लौ हेर्नुहोस पश्चिम नेपाल, मध्य नेपाल र पुर्बी नेपालमा हवाईजहाज उड्ने बाटोको लाइभ फोटोहरु : 🙏🙏 नेपाल भरि हवाइजहाज उडाउने कम्पनीहरु र हवाईजहाजमा उड्ने सर्बसाधारण जनताहरुले सुन्नु होस् । राष्ट्रिय आविष्कार केन्द्रले नागरीक उड्डयन प्राधिकरणको अनुरोधमा दैलेख, कालिकोट, जुम्ला, मुस्तांग, म्यादी, सोलोखुम्बु जिल्लाहरुको बिभिन्न दुर्गम ठाउँहरुको हवाईजहाज उड्ने बाटोमा क्यामरा राखेर बाटोको लाइभ भिडियो हेर्न सकिने बनाएको छ र संचालन गरिरहेको छ । यस्तो सिस्टम राख्न राष्ट्रिय आविष्कार केन्द्रका ईन्जिनियरहरुले धेरै नै अनुसन्धान गरेका थिए ।
नेपालगंज बाट रारा, जुम्ला, बाजुरा, डोल्पा, रुकुम, साँफेबगर जाने हवाईजहाजहरु, पोखरा बाट जोमसोम जाने हवाईजहाजहरु र काठमान्डू र मन्थली बाट लुक्ला जाने हवाइजहाजका पाइलटहरु र कन्ट्रोल टावरहरुले त्यो लाइभ भिडियो हेरेर हवाईजहाज उडाउने वा नउडाउने निर्णय लिन्छन ।
यस्तो काम गरेर राष्ट्रिय ���विष्कार केन्द्रले केहि पनि पैसा कमाएको छैन । बरु निकै घाटा भएको छ । नेपाल नागरीक उड्ययन प्राधिकरणले अनेकौं प्रक्रिया पुरा गरेर केहि आर्थिक सहयोग गरेको छ । हाम्रा इन्जिनियरहरुले गत दुइ बर्ष देखि सयौं घण्टा खर्च गरेर र डांडाकाँडा दौडधुप गरेर सिस्टम चलाई रहेका छन् ।
नोट: नेपालका प्राईभेट एअरलाइन्सहरुको बुद्धि आयो भने CSR को केहि रकम यस्तो काममा दान गरे हुन्छ । ��र दान भनेको स्व-इच्छाले गर्ने हो । केहि दान गर्यो भने राष्ट्रिय आविष्कार केन्द्रले त्यस्ता सिस्टमहरु अझै राम्रो र दह्रो बनाइ दिन सक्छ ।🙏🙏🙏
गन्तब्यमा पुगेपछि हात मिलाउन त अनगिन्ती मान्छे आउँछन् , सम्झिने त दु:ख अनि संघर्षमा कस्ले साथ दिएको थियोे भनेर हो ! आफ्नो कोही नहुँदा पनि �� छु तिम्रो लागी भन्ने को थियोे भनेर हो !
यस पटक मौसमविद्हरूले सम्भावित खतराको जानकारी र चेतावनी समय मै दिएका थिए।यसका बाबजुत सरकारको जिउॅंदो उपस्थिति कहिंकतै देखिएन।बुवाको तिथिक���लागि सडकमार्गबाट दाङ आएको छु।नारायणगढ बु��वलखण्डको सडक अवस्था देख्दा सरकार नामको कुनै चीज यो देशमा छ जस्तो लागेन।विपत-संयमता अपनाउ तर अब नसहौं।