president and those of a country’s Home Minister.
Stop talking nonsense,what has happened to us, to our country, to our people, and especially to our engineers is not normal and not acceptable!🙏🏻
यो ऊ सरकारलाई होइन, हिजो आज र भोलिका सबैलाई -
कृषिमन्त्रीले हलोको अनौ समातेर हिड्ने होइन, स्वास्थ्य मन्त्री आफैं सर्जरी गर्न तम्सिने होइन, भौतिक निर्माण मन्त्रीले आफैं बेल्चा साबेल लिएर हिड्ने काम होइन ।
त्रिशुली 3A को टनेल उद्दारमा खटिएका प्राविधिक Pranaya Magar फेसबुकमा लेख्छन् : हेलो माननीय ज्यूहरू मेरो एउटा बिन्ती छ। हजुरहरूलाई प्राविधिक चाहिन्छ भने प्राविधिकले भनेको अनुसार काम गर्नुस् । यदि प्राविधिकले भनेअनुसार काम गर्न सक्नु हुँदैन भने प्राविधिक नै नबोलाउनुस् । आफ्नो तरिकाले काम गर्नुस् । जुन अहिले यो तस्बिर देखिरहनु भएको छ यो चाहिँ त्रिशुली थ्रिएको तस्बिर हो । जहाँ चाहिँ हामीजस्तै प्राविधिकहरु टनेल भित्र थुनिरहनुभएको छ । आजसम्म हामी उद्धार कार्यमा लागेको छ दिन बितिसक्यो । अहिलेसम्म कुनै पनि टनेल भित्र जानलाई एक्सिससम्म बनाइएको छैन । मलाई लाग्छ यो कामको लागि कुनै पनि विशाल प्रविधि हामीलाई चाहिँदैन थियो । यहाँ यदि हामीलाई पहिलो दिनबाट नै तीन चारवटा excavator र एउटा ब्रेकर भइदिएको भए हामी अहिलेसम्म उद्धार गर्न सफल भइसकेको हुन्थ्यौ । तीनवटा excavator दिनरात चल्यो तर न्युजमा मात्र चल्यो। फिल्डमा चलेन l सायद यो जस्तो दुःखको कुरा हाम्रो लागि के होला? कृपया योभन्दा ढिला नगरिदिनुस्। जे जे आवश्यक छ त्यो सामानहरु प्लिज प्लिज प्लिज साइडमा उपलब्ध गराइदिनुस् र यो उद्धार कार्यलाई सहजीकरण गरिदिनुस्। धन्यवाद।
हेर्नोस् सर्मिसहरू, जत्ति नै फरेन्सिक विज्ञहरूलाई परेड खेलाउँदै तिनका भिडियो दौडाउनूस् कि, फ्रिजरको माइनस १८ डिग्री सम्भव थियो, सम्भव हो र त्यो जमिनमुनि गाड्नभन्दा मानवीय एवं उन्नत प्रविधि हो। म विज्ञानका कुरामा त हत्तपति झुक्दिनँ।🙏
ओहो, नयाँ सरकार आएपछि गंगालालले मागिरहेको बाँसबारीको सरकारी जग्गामा बन्दाबन्दै रोकिएको निजीको फुटसलको काम अहिले धमाधम जारी भएछ। त्यो जग्गाहरूबारे अनुसन्धान गर्ने नै अहिले त बालेनको टिममा। कसको के कता कनेक्सन र स्वार्थ, बुझिनसक्नु भो।🙏
आफ्नो क्षमता, साधन र विज्ञता नभएको कुरामा 'पर्दैन, हामी आफैँ गर्छौँ' भन्ने दम्भले भएको विलम्बले सुरुङभित्रै बन्द भएका सैयौँ सासहरूको जिम्मेवार खासमा को हो भनेर खोजिरहनु भएको छ भने ढुक्क हुनूस् र गाली गर्नूस्: त्यो म हो। 😡😡😡😡
We are in grief, but we have not stopped.
Please rescue our brothers and sisters trapped in every hydropower tunnels from Rasuwagadhi to Trishuli 3B. Time is running out.
सरकारलाई प्रश्न गर्दा तपाईलाई रिस उठ्ने, चिडचिडाहपनले गाँज्ने, प्रश्न सोध्नेलाई गाली गरौं गरौं लाग्ने, सरकारको प्रवक्ता बनेर उत्तर दिन मनलाग्ने आदि खालका लक्षण छन् भने तपाईले सामाजिक संजालबाट केहि समय विश्राम लिनु आवश्यक छ ! तपाईका हर्कतले सरकारलाई कुनै फाईदा गरिरहेको छैन !
सरकारलाई प्रश्न गर्दा तपाईलाई रिस उठ्ने, चिडचिडाहपनले गाँज्ने, प्रश्न सोध्नेलाई गाली गरौं गरौं लाग्ने, सरकारको प्रवक्ता बनेर उत्तर दिन मनलाग्ने आदि खालका लक्षण छन् भने तपाईले सामाजिक संजालबाट केहि समय विश्राम लिनु आवश्यक छ ! तपाईका हर्कतले सरकारलाई कुनै फाईदा गरिरहेको छैन !
ल्या! सरकारलाई प्रश्नै गर्न नहुने जस्तो पो बनाईसकेको रैछन् त ? मान्छेहरु आफ्नै स्वविवेकले त्यसो गर्दैछन् कि पैसै पो दिएर खटाईएको पो हुन् कि ?
यौ विपत्तीको बेला सरकारको मुख नताके कसको ताक्ने? सरकारसँग गुनासो नगरे को सँग गर्ने ?
हिमांशु writes: 'हामी अहिले धुन्चेमा छौँ। अपर त्रिशूली १मा ९ जना विदेशीसहित ३०० भन्दा बढी मानिस फसेको खबर छ। तर,त्यहाँ उद्धारको कुनै प्रयास भएको छैन। टिम्मुरे र स्याफ्रुबेँसीमा कति मानिस जीवित छन् भन्ने तथ्याङ्क कसैसँग छैन। हिजो ५ दिनपछि बल्ल ती क्षेत्रहरूमा राहत पुगेको छ। यति धेरै दिन त्यहाँको स्थिति के भयो होला, सोच्नसम्म सकिने अवस्था छैन। विदेशी मिडियाहरु यहाँ छन् तर नेपाली मिडियाको उपस्थित शुन्यप्राय छ। जनप्रतिनिधिहरू हामीसामु आफ्नो निरीहता पोख्छन्। रसुवाको स्थिति अत्यन्तै भयावह छ। सबै क्षेत्रबाट प्रयास गरौँ। इतिहासकै ठूलो अपराध हुनबाट राज्यलाई रोकौँ।'
सामान्य अवस्थामा बाेर्डरमा कडाई गरे पनि महाविपत्तिकाे समयमा बाेर्डर खाेलिदे सरकार।भारतबाट बाढीपीडितका लागि आएका सामग्री बाेर्डरमै राेकेकाे देख्दा घृणा लाग्याे।बिपत्तिकाे बेला शक्तिशाली देशले पनि अन्तर्राष्ट्रिय सहयाेग माग्छन्।अल्गाेरिदमले जन्माएका शासकले याे कुरा कहिले बुझ्ने ?
जमीन मुनि गाडेर फेरि निकाल्दा चाहि लास सर्लक्क आउने झै नगर न हौ।। तापक्रम मिलाएर राख्दा खन्ने पुर्ने काम गरिरहन पर्दैन। नवप्रवर्तन मन्त्री लाइ कोल्ड स्टोरेज वनाउन लगाओ न।गाडेको लाश रुङ्न पनि त पर्ला। । Artificial ice skating खेलाउन मिल्ने देशमा गार्हो होला तर हुनै नसक्ने हुन्न।
मैले त्यो भिडियो नहेरेको भए हुन्थ्यो।
हेरेँ।
बिचरा एक जना महिलाले रुँदै भनेकी छन्, “मेरो श्रीमान सुरुङमा फसिनु भएको छ, सरकार सहयोग गर्नुस”।
त्यो भिडियोको तल कसैको कमेन्ट छ, “तँलाई तेरो पोइसँग सुत्न हतार भो?”
त्यो भिडियो देख्दा मेरो गला अबरुद्ध भो, तर थाहा छैन घन्टेहरुले कसरी त्यो कमेन्ट लेख्न सके।
यसकै सपोर्टमा, “सरकारले छिटो गर्नु पर्थ्यो” भनेर फेसबुकमा लेखेँ, चिनेजाने कै महिलाहरुले मलाई गाली गरे। “सरकारलाई गाली गर्छस?” भन्दै। म ति महिलाहरुको मन देखेर अचम्मित छु आज।
यहाँ सरकारलाई गाली र सपोर्टको कुरा छैन मानबियताको कुरा छ। कोहि रोएको देखेपछि सपोर्ट मात्र गरिएको हो।
नोटः रुपमा मात्र मानब भएर नहुँदो रहेछ, भित्र पनि मानब हुन पर्दो रहेछ।
ओ घण्टा जस्तो घण्टे सरकार
DAY 1 देखि लिनुपर्ने यो मद्दत ४ दिन पछि किन ? यस बिचमा बचाउन सकिने कति जीबन मर्न बाध्य भए होलान ? तं हत्यारा होस् 😡। @ShahBalen@PM_nepal_
मन्त्री भैखा'छ लण्ठु।
विपदका बेला 'चोक्टा चोक्टा' 'टुक्रा टुक्रा' भन्याछ।
भिष्मराज आङदङवेपनी त्यहि ethnicity का मान्छे हुन्।संसदमा बोल्दा अफेन्सिभ हुन्छ भनेर कविताको अंशपनि पुरा पढेनन्।
#आशिकाvsवडाअध्यक्ष
साँसद आशिका तामाङको नियमा खोट छैन, मनमा पाप छैन, ठीक छ ।
भोटकोशी बाढीको कहर पछि सवैभन्दा पहिला बाढीपिडितलाई राहत दिने गल्छी गाउँपालिका हो । बैरेनी बजारमा घर डुवानमा परेकाहरुलाई नगद १० हजार र केही खाद्यान्न राहत वितरण घटनाको पहिलो दिनमा नै गल्छी गाउँपालिकाले उपलब्ध गराएको थियो । अव वाँकी ब्यवस्थापनको पाटो के गर्ने कसरी गर्ने भन्ने छलफलमा निर्वाचित वडा अध्यक्षहरुलाई तिमी भन्दै झम्टिएपछि कसलाई रिस उठ्दैन ?
रात दिन काम गरिरहेका जनप्रतिनिधिहरुलाई अरेका भरमा कहिले लकर चोर बनाइदिएर सार्वजनिक बेइज्जती गरिदिने, कहिले तीन दिनसम्म के हेरेको थियौ भनेर तथानाम भन्दै झम्टिने नियत चै सही हो त ?
अनि एकथरी जमात छ, माननीय आषिका तामाङ्ले ३ वित्ता उफ्रेर बोलेपछि त धुव्रसत्य कुरा मात्रै बोल्छिन भनेर सामाजिक सञ्जालमा खेद्न आई हाल्छन। भुगोल बुझ्नु छैन, घटनाक्रम बुझ्नु छैन हचुवामा आशिकाले जे बोले पनि जे गरेपनि सही गरिन भन्ने जमातले कुन दिन आशिकालाई नराम्रोसग कुटाइ खुवाउछन।
निर्वाचित साँसद ( चाउचाउको कुपनमा परेको होइन है ) नै भएपनि आशिका दिदी "ओ दाइ त्या मुत्ने हो" भन्ने शैलीबाट माथी उठ्न सक्नु भएन र समर्थकहरुको अन्धभक्तीले गर्दा झन मातिदै जानु भएको हो कि भन्ने शंका लाग्छ मलाई !