कहिले कहिले त म ठुला गल्तिहरु पनि गर्छु
ट्विटरमा लामो कविता राख्न मिल्दैन
भन्ने बिर्सिएर,भनि दिन्छु
लामा कविता नराख्नुस भनेर
मलाई मात्र राखेर आफ्नो हृदय भर्न
तिमीले खुम्चाउछौ आफ्नो हृदयलाई
भन्ने बिर्सिएर
हृदयलाई नखुम्चाउनु भनि दिन्छु
उम्, कहिले कहिले म ठुला गल्तिहरु पनि गर्छु
हामी जे गर्न सक्छौ त्यो गरौ । नेता बिक्लान । जनता नबिकौ ।
बैशाख २८ गते बेलुकी ८ बजे देशैभर १० मिनेटको लागि बत्ती निभाऔ । मोदिको बिरोधमा #ब्लाकआउट गरौ ।
सक्नुहुन्छ यहि पोस्ट कपि पेस्ट गर्दै सबैमा जानकारी बाढौ ।
#ModiNotWelcome#BlockadeWasACrimeMrModi
आधा
आधा पाकेको चामल
आधा पाकेको दाल
आधा पाकेको तरकारी
कसरी खानु?
गाँस नहाली उठें, केही नबोली
तब तिमीले भनेकी थियौ-
थाहा भो हजुरलाई!
कस्तो हुँदो रहेछ आधा?
बरु झगडा गर्नु नि
बरु उठाउनु हात नै
आधा मनले नगर्नु कुरा
आधा मनले नगर्नु माया पनि।
-प्रशन्न घिमिरे
गरीब देशका सहरहरू सिकारु कलाकारले बनाएको अमूर्त कला जस्तै लाग्छन् । यहाँको सामाजिक, सांस्कृतिक, भौतिक र राजनीतिक नापनक्शाका रङहरूको अर्थ केलाउने छ, @Annapurna_Post को यो सामग्रीले ।