ऊ किन मन्त्री बन्यो र त्यो किन बनेन भन्नेमा नजाने र कुनै ग्राण्ड डिजायन नसोच्ने हो भने नीतिगत भ्रष्टाचारमा पारङ्गत ओली, प्रचण्ड र देउवाको तीसवर्षे कुशासनबाट देशले मुक्ति पायो। यो ब्रह्मलुट समाप्ति नै ठुलो उपलब्धि भो। यसकै शुभकामना! देश राम्ररी हाँक्नुहोला, बालेनलाई थप सुभेच्छा!🙏
ए अँ ! यो थ्रेड पढेर राजावादी, काङ्ग्रेस, एमाले, माओवादी सर्मिसहरु धेरै नखुशी हुनुस् है ।
अहिले बालेन-रबि सरहरुले फुटबल खेलेको तपाईँ (राकाएमा) सरहरुले बनाउनु भएको रङ्गशाला मै हो ।
देशको अर्थ-राजनीति बिगार्न हजुरहरुको ठूलै भूमिका छ ।
🧵THREAD: कसैलाई भोट हाल्दैमा छोरा/छोरी घर फर्कन्छन् ?
प्रवासी, परिवार, र “घर फर्किन्छन्” भन्ने राजनीतिक भ्रम पपुलिस्ट शासनको भावनात्मक र नैतिक दबाब सिर्जना गर्ने रणनीति हो ।
एउटा थ्रेड 👇
इराक कब्जा गर्न अमेरिकी सेना बगदाद पसिसकेपछि पनि सद्दाम हुसेनका “केमिकल अलि” नामका मन्त्रीले भन्दै थिएः “तिनीहरूको चिहान यहीं बन्ने छ।”
परिणाम त सबैलाई थाहै छ सद्दाम हुसेन दुलो भित्र लुकेर बसेको अवस्थामा फेला परे!
शासकहरूलाई आफ्नो अन्त्य कसरी हुनसक्छ भनेर थाहा हुन्न!
इतिहास!!
बीआरआई सुरु नहुनुमा नेपालको कमजोरी हो कि चीनको ? बीआरआई ऋण परियोजना हो कि अनुदान ? के नेपाल पनि ऋणको पासोमा पर्ने त होइन ? बीआरआई कार्यान्वयन विलम्ब हुनुको कारण नेपालको आन्तरिक राजनीति हो कि भूराजनीतिक ? भन्ने जस्ता प्रश्नको जवाफ पाउनको लागि नेपाल भ्युजको बीआरआई बहसमा डम्बर खतिवडा, गेजा शर्मा वाग्ले, झलक सुवेदी, सञ्जीव सत्गैंया, डा. सूर्यराज आचार्य, रोहेज खतिवडा, दिपेश शाही लगायत विज्ञहरूका विचार पढौं ।
1. राजनीतिक चक्रव्यूहमा फसेको बीआरआईको निकास @GejaWagle
https://t.co/3s2xFycJna
2. बरालिएको बीआरआई बहस @SuryaRAcharya
https://t.co/LEF1f0BpRN
3. नेपालमा बीआरआई : आस कि त्रास ? @rohejkhatiwada
https://t.co/fxn3x7fOQf
4. नेपाल-चीनबीचको ‘वालेस लाइन’ @SanjeevSatgainy
https://t.co/nYPowYBtVS
5. बीआरआई : सार्क र आसियान ७ मुलुकका फरक-फरक अनुभव @nepalviewsnv
https://t.co/EwnpP8AQyz
6. प्रतिशोधको ‘अस्त्र’ बन्ने खतरामा बीआरआई @DipeshShahi
https://t.co/9Vh1Qnlg5c
7. प्रधानमन्त्रीको आसन्न चीन भ्रमण : बीआरआई कार्यान्वयन गर्नुअघि ध्यान दिनैपर्ने केही विषय @dambarkhatiwoda
https://t.co/rBvm4qq4Ol
8. चीन भ्रमणमा प्रधानमन्त्री ओलीले बीआरआई कार्यान्वयनको जोखिम उठाउलान् ? @jhalaksubedi62
https://t.co/FdwdBrmX7o
9. बीआरआई : नेपालमाथि सम्भावित चिनियाँ ऋणको पासो @nepalviewsnv
https://t.co/lCuDEokULi
दश बजे सर्वोच्च अदालत गएँ। प्रधानन्यायाधीशलाई भेटेँ। घरबेटीको मुद्दाको 'स्टे अडर' खारेज गर्न लगाएँ: पूर्व मन्त्री रामकुमारी झाँक्री
लाग्छ, उहाँलाई यो कामको गाम्भिर्य पटक्कै थाहा भएन। संभवत: उहाँलाई आफ्ना अग्रजहरूबाट त्यसैगरी दीक्षित हुनुहुन्थ्यो।
यो कति गम्भिर विषय हो भन्ने अरूलाई पनि वोध होस् भन्नाका लागि यो श्यर गर्ने निर्णय गरेको हुँ। रामकुमारीजी र तात्कालिन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा दुबैको यसमा बराबर गल्ती छ।
१। जे भयो त्यो न्यायपालिकामाथि कार्यपालिकाको ठाडो हस्तक्षेप हो।
२। न्याधिशलाई प्रभावित गर्नु भ्रष्टाचार हो।
३। अदालतको अवहेलना हो।
४। प्रधानन्यायाधीशको पदीय आचरण विपरितको काम हो।
५। सबैभन्दा महत्वपूर्ण कुरा, यति सानो विषयमा प्रधानन्यायाधीशलाई त मन्त्रीले सिधै प्रभावित गर्न सक्छन् भने अब भन्नुस्, भागबण्डामा न्यायाधीश भएकाहरूले महत्वपूर्ण विषयहरूमा के, के गर्छन् होला?
संविधान 'सर्भिसिङ' होइन के, 'ओभरहलिङ' नै गर्नुपर्छ यी सारा विकृति रोक्न। नत्र यो देश बन्दैन -- विश्वास गर्नुस् न। भावी पुस्तामाथि पाप गर्ने?
#नैतिकसंकट (#EthicalCrisis) र #ज्ञानकोसंकट (#KnowledgeCrisis) असोचनीय तहमा पुगिसकेको छ।