गगन थापा यो नारा बोकेर महामन्त्रीमा उठेका थिए। लगभग तिन वर्ष जति लडे, लडिरहेँ, सबैले गिज्याए, केहीले थर्काए। केही गर्दैन यसले बोल्ने मात्र हो भने। काँग्रेसले आज 'अब एक्लै चुनाव लड्ने' महामन्त्रीको महासमितिमा पेस गरिएको प्रस्तावलाई केन्द्रीय समितिबाट अनुमोदन गर्यो। यो काँग्रेसको एकल निर्णय जस्तो देखिए पनि यसले हाम्रो देशको राजनीतिलाई सफा गर्न ठुलो भूमिका खेल्नेछ। बुझ्नेलाई श्रीखण्ड नै हो यो निर्णय। " अब काँग्रेसलाई एक्लै बहुमत ल्याउने पार्टी बनाउन 'सभापतिमा' गगन थापा भन्दा कसैले आपत्ति नमाने हुन्छ।"
केही समयअघि बसेको नेपाली काङ्ग्रेस केन्द्रिय कार्यसमिति बैठकमा, स्वास्थ्य बीमा कार्यक्रमको दायरा ५ लाख पुर्याउने सन्दर्भमा पार्टीले पूर्ण साथ सहयोग गर्नुपर्ने धारणा राखेको थिएँ ।
आज बसेको नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठकले स्वास्थ्य बीमा कार्यक्रमको दायरालाई फराकिलो बनाउन महत्वपूर्ण निर्णय गरेको छ । प्रस्तावित योजनालाई अघि बढाउन पार्टीले देखाएको प्रतिबद्धता प्रति आभार प्रकट गर्न चाहन्छु ।
निर्णय : नागरिकको स्वास्थ्य उपचारलाई सहज र सुलभ बनाउन प्रारम्भ गरिएको स्वास्थ्य बीमाको क्षेत्रमा कतिपय अप्ठ्यारा देखिएका छन् । बिमित नागरिकले बीमाकै आधारमा उपचार गर्न नपाएको तथा असहज र झन्झटिलो भएको गुनासो सुनिएको छ । बिमितको अधिकार सुनिश्चित गर्दै यस क्षेत्रमा देखिएको सबै जटिलताहरूलाई हटाई सबै नागरिकलाई स्वास्थ्य बीमाप्रति आकर्षित गर्न, स्वास्थ्य बीमालाई एकद्वार प्रणाली लागू गरी बीमाको रकम बढाई रु ५ लाख कायम गर्न सरकारसँग माग गर्दछ ।
आजको कांग्रेस नेत्रित्वले नैतिकताको सवालमा नया खासै केही गरेको छैन। आजको यो स्तर त किशुनजीलाई हराउने, हटाउने ततकालिन कांग्रेस नेत्रित्वको नैतिकताको स्तरको 'बिस्तार' मात्र हो।
आजको कांग्रेसका युवाहरुले नैतिकता र सुशासनका लच्छेदार भाषण गर्न अघि यो कुराको फैसला पनि गर्नु पर्छ , स्खलनको सुरुवात कहाबाट भएको थियो ? बिउ कब र कस्ले रोपेको थियो ?
( कृष्णप्रसाद भट्टराई शत वार्षिकी पुण्यतिथि अवसरमा आयोजित समारोहमा व्यक्त मेरा भावनाहरु )
पुरा भिडियो हेर्न - https://t.co/goerep463V
#नेपालगन्ज को मन्दिरका महन्त र मस्जिदका मौलाना एकै मोटरसाइकलमा !
( केही बर्षअघि उहाँ दुइसँगको तस्वीर )
धार्मिक सद्भावको शहरका रूपमा परिचित नेपालगन्जले आफ्नो पहिचानको रक्षा सबल ढंगले गर्छ, गर्नेछ र गर्नसक्छ भनेर देश विश्वस्त छ l
सद्भावमै छ हाम्रो शक्ति, प्रगति र समाधान !
आज बेलुका नेपाली समय 7:30 बजे , नेपालीपोष्टको #Spaces मा **नेपालगंजमा फैलिएको अशान्ति र सामाजिक द्वन्द**विषयमा कुरा गर्न नेपालगन्ज उपमहानगरपालिकाकि पूर्व **उप-मेयर उमा थापामगर** , शिलापत्र.कमका सम्पादक **जनक नेपाल** एबम दैनिक नेपालगन्जका सम्पादक **झलक गैरे**लगायतका जानकारहरु जोडिंदै हुनुहुन्छI
सुरुचिपूर्ण प्रश्न, जिज्ञासा र सहभागिताको लागि नेपालीपोष्ट सधैँ खुल्ला रहनेछI धन्यवाद !
पार्टीभित्र यो अध्यादेशका बारेमा न त कुनै छलफल भएको छ,न कुनै निर्णय नै।त्यसैले विगतमा पार्टीको अडान जे थियो आज पनि त्यहि छ ।यो अध्यादेश कानूनी, राजनीतिक र नैतिक हिसावले समेत गलत छ।यो असंवैधानिक र संसदीय व्यवस्थाको मर्म विपरित छ।
सरकारले तत्काल अध्यादेश फिर्ता लिनुपर्छ।
#यो पाराले अंक गणितमा प्लस माइनस त होला सभापति ज्यु तर के संगठन बलियो हुन्छ ? कतै नेपाली कांग्रेसमा आस्था राख्ने हरुले रुखमा भोट हाल्न त बिर्सने होईन ?
#मंदिर ४ को धुकधुकि
#गठबन्धन गर्न हुने/नहुने, होला/नहोला अग्रजहरुले निर्णय गरोस तर गठबन्धनको नाममा संविधानले गरेको व्यवस्था (प्रमुख/उपप्रमुख मध्ये एक महिला अनिवार्य) कार्यन्वयन गर्नतर्फ दलहरुले सकारात्मक र सचेत होस् सुभकामना ।
#स्थानिय निर्वाचन
#बैशाख ३०