देश बनाउने टोलीमा कुनै संका छैन । ३५ वर्षदेखि मात्र होइन २३५ वर्ष अघिदेखि देश बनाउने टोलीहरू लागिरा'छन् निरन्तर । बन्न त बन्छ, संका र प्रश्न चाहिँ कहिले बनिसक्छ र बनेपछि नाङ्गो आँखाले देखिन्छ कि विशेष प्रकारको कालो चस्मा चाहिन्छ हेर्न ?
@shankarktm1 मित्र समितिको प्रतिवेदनमा के आउँछ भनेर पहिल्यै थाहा भए पछि प्रतिवेदन पढ्ने झन्झट कस्ले गर्छ? सरकारका प्रवक्ता चाहिँ अन्यौलमा थिए । प्रतिवेदन अध्ययन होला भन्दै थिए । बरा ! तिम्लाई पनि के थाहा महाराजको मुढ के छ ?
सुदन गुरुङको बाउले मैले छोरोलाइ भात खुवाउन त सकिन , पढाएको पनि सासुले हो भन्थ्यो । ऐले पैत्रीक सम्पत्ति भन्दै किलोका किलो सुन र जग्गा देखाउदा पत्याइदिन पर्ने हो ? न ढङ्गको पढाइ न बोल्ने ढङ्ग भको मान्छे , त्यस्माथी न नेता न पत्रकार । त्यत्रो सम्पत्ती कमाइ कसरी भो?😂
संसदमा जान अल्छी,दिक्क र घाँडाे लाग्छ, संसदमा के बाेल्न हुन्छ-हुँदैन,भेउ छैन,संसदका प्रक्रिया पालना गर्ने क्षमता र धैर्यता छैन, संसदप्रतिकाे जवाफदेहिता शून्य सिताराम छ,आफ्ना गल्तीकाे हैरानी पार्टी र साथीहरूलाई दिनु छ,प्रधानमन्त्री हुने रहर नै किन गरेकाे?र्याप ब्याटल गरिबसे भाे त!
होल्डिङ सेन्टरमा उपचारको प्रतीक्षामा रहेका भेषराज दर्जीको मृत्यु राज्यको संवेदनहीनताको प्रतिबिम्ब हो। बधाई छ नेपाल सरकारलाई! आज देशबाट फेरि अर्को गरिब घटेको छ। देश समृद्धितर्फ जाँदै छ।
पहिले पनि भनेको हो, पुनः दोहोर्याएँ--
भदौ २३-२४ को आन्दोलनको कम्प्रिहेन्सिभ अनुसन्धानका लागि शक्तिशाली नागरिक आयोगको जरुरी छ।
अझै डिजिटल फुटप्रिन्टहरू उडाइसकिएको छैन होला; क्राउड सोर्सिङ गरेर, ओपन डेटाबेस बनाएर यस्तो अध्ययन गरिनु जरुरी छ।
अन्यथा भविष्यमा पनि घटना दोहोरिएला।
जेनजी प्रदर्शनी लगत्तै @Himal_Khabarमा सेनाले आफ्नै परमाधिपति र सिंहदरबार दनदनी बल्दा जाेगाउने नियमित काम नगरेकाे समाचार लेखेकाे थिएँ।
मानव अधिकार आयाेगले आफ्नाे प्रतिवेदनमा यी नियमित कर्तव्य पूरा गर्न सेनाले प्रयास नगरेकाे लेखेर पुष्टि गरेछ।https://t.co/oXYFnTbDJA
तीतरा, बट्टाई र भक्कूको राँगोका सन्तानहरुप्रतिः भूपी शेरचनको कविता
जर्मनका धावैमा होस् वा बर्माको घेरामा मलायाका रवडका वनमा होस् या नेफा र लद्दाखका पराइ लडाइँमा ती जो मरे विना कुनै स्वार्थ विना कुनै अर्थ व्यर्थ तीतरा, बट्टाई र भक्कूको राँगोजस्तै अरुको हा…हा…….हामा लागेर अरुको थपडी र नाराले जागेर अरुले ख्वाएको जाँड र कटले मात्तिएर ‘आयो गोर्खाली’ भन्दै (गोरु खालि बन्दै!) युद्धमा हाम्फालेर ती मरेका लोग्नेहरुको पेन्सनले आफ्नो छोराको पास्नी गर्ने ए अभागिनी स्वास्नीहरु! ती मरेका छोराहरुको आर्जनले आफ्नै चौरासी पूजा गर्ने ए बूढा–बुढीहरु! ती बितेका साथीहरुको जर्सी लगाएर रोदीमा सोल्टी फकाउने ए तन्नेरी मान्छेहरु हो ! ती मरेका प्रेमीहरुको कोसेली चुरा लाएर डोलीमा बस्ने ए ब्याहुली जेठी–कान्छीहरु हो ! खूपै सुहाएको छ तिम्रो छातीमा यी तक्मा ‘परम वीरचक्र’ र ‘भिक्टोरिया क्रस’ को तर के आउँदैन यसबाट कहिलेकाहीं ओस्सिएको गन्ध तिम्रो आफन्तहरुको लाशको!
यो पर्धानन्यायाधीश, फर्धानन्यायाधीश नियुक्त गरिराख्नु भन्दा बालेनजी आफैले फैसला गर्दिए हुन्छ । राणाकालमा श्री ३ हरुले नि त्यसै गर्थे क्यारे ।
तलपभत्ताको पैसा नि जोगिने गोर्खाली न्याय परम्परा नि जोगिने ।
रामचन्द्र पौडेललाई रामवरण यादव बन्न नउकास्नु ! सरकारले फिर्ता गर्दैन भने रापले अत्तो नथाप्नु ! जुक्ती लगाएर बचाएको संविधानले त्यही भन्छ ।
अँ सरकार ५ बर्षको हो भन्ने भर प्रम र रास्वपा दुबैलाई छैन रैछ । नत्र यत्रो हतार के का लागि? थिती बसाल्छौ भन्नेले यो तातै खाउँ जलि मरू किन?
पहिला डन्डा देखाउ, तर्साउ, बालबच्चाका मनमा नमेटिने डर भर, दुधे नानीका आमाहरूका आँसु झार, बुढाबुढीको नुर गिराउ अनि चौरमा लगेर सार्वजनिक प्रदर्शन गर । अनि त्यो 'खाली' वस्तीमा गुलाफको बगैंचा बनाउ, फुल फुलाउ अनि त्यो कालोकोटमा भिरेर छाती फुलाएर गम्केर हिँड । तिमीलाई त्यही सुहाउँछ ।
उदाहरण त एम्बुलेन्समा लागुऔषधको तस्करीको पनि भेट्नु होला । त्यसैको आधारमा एम्बुलेन्सलाई अपराधिक क्रियाकलापमा प्रयोग तरिनछ भनेर धारणा बनाउन सकिँदैन । त्यस्तै हो सुकुम्बासी बस्तीमा हुने क्रियाकलाप पनि । समग्रमा भन्दा यो गरिबी र राज्यको केन्द्रिकृत विकासले उब्जाएको समस्या हो ।
सीधै साईबर क्राईम हान्दिने हो बालेन (@PM_nepal_ ) सरकार ? साईबर अपराधबारे यति छिपछिपेपन ! यो के शासकको त्यस्तो हतियार हो जुन जतिखेर नि दापबाट निकालेर छप्काउन सकियोस् ? यसलाई नियमन गर्ने अरु निकाय मरे ?
बुझी पाउँ त @DahalDeepa जी !