Friends of the virtual world. It is spoken confidently. It is not written with a grudge against anyone. Tweets are personal. The hustle and bustle of the youth.
कुनै ठोस नीति वा दूरगामी योजना छैन, छ त केवल सस्तो लोकप्रियताका लागि मिडिया र सामाजिक सञ्जालमा छाइरहने सस्तो नौटंकी। कामभन्दा बढी फेसबुकको 'लाइक र सेयर' मै रमाउने यस्तो प्रचारमुखी सरकारबाट देशले के आशा राख्ने?
सिंहदरबारमा बालेन शाहको १०० दिन: काम शून्य, स्टन्ट १००% !
महानगरमा जस्तै देशकै कार्यकारी प्रमुख बन्दा पनि फेसबुक र टिकटकमा 'सिनेम्याटिक' भिडियो हालेर जनता अल्मल्याउनेबाहेक यो सरकारले १०० दिनमा केही सिन्को भाँचेको छैन। जुन ठूला सपना र व्यवस्था परिवर्तनको नारा दिएर नयाँ शक्तिको रूपमा उनी बालुवाटार छिरेका थिए, आज देशको थला परेको अर्थतन्त्र, चरम महँगी र युवा रोजगारीका वास्तविक मुद्दाहरूमा यो सरकार पुरै लाचार र असफल साबित भएको छ।
कुनै ठोस नीति वा दूरगामी योजना छैन, छ त केवल सस्तो लोकप्रियताका लागि मिडिया र सामाजिक सञ्जालमा छाइरहने सस्तो नौटंकी। कामभन्दा बढी फेसबुकको 'लाइक र सेयर' मै रमाउने यस्तो प्रचारमुखी सरकारबाट देशले के आशा राख्ने?
१०० दिनको परिणाम: 'खोदा पहाड, निक्लिया चूहा'!